• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

राजनीति र कमिसनको ३० वर्षे दाउपेचमा रुमल्लिएको मेलम्ची सपना

64x64
नेपाल लाइभ सोमबार, माघ २१, २०७५  १६:३५
1140x725

काठमाडौं– केपी ओली नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाई मन्त्रालय सम्हालेसँगै मन्त्री बिना मगरको ध्यान मेलम्ची खानेपानी आयोजनामा परेको थियो।

मन्त्री बनेलगत्तै २०७४ चैतमा मगर मेलम्ची खानेपानीको निर्माणस्थल पुगिन्। र, मेलम्ची आयोजनाको कामलाई तीव्रता दिने बाचा गर्दै घोषणा गरिन्, ‘काठमाडौंवासीलाई दसैंको उपहार मेलम्चीको खानेपानी।’

तर मन्त्री मगरले घोषणा गरेको समयसीमा गुज्रिएको तीन महिना भइसकेको छ। मेलम्चीको पानी काठमाडौंवासीको धारामा आएको छैन। त्यतिमात्र होइन, मुख्य सुरुङबाटै अझै पानी प्रवाह हुन सकेको छैन किनकि सुरुङ नै अलपत्र छ। अन्तिम चरणको काम छाडेर सुरुङ निर्माणको ठेक्का पाएको कम्पनी सम्पर्कविहीन भयो। जसका कारण सरकारले एकतर्फी रुपमा ठेक्का तोडेको घोषणा गर्न बाध्य भयो।

आर्थिक अभावको बहाना देखाउँदै सुरुङ निर्माणमा संलग्न इटालियन कम्पनी सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई पत्र बुझायो। लगत्तै उसले आफ्ना नागरिकहरुलाई स्वदेश फर्काउने तयारीसमेत गर्‍यो। उक्त कुरा चाल पाएर सरकारले सुरुङ निर्माणमा रहेको सिएमसीका आठ कर्मचारी पासपोर्ट खोसेर रोक्न खोज्यो।

सरकारको यो एक्सनले उनीहरु नेपाल बसे तर मेलम्ची बनाउने काम भने ‘कट’ भयो। अन्तिम समयमा सिएमसी आयोजनाबाट बाहिरिएरै छाड्यो।

सरकारले त्यसको केही समयपछि क्षतिपूर्ति दिने विषयमा मध्यस्थकर्ताको बैठकसमेत बस्यो। उक्त समितिले ठोस निष्कर्ष दिन नसकेपछि सिएमसी काम गर्न नसक्ने मनस्थितिमा पुग्यो। लगत्तै उसले पाएको काम गर्ने अवधि पनि सकियो।

सरकारले सिएमसीको म्याद पछिल्लो पटक गत असारमा २ सय २० दिन कार्यावधि थप गर्ने निर्णय गरेको थियो।

भाषण र ढिलासुस्तीको भूमरीमा मेलम्ची
आयोजनाबारे २०४७ सालदेखि नै आम चर्चा चलेको हो। तीव्र गतिमा परिवर्तन हुने गरेका हरेक सरकारका प्रमुखदेखि मन्त्रीसम्मका भाषण र आश्वासनमा यो आयोजना छुटेन। नेताका भाषणमा नछुट्ने मेलम्चीको पानीले हालसम्म पनि बहाब फेर्न भने पाएको छैन। पाइपमा छिर्नै पाएको छैन। अन्योलपूर्ओ आयोजना कछुवाकै गतिमा छ।

Ncell 2
Ncell 2
nimb
nimb

विभिन्न समयमा कम्पनीहरूले ठेक्का तोड्ने र सरकारको नीति परिवर्तन हुँदासमेत राष्ट्रिय गौरवको रुपमा राखिएको यो आयोजनामा ढिलाइ हुन थालेको नौलो विषय होइन। खानेपानी आयोजना सुरु भएदेखि हालसम्म १७ जना कार्यकारी प्रमुख यसले पाएको छ। खानेपानी काठमाडौं भित्र्याउन सुरुङ खन्ने कार्य भने पूरा भइसकेको छ।

