कञ्चनपुर– सुदूरपश्चिम सरकारले माघी पर्वका अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले माघी पर्वका अवसरमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा माघे संक्रान्तिलाई चेली तिहार र तराईका जिल्लामा बस्ने थारु समुदायको नयाँ वर्षको रुपमा मनाइने गरिएको छ।
कैलाली कञ्चनपुर माघीलाई पुराना दिनका समीक्षा गर्दै नयाँ कार्ययोजना बनाउने पर्वको रुपमा मनाइन्छ।
सुदूरपश्चिम सरकारले माघीमा एक दिनमात्र बिदा दिएकोमा थारू नेता तथा अगुवाहरूले आपत्ती जनाएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले थारूहरूको प्रमुख चार्ड तथा नयाँ वर्षमा १ गतेमात्र बिदा दिने निर्णय गरेको थियो।
थारू नागरिक समाज र थारू कल्याणकारिणी समाजले विज्ञप्ति जारी गर्दै सरकारसँग पुस महिनाको अन्तिम दिन, माघको १ र २ गते गरी तीन दिन बिदा माग गर्दै आए पनि सरकारले वेवास्ता गरेको गुनासो गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘हामीले तीन दिन बिदा माग गर्दै मागपत्र बुझाएका थियौँ। तर, सरकारले त्यसमा कुनै ध्यान दिएन्।'
सरकारले २०६३ सालदेखि हालसम्म माघीका दिन तीन दिन बिदा दिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।