बारा– भारतबाट गैरकानुनी रुपमा नेपाल भित्र्याइएको डेढ लाख मूल्य बराबरको कुखुराका चल्ला शुक्रबार बारा प्रहरीले नष्ट गरेको छ।
बारा सुवर्ण गाउँपालिका–६ बाट नेपाल ल्याउँदै गरेको २ हजार १ सय ओटा चल्ला प्रहरीले नियन्त्रणमा लिएको थियो।
कुखुरा व्यवसायी संघ बाराका प्रतिनिधि, संचारकर्मी लगायतको उपस्थितिमा चल्ला नष्ट गरिएको प्रहरी चौकी तेलकुवाले जनाएको छ।
यसैगरी, पचरौता नगरपालिका–१ बाट करिब २० हजार मूल्य बराबरका ४० वटा तयारी कुखुरा नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।