जनकपुरधाम– सिरहाको गोलबजार नगरपालिका–४ स्थित राइस मिलमा आगलागी हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ।
महेश साहले सञ्चालन गरेको जय माँ धमिनी राइस मिलमा ड्रायल मेसिनमा धान सुकाउने क्रममा आगलागी हुँदा मिलमा रहेको धान र मेसिन जलेर नष्ट भएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।
शुक्रबार बिहान मिलमा आगो लागेको प्रहरीले जनाएको छ। आगलागी भएको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय गोलबजार, सिरहाबाट खटिएको प्रहरीको टोली, सशस्त्र प्रहरी बल, स्थानीयबासी र दमकलको सहयोगमा आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।