• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३, २०८३ Wed, Jun 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

के हो पाइल्स, फिस्टुला र फिसर?

64x64
नेपाल लाइभ शनिबार, माघ ५, २०७५  २०:१५
1140x725

पाइल्स, फिस्टुला र फिसर यी रोगहरुसँग प्रायः मानिसहरु परिचित हुन्छन्। किनकि धेरै मान्छेले आफू स्वयं, परिवारका सदस्य, साथीभाइ वा छर–छिमेकमा कोही न कोही यो रोगबाट आक्रान्त भएको देखेकै हुन्छन्। अझ सहरी परिवेश, अहितकर खानपान र अव्यवस्थित 18ले यो रोग बढ्दो छ।

यी तीनवटै रोग मलद्वारसम्बन्धी रोग हुन्। हुन त धेरै मानिस यी सबैलाई पाइल्स भन्दै झुक्किरहेका पनि हुन्छन्। तर यी तीन रोगमा  भिन्नता छ। आयुर्वेदमा पाइल्स वा हेमोरहोइडलाई अर्स, फिस्टुला–इन–एनोलाई भंगन्दर र फिसर–इन–एनोलाई परिकर्तिका भनिन्छ।

विभिन्न कारणले यी रोग हुने भए तापनि कब्जियत अर्थात् दिसा कडा हुनु नै यसका मुख्य कारण हुन्। रोग बल्झिने र निको नहुने कारण पनि यही हो। आम मानिसमा यी रोगसम्बन्धी व्यापक भ्रम, डर र जानकारीको कमी देखिन्छ। मानिसहरुले मलद्वारमा केही पनि समस्या हुँदा पाइल्स, क्यान्सर भयो भन्दै अस्पताल धाउँदै गरेका भेटिन्छन्।

मलद्वारभित्र र वरिपरि रक्तसिराहरु हुन्छन्। यी रक्तसिराहरु सुन्निने, मासु पलाएझैं ठूलो हुने समस्यालाई अर्स अर्थात् पाइल्स भनिन्छ। यो भित्री र बाहिरी गरी दुई प्रकारको हुन्छ। मलद्वारभित्र हुने अर्समा दिसा कडा हुँदा घाउ भई दुखाइरहित मलद्वारबाट रगत जाने हुन्छ। ठूलो हुदै जाँदा दिसा बस्दा त्यो मासु बाहिर आउने, सुरुसुरुमा आफैं भित्र जाने, पछिपछि औंलाले धकेल्नुपर्ने वा बाहिर नै बसीराख्ने पनि हुन्छ। बाहिरी अर्स÷पाइल्स भने मलद्वार वरिपरिका सिराहरु सुन्निएर हुने गर्दछ।

भगन्दर अर्थात् फिस्टुला–इन–एनो भनेको दुई मुख भएको बाटो जस्तो हो, जसको भित्री मुख मलद्वार भित्र वा पक्वासयमा हुन्छ भने बाहिरी मुख मलद्वारको बाहिरी भागमा हुन्छ। पटकपटक संक्रमण भई बाहिरी मुखबाट पिप, रगत, दिसा आदि आउने हुन्छ। संक्रमण हुँदा अत्यन्त कष्टकर हुने र पिप निस्किसकेपछि केही दिन आराम हुने हुन्छ। तर पछि फेरि संक्रमण भई यो प्रक्रिया लगातार चलिरहने हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

परिकर्तिका अर्थात् फिसर–इन–एनो भनेको दिसा कडा भई निस्किँदा मलद्वारको छाला च्यातिनु हो। यसमा अत्यन्त पीडा हुनुका साथै जलन, चिलाउने, दिसामा धर्को जस्तो रगत देखिने हुन्छ। यस्तो धेरै लामो समयसम्म भइरहँदा त्यहाँ मासु पनि पलाउने हुन्छ, जसलाई सेंटिनल टैग भनिन्छ।

नेपालको मौलिक चिकित्सा पद्धतिका रूपमा रहेको आयुर्वेद चिकित्सामा यी रोगहरुको अत्यन्त प्रभावकारी, सरल, सस्तो, भरपर्दो र उपद्रवरहित उपचार उपलब्ध छ। पेट सफा राख्ने, दिसा नरम, खुलस्त र नियमित बनाउने जड़ीबुटीयुक्त औषधिहरु एकदम प्रभावकारी र दुष्प्रभाव (साइडइफेक्ट) रहित छन्।

