• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

समाज कल्याणमा ब्रह्मलुट : जग्गा भाडादेखि अनुगमनसम्म अनियमितता, दुई पूर्वमन्त्रीलाई कारबाही सिफारिस

64x64
नेपाल लाइभ सोमबार, पुस ३०, २०७५  १७:२१
1140x725

काठमाडौं– सरकारद्धारा पूर्वन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन आयोगले समाज कल्याण परिषद्‍मा व्यापक अनियमितता हुने गरेको तथ्य खुलासा गरेको छ। परिषद्का विभिन्न गतिविधिहरूमा अनियमितता गरेको आरोपसहित आयोगले २ मन्त्रीसमेतलाई कारबाहीको सिफारिस गरेको छ।

कारबाहीको सिफारिसमा परेका दुई पूर्वमन्त्रीमा आशा कोइराला र विक्रमबहादुर थापा छन्। कोइराला ०७४ सालमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट मन्त्री भएकी थिइन् भने थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट मन्त्री भएका थिए।

काेइराला हाल गण्डकी प्रदेशसभा सदस्य हुन्। तनहुँ क्षेत्र नम्बर २ 'क' बाट उनी निर्वाचित भएकी हुन्। थापा भने प्रतिनिधिसभा सदस्यका लागि काठमाडाैं क्षेत्र नम्बर ७ बाट पराजित उम्मेदवार हुन्।

समाजकल्याण परिषद्मा व्यापक अनियमितता भएको आरोप छानबिनका लागि मन्त्रिपरिषद्को बैठकले गत १८ साउनमा उच्चस्तरीय छानबिन आयोग गठन गर्ने निर्णय गरेको थियो। विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा गठित उक्त छानबिन आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले प्रतिवेदनअनुसार कारबाही अघि बढाउन मन्त्रिपरिषद्ले अनुमति दिइसकेको जानकारी दिइन्। ‘अब प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कारबाही प्रक्रिया अघि बढाउँछ,’ मन्त्री थापाले नेपाल लाइभसँग भनिन्।

भ्रष्टाचार परिषद्!

आयोगले गरेको छानबिनले परिषद्का हरेकजसो गतिविधिमा अनियमितता हुने गरेको देखाएको छ। त्यस्तो अनियमिततामा मन्त्रीदेखि आयोगकै उच्च पदस्थ पदाधिकारीको मिलेमतो देखिएको प्रतिवेदनमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

अनियमितता गरेको आरोपमा यसअघि निलम्बनमा परेका परिषद्का तत्कालीन सदस्य सचिव डिल्ली भट्ट पनि आयोगको कारबाही सिफारिसमा परेका छन्।
जग्गा भाडामा लगाउँदा, गैरसरकारी संस्था (एनजिओ)लाई सञ्चालन अनुमति दिँदा तथा अनुगमन गर्दा अनियमितता भएको, औषधि उपचार तथा अनेक शिर्षकमा किर्ते कागजात खडा गरी अनियमित खर्च गरेको आरोप आयोगले लगाएको छ।

कानुनविपरीत जग्गा भाडा

परिषद्को स्वामित्वमा रहेको महँगो मूल्य पर्ने जग्गा भाडामा दिँदा अनियमितता भएको निष्कर्ष आयोगले निकालेको छ। काठमाडौं महानगरपालिकाको साविकको वडा नम्बर ३१ मा रहेको इक्षुमती तरकारी बजारको कित्ता नम्बर ८९६ को ७–१५–३ रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता भएको ठहर आयोगको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

२५ असोज ०७४ मा परिषद्को कार्य सञ्चालन समितिको बैठकले उक्त जग्गा हरित कृषि सहकारी संस्थालाई २५ वर्षका लागि भाडामा दिने निर्णय गरेको थियो। यो निर्णयलाई आयोगले अनियमित र बदनियतपूर्ण भएको उल्लेख गरेको छ।

‘बोलपत्रको कानुनसम्मत उपायको अबलम्बन नगरी सार्वजनिक खरिद ऐनको प्रक्रियालाई छली बिना बोलपत्र हरित कृषि सहकारी संस्थालाई २५ वर्षका लागि ठेक्का दिने गरी कानुन विपरित निर्णय गरेको देखिएको छ,’ आयोगको प्रतिवेदनमा भनिएको छ, ‘यस्तो कार्यबाट परिषद्लाई गैरकानुनी हानिनोक्सानी पु¥याएको कुरा स्पष्ट भएको हुनाले सो निर्णय गर्ने पदाधिकारीहरूलाई अधिकारप्राप्त निकायबाट कानुनबमोजिम बुझी कारबाही हुनुपर्ने देखिन आयो।’

उक्त निर्णय प्रक्रिया परिषद्का तत्कालीन अध्यक्ष तथा मन्त्री कोइराला, उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना र सदस्यत्रय राकेश हमाल, इन्द्रकुमार झा र गोकर्णप्रसाद भट्ट तथा सदस्य सचिव डिल्लीप्रसाद भट्टको संलग्नतामा रहेको प्रतिवेदनमा उल्लेख छ।

गैरकानुनी गतिविधि गर्ने एनजिओको पक्षमा मन्त्री

आयोगको छानबिन प्रतिवेदनले गैरकानुनी गतिविधि गर्ने एनजिओमाथि कारबाही नगरेर अनियमितता गरेको आरोपमा पूर्वमन्त्रीसमेतलाई कारबाही सिफारिस गरेको छ।

भूकम्पप्रभावित जनतालाई खानेपानी र सरसफाइका कार्यक्रम सञ्चालन गर्दा ‘स्वास्थ्यका लागि पानी’ (नेवा) नामक एनजिओले भ्रष्टाचार गरेको निष्कर्ष छानबिन समितिले दिँदासमेत कारबाही नगरी अनियमितता गरेको आरोप आयोगले लगाएको छ।

