काठमाडौं– काठमाडौंकाे भृकुटीमन्डपमा अप्रिल १२ देखि १४ सम्म मिडिया प्रदर्शनी हुने भएको छ।
आयोजक संस्था एकेडेमी अफ मिडिया एण्ड इभेन्टम्यानेजमेन्टले राजधानीमा एक पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी दिएको हो।
नेपालमै पहिलो पटक हुन लागेको मिडिया प्रदर्शनी नेपाली मिडिया क्षेत्रको समग्र विकास र विस्तारको लागि एक खुडकिलो हुने परियोजना प्रमुख डम्बर शाहले बताए।
आयोजक संस्थाकाअनुसार हालसम्म २३ देशका १ सय ५० भन्दा धेरै कम्पनी तथा संघ-संस्थाहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ।
प्रदर्शनीका लागि हालसम्म ३१ वटा कम्पनीहरूले आफ्नो बुकिङ गरिसकेको आयोजक टिमले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।