गौशाला- जलेश्वर कारागारबाट ल्याई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै फरार भएका एक थुनुवा पाँच घन्टापछि पक्राउ परेका छन्।
महोत्तरी जिल्लाको जलेश्वर कारागारमा पुर्पक्षमा रहँदै आएका धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका– ६ घर भई हाल जलेश्वर कारागारमा नकबजनी चोरी मुद्दामा बस्दै आएका रञ्जीत यादव जनकपुर अञ्चल अस्पतालबाट उपचारका क्रममा गएराति २ बजे फरार भएका थिए। उनलाई आज बिहान ७ बजे पुनःपक्राउ परेको जेलर चिरञ्जीवी थापाले बताए।
धनुषा जिल्ला अदालतको फैसलाअनुसार नकवजनी चोरी मुद्दामा रु १० हजार धरौटी तिर्न नसकी २०७५ मङ्सिर २८ गतेदेखि थुनुवा यादव जलेश्वर कारागारमा पुर्पक्षमा बस्दै आएकामा गएराति उनी उपचार गराउँदा गराउँदै भागेका थिए।
दुई दिनअघि बुधबार अत्यधिक पेट दुखेर (एपेन्डिक्स) भएर दुई जना सुरक्षाकर्मी र एक जना कार्यालय सहयोगीका साथमा अञ्चल अस्पताल जनकपुरमा उपचारका लागि गएका यादव गएराति पिसाब फेर्ने बहानामा उठेर हतकडी खोली भागेको जेलर थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।