परिषद्का अध्यक्षसमेत रहेका तत्कालीन मन्त्री विक्रमबहादुर थापा, उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रकुमार झा तथा सदस्य सचिव डिल्लीप्रसाद भट्टले उक्त निर्णय गरेका प्रतिवेदनमा उल्लेख छ। ‘ती पदाधिकारीलाई अधिकारप्राप्त निकायबाट कानुनबमोजिम बुझी कारबाही हुनुपर्ने अवस्था देखिएकाले सोही बमोजिम गर्न’ आयोगले सिफारिस गरेको छ।

आइएनजिओको खर्चमा आइएनजिओकै अनुगमन

परिषद्ले गर्ने आइएनजिओको अनुगमनमाथि पनि आयोगले प्रश्न उठाएको छ। अनुगमन गर्नुअघि अनुगमन गर्न जाने संस्थाबाटै परिषद्का पदाधिकारीले रकम लिने गरेको प्रतिवेदनमा उल्लेख छ।

‘अनुगमन खर्च भनी अनुगमन गर्नुअघि परिषद्ले संस्थाहरूसँग रकम लिने गरेको र अुनगमकर्ताको आतेजाते खर्च र खाना खर्चसमेत सोही संस्थाले व्यहोर्ने गरी परिषद्ले बन्दोबस्त मिलाएको देखियो,’ आयोगको छानबिन प्रतिवेदनमा भनिएको छ, ‘यो व्यवस्था निष्पक्षताको मान्यता र सिद्धान्तविपरीत देखिएको छ।’

आफ्नो सुविधा आफैं तोक्ने!

परिषद्का पदाधिकारीहरूले परिषद्को कार्यसञ्चालन समितिको बैठकबाट आफूखुसी सुविधा निर्धारण गर्ने र लिने प्रवृत्ति पनि परिषद्मा देखिएको आयोगले उल्लेख गरेको छ। नेपाल सरकारका विशिष्ट श्रेणीका व्यक्तिहरूलाई दिएको सुविधाको परिधि नै नाघ्नेगरी आफ्नो सुविधा आफैंले लिने निर्णय गरी थप सुविधा लिनेसम्मको प्रवृत्ति परिषद्मा देखिएको आयोगले उल्लेख गरेको छ। यसरी परिषद्का पदाधिकारीले भ्रमणभत्ताबाहेक नै प्रतिवर्ष १ लाख ४० हजार रुपैयाँसम्म लिने गरेको प्रतिवेदनमा जनाइएको छ।

आयोगको प्रतिवेदनअनुसार परिषद्मा कार्य सञ्चालनस्तरको स्रेस्तामा आवश्यक पुष्ट्याइँका कागजात वा आधार बिना नै खर्च लेख्ने गरेको, औचित्य नखुलाई खर्च गर्ने गरेको लगायतका आर्थिक अनियमितता भेटिएको छ। एउटै निकायका पदाधिकारीहरूमात्र बैठक बसी भत्ता लिएको, मर्मत नै गर्नुनपर्ने गाडीमा मर्मत खर्चका नाममा रकम लिएको, कागजातबिना नै प्रोत्साहन भत्ता, उपादान खर्च, स्वास्थ्योपचार खर्च लगायतका सुविधा लिने गरेको तथा खर्चको प्रमाणसमेत नराखिने गरेको विकृति परिषद्मा देखिएको प्रतिवेदनमा औंल्याइएको छ।

यस्ता विषयमा महालेखापरीक्षक कार्यालयबाट गम्भीर अध्ययन र विवेचना हुनुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ।

कौडीको भाउमा जग्गा भाडा

परिषद्को आम्दानीका रुपमा रहेको काठमाडौंस्थित भृकुटीमण्डपको जग्गा भाडामा लगाउँदा पनि अनियमितता भएको आरोप आयोगको छ। उक्त स्थानमा भाडामा लगाइएको जग्गाबाट ज्यादै कम रकममात्र आउने गरेको तथा बक्यौता पनि उठ्न नसकेको आयोगले प्रतिवेदनमा उल्लेख गरेको छ। उक्त विषयमा थप अनुसन्धान र विश्लेषणको आवश्यकता रहेको पनि आयोगले औंल्याएको छ।

चरम राजनीतिकरण

परिषद्मा चरम राजनीतिकरण मौलाएको आयोगको भनाइ छ। राजनीतिक रुपमा पदाधिकारीको नियुक्ति हुने परम्पराले पनि परिषद्भित्र राजनीतिकरण झाँगिएको ठहर आयोगको छ।

‘अतिरिक्त राजनीतिक नियुक्ति पाएका व्यक्तिहरूको पनि समान आस्था देखिँदैन, सरकार बदलिनेबित्तिकै आस्था बदल्ने पदाधिकारी र कर्मचारीबाट गुटबन्दीका अनेक हाँगाबिँगा पलाएका छन्,’ आयोगले आफ्नो प्रतिवेदनमा औंल्याएको छ, ‘राजनीतिक नियुक्ति पाएका पदाधिकारीहरूको निष्ठा, कुशलता र क्षमतालाई आर्थिक प्रलोभन र लेनदेनको प्रवृत्तिले थला पारेको छ।’

आयोगले कर्मचारी वृत्तमा व्यापक सुधार गरी परिषद्लाई जनउत्तरदायी, तटस्थ र क्रियाशील बनाउन कठोर अनुगमनको आवश्यकता पनि औंल्याएको छ।

प्रकाशित मिति: सोमबार, पुस ३०, २०७५  १७:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्