• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

विभाजित विवेकशील साझा पार्टी :  मिश्र बलिया कि थापा? 

64x64
नेपाल लाइभ आइतबार, पुस २९, २०७५  १६:५०
1140x725

नयाँ वर्षको शुभकामना सन्देश प्रवाह गर्ने क्रममा विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य तथा संगठन विभाग प्रमुख मुमाराम खनालले ‘छोटो समयमा आम सर्वसाधारणले विकल्पको बलियो खम्बाको रूपमा हेरेको विवेकशील साझा पार्टीले नयाँ वर्षलाई ‘संगठन विस्तार वर्ष–२०७५’ घोषणा गरेको जानकारी गराएका थिए। 

तर, ‘२०७५ संगठन विस्तारको वर्ष’ हुनुको साटो पार्टी विभाजनको वर्ष भयो। ‘संगठन विस्तारको वर्ष’ घोषणाको ९ महिनामै पार्टी विभाजन भयो। २०७५ भित्र पार्टीले एक लाख नयाँ सदस्य वितरण गर्ने जनाएको पार्टीको ‘संगठन विस्तारको महाअभियान’मा ब्रेक लागेको छ।

पार्टी प्रवक्ता सूर्यराज आचार्यले त शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, 'म गोर्खामा एकताको भाषण गर्दै थिएँ। म भाषण गर्दागर्दै संयोजकज्यूको पार्टी फुट्यो भन्ने म्यासेज मलाई आयो।'

अर्थात्,  विवेकशील साझा देशभर फैलिन खोज्दै गर्दा पार्टीभित्र भने खोक्रो बन्दै रहेछ। शनिबार नै संयोजक रवीन्द्र मिश्रले त फेसबुकमा म्यासेज ग्रुप नै बनाएर फुटको तयारी गरिएको बताए।

त्यहाँ बोल्नेहरुको स्वीकारोक्ति थियो– हामीहरु राजनीति सिक्दै थियौं। फुट अनपेक्षित भइदियो।

राष्ट्रिय राजनीतिमा खासै प्रभावकारी शक्ति नभए पनि वैकल्पिक शक्तिको दाबी गरिएका कारण यो पार्टीको विभाजनले निकै चर्चा पायो। यो यसकारण पनि सम्भव भयो कि, यसले वकालत गरिरहेको राजनीतिक संस्कार र यसमा आवद्ध नेताहरु अन्य दलभन्दा फरक थिए।

विभाजनसँगै सामाजिक सञ्जालमा दुईथरी समूह निकट रहेर तर्क–वितर्क भइरहेका छन्। र, यससँगै मिसिएर आएको प्रश्न छ– दुई समूहमध्ये को बलियो? को प्रभावकारी?

दुई–तीन वटा आधारमा रहेर यसबारे मूल्यांकन गरिनु उचित हुनसक्छ।

nimb
nimb
Ncell 2
Ncell 2

पहिलो, सदस्य वा पदाधिकारी। एकीकृत रहँदा पार्टीमा मिश्र पक्षको बलियो उपस्थिति देखिन्छ। विधानमा ५१ जना केन्द्रीय सदस्य रहने भनिए पनि ३७ जना थिए। त्यसमा पनि एकजना सदस्य ओमप्रकाश अर्यालले पार्टी छाडेपछि अहिले ३६ केन्द्रीय सदस्य थिए। थापाले पार्टी विभाजन गर्दा उनलाई १६ सदस्यले साथ दिएका छन्।

थापातर्फ उनीसहित रन्जु दर्शना (न्यौपाने), साधना राई, सुबुना बस्नेत, अजिता राई, अनुसा थापा, मिलन पाण्डे, जीवन श्रेष्ठ, गोविन्द नारायण तिमिल्सिना, रमेश पौड्याल, शशिविक्रम कार्की, ज्ञानेन्द्र निरौला, पुकार बम, विराजभक्त श्रेष्ठ, आशुतोष तिवारी र अर्जुन सिंह ठकुरी छन्।