मेलम्चीको सपना
मेलम्ची खानेपानीको सुरुवात काठमाडौको जनसंख्या वृद्धिको अनुपातलाई हेरेर आजभन्दा ३० वर्ष पहिले भएको थियो। 

काठमाडौंमा राणाकालीन प्रणालीबाट पानी वितरण हुँदै आएपछि त्यसको विकल्प खोजी गर्दै जाँदा मेलम्चीको नाम आएको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वप्रथम २०४५ सालमा बेलायतको कम्पनी ‘बिन्नी एन्ड पार्टनर्स युके'ले पहिलो पटक मेलम्चीको अध्ययन गर्‍यो। उसले काठमाडौंको खानेपानी समस्या हल गर्न २० वटा आयोजनाको सम्भाव्यता अध्ययन गरेको थियो।

सोही अध्ययनले मेलम्ची खोलाबाट पानी ल्याउन सकिने सबैभन्दा सजिलो विकल्प अगाडि सारेको थियो। 

यही आधारलाई टेकेर २०४७ बैसाखमा अन्तरिम सरकारका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौ ल्याउने घोषणा गरे। 

२०४९ र २०५१ मा ‘स्टेन्ले एन्ड एसोसिएसन’ र अस्ट्रेलियाली कम्पनी स्मेकले पुन: मेलम्ची आयोजनाको अध्ययन गरे। उनीहरुले गरेको अध्ययनमा काठमाडौंका लागि उक्त आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने सुझाव दिए। 

त्यहीबेला जापानले काठमाडौंको खानेपानी समस्या हल गर्न विस्तृत खाका निर्माण गर्‍यो। २०४८ देखि काठमाडौंका पानी व्यवस्थापनको जिम्मा लिएको उसले पनि मेलम्ची उपयुक्त विकल्प बन्ने सुझायो। 

मेलम्चीमा काम गर्ने निष्कर्षमा पुगे पनि पछि जापानले आयोजनाबाट हात झिक्यो । ०४८ सालमै अगाडि सारिएको खानेपानी संस्थानको १५ वर्षे सुधारको कार्यक्रम पनि अलपत्र भयो।

मेलम्ची आयोजना सुरु नहुँदै अन्योलमा पर्‍यो। तर, यहीबीच मेलम्ची आयोजनामा हात हाल्न नयाँ विदेशी साझेदार फेला पर्‍यो विश्व बैंक। सानासाना आयोजनामा लगानी गर्दै आएको उसले पनि ठूला आयोजनामा काम गर्न चाहेको थियो। विश्व बैंक र सरकारको चाहना मिलेपछि अन्योलमा रहेको परियाजना फेरि सुरु भयो। 

लगत्तै २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन भयो।

२०५६ मा विश्व बैंक र नरप्लानको सहयोगमा मेलम्चीको आयोजनाको सम्भाव्यता अध्ययन गरियो। तर यो आशा धेरै समय टिकेन। अरुण तेस्रो जलविद्युत अयोजनामा विवाद भएपछि विश्व बैंकले मेलम्ची आयोजनाबाट हात झिक्यो। त्यसपछि यो आयोजनाको नेतृत्व गर्न एसियाली विकास बैंक (एडिबी) अघि सर्‍यो। उसले आयोजनाको लागत र सक्ने अवधिसमेत निर्धारण गर्‍यो। मेलम्ची आयोजना ३७ अर्ब लागतमा २०६२ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखियो। 

तर, २०५८ सालबाट निर्माण थालिएको मेलम्ची आयोजना १७ वर्ष बितिसक्दा पनि अधुरै छ।

मुआब्जादेखि सशस्त्र द्वन्द्वको अवरोध
मेलम्ची आयोजनाले काम सुरु भएदेखि नै अवरोध झेल्न बाध्य भयो।