त्यस्तै स्नेहन, स्वेदन, लेप, विरेचन, वस्ति, घृत, लेप आदिको पनि प्रयोग गरिन्छ। आवश्यक परे शस्त्र कर्मअन्तर्गत क्षारसूत्र विधिको प्रयोग अर्स, भंगन्दर र परिकर्तिकाको सेंटिनल टैगमा गरिन्छ। रोगीलाई पूरै बेहोस गर्नु नपर्ने, घाउ कम हुने, कम दिन अस्पताल भर्ना भई बस्नुपर्ने, कम समयसम्म औषधि खानुपर्ने, फेरि बल्झिने वा रोग पुनः हुने अवस्था अत्यन्त न्यून हुने भएकाले आजकल यो विधि एकदम प्रचलित छ। 

स्वस्थ मानिसलाई स्वस्थ राख्ने र रोगीको रोग समन गर्ने यी दुई मुख्य उद्देश्य रहेको आयुर्वेदमा हरेक रोगको उपचारमा कारण परित्याग प्रथम चिकित्सा सूत्र विधान रहेको छ। तसर्थ रोगको मुख्य कारणका रुपमा रहेको कब्जियत हटाउने उपाय गर्नुका साथै मलद्वारको सरसफाइमा विशेष ध्यानदिनु पर्छ।

विशेषगरी माछा, मासु, अण्डा, जाँडरक्सी, चुरोट, मर मसला, गुरु भोजनको अत्यधिक सेवनका कारण कब्जियत हुन सक्छ। त्यसैले कब्जियत गराउने यी खानेकुराका साथै मरिच, अदुवा, खुर्सानी, चिल्लो पिरो, मैदा परिकारहरु जस्तै मम, चाउमिन, बिस्कुट, दही, केरा, पिंडालु, अनार, चिउरा, कालो दाल, सुपारी, पान, बाहिरी खानेकुरा, तैलीय पदार्थ, चिसो पेय पदार्थ, चिया कफी आदिको सेवन नगर्ने वा गर्नै परे एकदम कम मात्रामा गर्नुपर्छ।

त्यस्तै प्रशस्त पानी, झोलपदार्थ, हरियो सागपात, सलाद (काँक्रो, मुला, गाजर आदि), आटाको रोटी, रहर, मुँगको दाल, तररहित दूध, फलफूल आदि सेवन गर्नुपर्छ। कदाचित कब्जियत भइहाले त्रिफला चूर्ण, पंचसकार चूर्ण, त्रिवृत्त चूर्ण, अभयारिस्ट आदि औषधिको प्रयोग अल्प समयसम्म गर्न सकिन्छ। केही समस्या भए चिकित्सकलाई देखाई अरु औषधि–उपचार गराउनुपर्छ। 

(लेखक त्रिभुवन विश्वविद्यालय, आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा इन्टर्न डाक्टरका रुपमा कार्यरत छन्)

प्रकाशित मिति: शनिबार, माघ ५, २०७५  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति
सम्बन्धित सामग्री
गर्मीमा यसकारण नरिवल पानी पिउने प्राकृतिक पेयहरूमध्ये नरिवल पानीलाई सबैभन्दा उत्तम मानिन्छ, किनकि यसले शरीरलाई तुरुन्तै ताजा बनाउनुका साथै धेरै आवश्यक पोषक तत्त्वहर... आइतबार, जेठ ३१, २०८३
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
ताजा समाचारसबै
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम पुर्पक्षका लागि जेल चलान मंगलबार, असार २, २०८३
चितवनबाट अपहरणमा परेका बालकको उद्धार, ५ भारतीय पक्राउ मंगलबार, असार २, २०८३
राहदानी विभागका महानिर्देशक अर्याल र निर्देशक केसीलाई चार दिन थुनामा राख्न अनुमति मंगलबार, असार २, २०८३
‘नेपाली चियामाथि भारतको अवरोध प्राविधिक मात्र होइन कूटनीतिक हो, सरकारले वार्ता गरोस्’ मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्