थापा पक्षमा पूर्व विवेकशील दलका सबै फर्किएका छन्। 

त्यस्तै, मिश्रतर्फ उनीसहित शोभा शाक्य, माया पौडेल, राम तपस्या कुमार साह, किशोर थापा, प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा, अनुपमान सैंजु, रमेश मर्हजन, सूर्यराज आचार्य, केशव दाहाल, गेहेन्द्र प्रसाद दाहाल, मुमाराम खनाल, अब्दुश मिया, किरण कृष्ण श्रेष्ठ, उमेद पुन, तारा कुमारी काफ्ले, गोपाल हमाल, शोभिता परियार र निरुपमा यादव छन्।

यो पक्षमा २० केन्द्रीय सदस्य छन्।

केन्द्रीय सदस्यबाहेक प्रदेश संयोजकहरुमा पनि मिश्र पक्ष बलियो देखिन्छ। प्रदेश ३ को संयोजक चयन गर्ने क्रममा पूर्व साझा पार्टी पक्ष हावी भएको थियो। केही युवाहरुको नाराबाजीका बीच पार्टी संयोजक मिश्रले सो प्रदेशको संयोजकमा आफू निकट समीक्षा बाँस्कोटालाई चयन गरेका थिए।

पार्टीमा विवादको बिउ उम्रिँदैछ भन्ने आम जानकारी यसपछि सतहमा आएको हो।

बढ्दै गएको आन्तरिक किचलोका बीच भदौको अन्तिम साता बसेको अगुवा कार्यकर्ताको भेलाले असोजदेखि तीन महिने संगठन विस्तार अभियान सञ्चालन गरेको थियो। उक्त अगुवा कार्यकर्ता भेलामा मिश्र पक्षधर नेता कार्यकर्ताहरुको बाहुल्यता रहेको थियो।

त्यसलगत्तै पार्टीले प्रदेश ५, कर्णाली, सुदुरपश्चिम र गण्डकीमा संगठन विस्तारका कार्यक्रम राखेको थियो। ती प्रदेशहरुमा चयन भएका संयोजकहरु मिश्र पक्षधर हुन्।

प्रदेश ३ संयोजक बाँस्कोटासहित सुदूरपश्चिम संयोजक गोपाल हमाल, कर्णाली प्रदेशका गेहेन्द्रप्रसाद दाहाल, प्रदेश ५ मा अनुपमान सैंजु र गण्डकी प्रदेशका संयोजक महेश भण्डारी मिश्र पक्षका हुन्।

विवेकशील साझाले सदस्यता वितरण, संगठन निर्माण र विदेशमा सद्भाव समूह गठनको प्रक्रियामा तिव्रता दिएको दाबी गरे पनि प्रदेश १ र २ मा संयोजक तोक्न सकेको थिएन।

प्रदेश ३ का तीन सांसदमध्ये २ जना फुटेर जाने समूहमा छन्। एक जना मिश्रतिरै बसेका छन्।

समग्रमा अहिलेको सांगठनिक शक्तिमा भने मिश्र समूह बलियो देखिन्छ। संगठन विस्तारका क्रममा पार्टीमा जोडिनेहरु धेरैजसो मिश्रकै कारणले जोडिएको आम चर्चा छ। उनी त्यसमा खटिरहेको पनि देखिन्थे।

दोस्रो, सार्वजनिक छवि। विवेकशील साझाका जति पनि मुख्य नेताहरु छन्, प्रायमा साझा पार्टीबाट आएका रवीन्द्र मिश्र पक्षका नेताहरु छन्। पत्रकारितामा नै ख्याति पाएका मिश्र, विकासविद् सूर्यराज आचार्य, पूर्व सचिव किशोर थापाहरु चिनिएका नामहरु हुन्।

त्यस्तै, गत निर्वाचनमा काठमाडौं १ ‘क’ बाट उम्मेदवार बनेकी बाँस्कोटा कानुन व्यवसायी पनि हुन्। उनले कानुनमा अमेरिकाबाट स्नातकोत्तर गरेकी छन्। त्यस्तै हमाल ‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता हुन्।

