काठमाडौं– आफू 'नेपाल प्रहरीको डिएसपी हुँ' भन्दै आपराधिक गतिविधि गर्ने नक्कली डिएसपीलाई प्रहरीले पक्राउ गरेको छ।
डिएसपीको परिचय दिँदै ठग्दै हिँड्ने भक्तपुरको बालकोटका ३५ वर्षीय अनिल थापालाई प्रहरीले पक्राउ गरेको हो।
उनलाई प्रहरीले गए राति तिरुपति होटलबाट पक्राउ गरेको हो।
विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलको २०३ नम्बर को बस्दै आएका उनले आफू प्रहरीको डिएसपी हुँ भन्दै नक्कली परिचय देखाउँदै आएका थिए।
डिएसपीको परिचयपत्र देखाउँदै ठमेल, दरबारमार्गका होटल तथा रेष्टुरेन्टबाट अवैध रकम असुल्नेदेखि आपराधिक क्रियाकलापसम्म गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।