जनकपुर– धनुषामा रक्सी सेवनका कारण ७ जनाको मृत्यु भएपश्चात् फरार अभियुक्त ६ महिनापछि पक्राउ परेका छन्।
गत असार १३ गते कमला नगरपालिका–६ सिँग्याही मडानस्थित अवैध एवम् घरेलु रक्सी सेवनका कारण ७ जनाको मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा भट्टी सञ्चालक मडानका धर्मेन्द्र मण्डल र राजेश कुमार चौधरी रहेका छन्। घटना भए लगत्तै उनीहरू पसल बन्द गरेर फरार भएका थिए।
धमेन्द्र मण्डल मदिरा बेच्ने कार्य गर्दथे भने राजेश चौधरी मदिरा उत्पादन कार्यमा सक्रिय रहेका थिए।
इलाका प्रहरी कार्यालय खजुरीले उनीहरूलाई बुधवार पक्राउ गरेको हो।घटनापश्चात फरार दुवै जना प्ररहीको मोस्टवान्टेड सूचीमा थिए।
पक्राउ परेका मण्डल र चौधरीले भने आफूहरूको कुनै संलग्नता नरहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।