प्रदेश ५ का विवेकशील साझाका संयोजक सैंजु नेपाल जेसिसका पूर्व अध्यक्ष हुन्। सैंजुले बुटवलमा वृद्धाश्रम पनि सञ्चालन गरेका छन्। गण्डकी प्रदेशको संयोजक भण्डारीले पोखरामा एफएम रेडियो सञ्चालन गरेका छन्। उनको आवद्धता शैक्षिक कन्स्लट्यान्सीमा समेत छ।

गत निर्वाचनमा पार्टीले पाएको मत मिश्रको छविका कारण सम्भव भएको हो भनेर विश्वास गर्नेहरु पनि छन्।

व्यक्तिगत क्षमता भएका नामहरु फुटेर जाने थापा समूहमा पनि नभएका होइनन्। तर, सार्वजनिक रुपमा त्यति चर्चामा छैनन्। थापा समूहका मिलन पाण्डे इन्जिनियर हुन्। यस्ता नाम अरु पनि छन्। जस्तो कि, पुकार बम सम्पदा संरक्षक अभियन्ता हुन्।

यसरी सामाजिक छविका हिसाबले पनि मिश्र समूह बलियो देखिन्छ। देखिने अनुहारको बाहुल्यता भएकाले आगामी दिनमा पनि त्यसको फाइदा यही समूहलाई बढी पर्न सक्छ।

तेस्रो, विरासत। विरासतमा भने मिश्र समूहभन्दा थापा समूह बलियो देखिन्छ। यो समूहलाई ०७० को निर्वाचनका क्रममा काठमाडौंका जनताले सानो समूहमा मत माग्दै हिँडेको देखेको थियो। त्यसपछि विभिन्न दबाबमूलक कामहरु, जुलुसहरुको नेतृत्व गरेको थियो। भूकम्प आउँदा पनि उनीहरुको सक्रियता देखिएको थियो।

०७१ सालमा पार्टी दर्ता भएपछि पनि उनीहरु सानासाना कामहरुमा सक्रिय देखिन्थे। हतार नभएजस्तो, दबाब नभएजस्तो, ठूला गफमा होइन साना काममा रमाइरहेको समूहको रुपमा परिचित थियो।

अर्कोतिर मिश्र समूह ह्वात्तै राजनीतिमा आयो। जसले पार्टीलाई छोटै समयमा चर्चा दिलायो। तर, राजनीतिक पृष्ठभूमि नभएका र कतैकतै पछिल्ला उपलब्धिहरुमा पनि शंका व्यक्त गरिने भएका कारण मिश्र समूहप्रति मान्छेको शंका यद्यपि छ। अरुलाई गाली गरेर र अक्षम देखाएर आफ्नो उपस्थिति देखाउन खोज्ने समूहका रुपमा यो समूह बदनाम छ।

अनुहार नै बेच्ने सवालमा मिश्र समूह अहिले पनि माथि छ। तर, विश्वासको वातावरण कसरी बढाउँदै लैजान्छ भन्ने चाहिं उनीहरुको आगामी रणनीतिले चयन गर्ने छ।

सांगठनिक अंकगणित हेर्दा पनि मिश्रले आफू अनुकूल नेता स्थापित गर्न खोजेको देखिन्छ। एकछत्र नेतृत्व गर्ने चाहनाले फेरि पनि दुर्घटना निम्त्याउन भने सक्छ। त्यसैले पनि यो समूहको प्रभावकारिताको निरन्तरतामा शंका गर्न सकिन्छ।  

अर्कोतर्फ, पार्टी फुटाएको आरोप थापा समूहले पछिसम्म व्यहोर्नुपर्ने छ। त्यसै पनि, फुटेर जानेहरुलाई राम्रो नमान्ने आम मनोवृत्ति छ। फुटबाट आघात समूहलाई उसले कसरी विश्वास दिलाउँदै जाने छ भन्ने प्रतीक्षाको विषय छ।
 

प्रकाशित मिति: आइतबार, पुस २९, २०७५  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्