स्थानीयले सुरुमा उचित मुआब्जा नपाएको भन्दै विरोध गरे। लगत्तै तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वले पनि प्रभावित गर्‍यो।

माओवादीले आयोजनाका उपकरण जलाउनेसम्म काम गरे। आयोजना प्रवेश मार्गका रूपमा ४५ किलोमिटर नयाँ सडक र २४ किमि पुरानो सडकको स्तरोन्नति गर्ने काम पहिलो चरणमा थालिएको थियो ।

सडक बनाउने कामसँगै आएको मुआब्जा विवाद समाधान हुन लामो समय लाग्यो । त्यसमाथि आयोजना प्रभावितले पाउने अन्य सामाजिक सुरक्षाका काममा जनस्तरबाटै विवादको घेरामा आए । एक अर्बको हाराहारी खर्च भएको मुआब्जा र सामाजिक उत्तरदायित्व कार्यक्रम लामो समय विवादमै रह्यो ।

मुआब्जा विवाद स्थानीयस्तरमा मात्र रहेन सर्वोच्च अदालतसम्म पुग्यो। मुआब्जाको विषयमा चित्त नबुझेको दाबी गर्दै गोकर्णस्थित सहयोगी उच्च माविले आयोजनालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा मुद्दा नै दायर गर्‍यो । सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट महाँकालको थोक वितरण केन्द्रसम्म पानी ल्याउन १३ दशमलव ५ मिटर गोलो जिआई पाइप गाड्न उक्त विद्यालयको जग्गा प्रयोग भएको थियो। अदालतले आयोजनाकै पक्षमा फैसला सुनाएपछि विवाद अन्त्य भयो। 

शाही शासनको छायाँमा मेलम्ची
२०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिए। ज्ञानेन्द्रको यो कदमले आयोजनाको काम समयमै सम्पन्न हुने भन्दा ढिलाइ हुनमा मद्दत गर्‍यो। उनले भ्रष्टाचार गरेको अभियोगमा दलका नेतालाई कारबाही गर्ने योजना बनाएर २०६१ फागुनमा शाही आयोग गठन गरे। आयोगले मेलम्ची खानेपानीका आयोजनाका पदाधिकारीहरूलाई ०६२ बैसाख ५ मा बयान लियो । जसले मेलम्चीलाई थप अन्योलतामा धकेल्यो। 

त्यसका आधारमा १३ बैसाखको मध्यरात पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नै पक्राउ परे। आयोजनाको सुरुङ प्रवेश मार्गको काम पाएको हेनिल कोनेको जेभीले २०५९ चैत १७ सम्ममा प्रवेशमार्ग बनाइसक्नुपर्ने थियो । ठेक्का लिएको ५ सय २० दिनमा काम सक्ने सम्झौता भए पनि सरकारकै कारण उसले काम गर्न सकेन। ठेक्का पाएलगत्तै उसले काम गर्नका लागि अग्रिम रकम माग गरेको थियो तर सरकारले २०५९ आश्विन २२ मा मात्र उसलाई ‘एड्भान्स पेमेन्ट’ उपलब्ध गरायो।

२०६१ मा आएर उसले काम गर्न नसक्ने भन्दै ठेक्का तोडेको घोषणा गर्‍यो। २०६१ मै सडक निर्माणको परामर्शदाताको काम गर्दै आएको नरप्लान्ट एयसले समयमा चासो नदिँदा काम प्रभावित भएको निष्कर्ष सरकारी अध्ययनले निकालेको थियो । हनिलले काम समयमै नसक्नुमा पनि माओवादीकै अवरोध कारक थियो। हनिलले आयोजनाको लागतभन्दा ४४ प्रतिशत कम मूल्यमा ठेक्का लिएको थियो।

