सचिव कुट्ने मन्त्री
जनकपुर- प्रदेश नम्बर २ को मन्त्री र सचिव कुटपिट प्रकरणको सत्यतथ्य छानबिनका लागि गठित छानबिन समितिले तीन दिनभित्र प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।
समितिका संयोजक प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले छानबिनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताए।
मन्त्री यादवले प्रकरणका आरोपी आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव काम विशेषले प्रदेश बाहिर रहेकाले तोकिएको समयभित्र प्रतिवेदन सार्वजनिक गर्न नसकेको बताए।
छानबिनअनुसार 'दोषी को?' भन्ने प्रश्नमा मन्त्री यादवले अहिले केही खोल्न मानेनन्। उनले सत्यतथ्य कुरा एकैसाथ बाहिर आउने बताए । स्रोतका अनुसार मन्त्री र सचिव बीचको विवाद आन्तरिक रुपमा साम्य भइसकेको छ।
छानबिन समिति गठन भएकै कारण कुटपिट प्रकरण बाहिर नआएको हो। गत पुस २९ गते आर्थिक मामिला तथा योजना मन्त्री यादवको कार्यकक्षमै उद्योग ,वन तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झामाथि कुटपिट भएको थियो।
कुटपिटपछि मन्त्रीको विरोधमा कर्मचारीहरू आन्दोलित भएपछि प्रदेश सरकारले छानबिन समिति गठन गरेको थियो।
समितिले सात दिनभित्र प्रतिवेदन बुझाउने भने पनि हालसम्म तयार पार्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।