विराटनगर– सुनसरीबाट लागुऔषधसहित दुई भारतीय पक्राउ परेका छन्।
भारतको अररिया स्थित बेलाग्राम पञ्चायत–९ का २० वर्षीय सहादत मन्सुरी र १८ वर्षीय रिजवन अन्सारीलाई प्रहरीले पक्राउ गरेको हो।
१५ बोतल डाइलक्स डिसी र २ सय ८८ ट्याब्लेट स्पास्मो प्रोक्सिवनसहित धरान उपमहानगरपालिका–४ सर्दु खोलाबाट उनीहरूलाई पक्राउ गरिएको हो।
को २० प ८०९८ नम्बरको मोटरसाइकलमा रहेका उनीहरूलाई विशेष सुराकीका आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।