शाही आयोगले हेनिलले काम छाडेपछि आयोजनामा घाटा भएको बताउँदै पूर्वप्रधानमन्त्री देउवा र तत्कालीन भौतिक योजनामन्त्री प्रकाशमान सिंहलगायत ६ जनासँग जनही ३६ करोडको बिगो कायम गरेर मुद्दा दर्ता गरेको थियो । आयोजनाले लामा कन्स्ट्रक्सनलाई अनियमित तरिकाले ठेक्का दिएको अभियोग पनि शाही आयोगको थियो । 

फर्कियो सहयोग
आयोगको कदमपछि धेरैजसो काम प्रभावित भएको बताउँदै नर्वेको सहयोग नियोग ‘नोराड’ र ‘सिडा’ले आयोजनाबाट बाहिरिने घोषणा गरे । २०६१ मा चैत १८ नोराडले विज्ञप्ति निकालेरै नेपालमा प्रजातन्त्र नभएकाले सहयोग फिर्ता लिएको बतायो। नोराडपछि स्वीडेन सरकारले सिडाले लगानी गरेको २५ लाख अमेरिकी डलरको सहयोग फिर्ता लैजाने निर्णय गर्‍यो।

नोराड र सिडाले सहयोग फिर्ता लिएपछि आयोजनालाई ५३ लाख अमेरिकी डलर व्यवस्थापनको चुनौती थपियो। यसअघि नै कार्यान्वयन ढिला भएको र सरकारले अन्यत्र लगानी गर्न आग्रह गरेको कारण देखाएर विश्व बैंकले ८० लाख अमेरिकी डलर सहयोग नदिने घोषणा गर्‍यो । त्यससँगै बैंकले आयोजनामा सहभागिताको बाटो पनि बन्द गरेको घोषणा गर्‍यो। योसँगै मेलम्ची आयोजनामा एकपछि अर्को धक्का लाग्यो।

यसरी सुरु भएको थियो आयोजना 
२०५५ सालमा मेलम्ची खानेपानी आयोजना गठन भयो। तर, आयोजनाको महत्वपूर्ण पाटो सुरुङ खन्ने कार्य भने त्यसको १० वर्षपछि अर्थात् ०६५ मा मात्र सुरु भएको थियो। चाइना रेल्वेले ०६५ माघ ८ गतेदेखि काम सुरु गर्‍यो र चार वर्षसम्म लाइसेन्स आफूसँग राख्यो, तर कुनै ठोस काम नगरी ०६९ असोज ९ गते ठेक्का तोड्यो। साढे ४ वर्षमा २७ किमि सुरुङ निर्माण सक्नुपर्नेमा साढे ३ वर्षमा ६ किमिमात्र खनेर उसले एकतर्फी ठेक्का तोडेको थियो। 

त्यसपछि इटालियन कम्पनी सीएमसी डी राभेन्नासँग ०७१ असार ३१ सम्झौता भएको थियो। उसले ०७३ बैसाखसम्ममा काम सम्पन्न गर्ने गरी ठेक्का स्विकारेको थियो। चाइना रेल्वेभन्दा इटालियन कम्पनीले सुरुङ खन्ने कार्यमा उल्लेख्य प्रगति गर्‍यो, तर पनि समयमै काम सम्पन्न गर्न भने सकेन।

उसले भूकम्प र नाकाबन्दीले काम ढिलो भएको भन्दै सम्झौताको अवधि थप गर्न सरकारलाई दबाब दिँदै आयो। पछिल्लो समय सरकारले कम्पनीको आग्रहलाई स्विकार गर्दै १ सय ८२ दिन थप समय दिएको दियो। तर अन्तत ठेक्का नै रद्दको अवस्थामा पुग्यो। 

थपिएको समयमा सुरुङ निर्माणकार्य सकिनेमा विश्वस्त भइसक्ने अवस्था  छैन भन्ने जानकारी हुँदाहुँदै पनि खानेपानी मन्त्री बिना मगरले समय तोकेर आउने घोषणा गर्न छोडिनन्। 

