काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनीहरूले हवाई भाडा समायोजन गरेका छन्।
नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ घटाउसँगै वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा घटाएका हुन्।
माउन्टेन फ्लाइटमा ३ सय ४५, पोखराका लागि १ सय ५५, भरतपुरका लागि १ सय १०, विराटनगरका लागि २ सय ४०, जनकपुरका लागि १ सय ३०, सिमराका लागि ९०, भैरहवाका लागि २ सय ५, धनगढीका लागि ४ सय ४०, नेपालगञ्जका लागि ३ सय २५, भद्रपुरका लागि ३ सय र तुम्लिङटारका लागि १ सय ८५ रुपैयाँ भाडा घटाएका हुन्।
घटाएको भाडा पुस २९ गतेदेखि लागू हुनेछ।
यस्तो छ अबको भाडा तालिका :

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।