काठमाडौं– समाजसेवी सावित्री श्रेष्ठले भक्तपुरका ४३ अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेकी छन्।
जाडो बढेसँगै विचल्लिमा परेका बालबालिकालाई व्यक्तिगत पहलमा ब्ल्यांकेट र सिरानी वितरण गरिएको श्रेष्ठले बताइन्।
भक्तपुरको नवयुवा बाल सुधार समाजमा रहेका बालबालिकालाई कपडा वितरण गरिएको हो।
जाडो बढेसँगै बालबालिकालाई चिसोले निमोनिया र रुघाखोकी लागेको सुनेपछि आफूले पहल गरेर न्यानो कपडा वितरण गरिएको श्रेष्ठले बताइन्।
भक्तपुरमा रहेको आश्रममा देशका विभिन्न स्थानबाट अलपत्र परेका बालबालिकालाई आश्रय दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।