ठेकेदार कम्पनी टाट पल्टेको घोषणा गर्दै कर्मचारी लैजान खोज्दा पासपोर्ट जफत गरेकी मन्त्री मगरले समस्या सुल्झाउनेभन्दा बल्झाउने काम गरेपछि सिएमसी नआउने निश्चियमा पुगेको थियो। उसले आफ्ना कामदार फिर्ता गराएसँगै सरकारसँग कुनै पनि सम्पर्क गरेन। जसले गर्दा सरकार तोड्ने र नेपालमा रहेको धरौटी जफत गर्ने मनसायमा पुग्यो।

सुरुङ निर्माण एउटा महत्वपूर्ण पाटो भए पनि सुरुङ निर्माण सकिएसँगै पानी काठमाडौं भने आइहाल्ने भने होइन भन्ने कुराको जानकारी हुँदा पनि सरकारले ठेकेदार कम्पनीसँग मिलेर काम गर्नेभन्दा दबाब दिनेमा समय खर्च गर्‍यो।

सिन्धुपाल्चोककै याङ्री र लार्के नदीको पानीसमेत डाइभर्सन गरी दैनिक ५१ करोड लिटर पानी, काठमाडौं उपत्यकामा ल्याउने योजना बुनिएको छ। यो सबै सम्भव भएपछि काकाकुल काठमाडौँले पर्याप्त पानी पाउने आशा पनि छँदै छ।

अब के हुन्छ? 
सरकारले ठेक्का रद्द गरेको घोषणा गरेपछि काठमाडौंमा कहिले पानी आउँछ भन्नेमा अन्योल सिर्जना भएको छ।

आयोजना अब पुनः टेन्डर गर्नुपर्ने अवस्थामा पुगेकाले समय तोकेर आउने निश्चित गर्न असम्भव हुने देखिन्छ। सिएमसीले नेपालको बैंकमा राखेको ३ अर्ब रुपैयाँ जफत गरेर अर्को नयाँ कम्पनीसँग काम गर्नुपर्ने हुन्छ। त्यसका लागि ग्लोबल टेन्डर गर्नुपर्ने हुन्छ। सुरुङ खन्ने काम बाँकी नभए पनि त्यहाँ प्राविधिक काम बाँकी छन्। 

ठेकेदार कम्पनीको बैंकमा धरौटीबापत करिब ३ अर्ब रुपैयाँ रहेको र कम्पनी सहमतिमा नआए सोही रकम जफत गरेर काम अघि बढाउने तयारीमा सरकार रहेको छ। सुरुङको बाँकी कामका लागि आयोजनालाई करिब २५ करोड रुपैयाँ भए पुग्ने अनुमानअनुसार ’सिएमसी’ले काम छोडे पनि लागत रकममा थप भार नपर्ने मन्त्रालयको दाबी छ।

२८ अर्ब सकियो 
मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ।

हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड पुर्‍याइएको आयोजनाका लागि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले जानकारी दिए।

अमेरिकी डलरको भाउ बढेसँगै आयोजना सम्पन्न हुन लागत पनि बढ्न पुगेको उनको भनाइ छ। लागत बढेपछि एसियाली विकास बैंकले २५ लाख र नेपाल सरकारको १३ लाख अमेरिकी डलर थप गरेर कुल लागत २ सय ८७ दशमलव ४ लाख अमेरिकी डलर पुर्‍याइएको हो।

आयोजना सुरु हुँदा एक अमेरिकी डलरको विनियमय दर ६४ देखि ६९ रुपैयाँ रहेको थियो। तर अहिले नेपाली मुद्रा अवमूल्यन भएर ११५ रुपैयाँ आसपास रहँदै आएको छ। यस हिसाबले मात्र लागत २८ अर्ब पुग्ने पन्तले जानकारी दिए।

प्रकाशित मिति: सोमबार, माघ २१, २०७५  १६:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्