जनकपुर– धनुषाबाट मरिच तस्करी गर्ने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषा नगराइन नगरपालिका १ का ३४ वर्षीय रजय यादव, ३१ वर्षीय लालु यादव, भारत मधुबनीका १९ वर्षीय मनिसकुमार महतो, सोही ठाउँका २० वर्षीय राकेश महतो र २६ वर्षीय सन्तोष राम रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।
नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा ६ वटा मोटरसाइकल र १२ बोरा मरिचसहित उनीहरूलाई पक्राउ गरेको हो।
बुधबार राति साढे १२ बजे गोप्य सूचनाको आधारमा उनीहरूलाई नगराइन–६ लगमा टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।