• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

बच्चा हुर्काउँदा आमा–बुबाको भूमिका कस्तो हुनुपर्छ? के–के कुरामा ध्यान दिने?

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  २१:१०
1140x725

हरेक अभिभावकको चाहना हुन्छ, आफ्ना छोराछोरीले उन्नति गरून्, हरेक क्षणमा सफलता प्राप्त होओस्। तर सबैको चाहना पूरा नहुन सक्छ। कुनै बालबच्चाा हरेक कुरामा अगाडि हुन्छन् भने कुनै बालबच्चाा सबै कुरामा पछाडि हुन्छन्। आफूले चाहेजस्तो छोराछोरीको प्रगति देख्न बच्चाा हुर्काउँदादेखि नै आमाबुबाको भूमिका निकै महत्वपूर्ण रहन्छ।

आजको प्रतिस्पर्धी युगमा कुनै पनि व्यक्ति उच्च मनोबल, भावनात्मक रूपमा सबल, निडर समाजमा घुलमिल गर्न सक्ने नेतृत्व क्षमता भएको बनाउन बच्चा जन्माउँदादेखि नै  आमाबुबा मानसिक रूपमा तयार छन् कि छैनन् भन्ने कुराले फरक पार्छ। 

हाम्रो जस्तो संस्कार भएको समाजमा बच्चा जन्माउँदा आमाबुबा मानसिक रूपमा तयार भएको पाइँदैन। कुनैकुनै समाजमा छोराछोरीमा अझै पनि विभेद हट्न सकेको छैन।

बच्चा जन्माउँदा मानसिक रूपमा तयार नहुँदा साना केटाकेटीहरू आधारभूत आवश्यकताको अभावमा हुर्कनुपर्ने हुन्छ। कहिलेकाहीँ आमाबुबाले  बच्चाहरूलाई  समय दिन सकेका हुँदैनन्। बच्चाहरूसँग बसेर उनीहरूका कुरा बुझ्ने समय आमाबुबासँग हुँदैन त्यसले गर्दा पनि बच्चाको सानो दिमागमा ठूलो असर परिराखेको हुन्छ। 

बच्चाहरूको विकास राम्रोसँग होओस् भन्ने चाहने हो आमाबुबाले साना नानीहरूलाई  समय दिनुपर्छ। उनीहरूसँग बोल्दा आँखामा हेरेर कुरा गरिदिनुपर्छ। उनीहरूको कुरा सुनिदिनुपर्छ। तर, हाम्रो समाजमा आमाबुबालाई यो कुराको जानकारी छैन। 

हिजोआज आमाबुबाले बच्चालाई भुलाउन मोबाइल, कम्प्युटर, ट्याब, दिइहाल्ने प्रवृत्ति छ। तर निगरानी नगरी आफ्नै काम लाग्दा सम्बन्ध बिस्तारै बिग्रँदै जान्छ।

बच्चा सानो छँदासम्म यो ठिक लाग्न सक्छ तर हुर्कंदै गएपछि बच्चाको स्वाभावमा परिवर्तन आउन थाल्छ। एक्लै बस्न मन पराउने र आमाबुबासँग कुरा नगर्ने हुन सक्छ। आमाबुबामध्ये एक जना काममा व्यस्त भए पनि अर्कोले बच्चालाई समय निकाल्ने, उनीहरूसँग कुरा गर्ने, कुरा सुन्ने गर्नुपर्छ।  

बच्चा जन्मिएदेखि नै आमाबुबाले बच्चाको ससाना कुरामा ध्यान दिनुपर्छ। बच्चाहरूलाई बाहिरतिर घुमाउन लैजानुपर्छ। नयाँनयाँ कुराको बारेमा जानकारी दिँदा पछि गएर बच्चाहरू ती कुरामा जिज्ञासु बन्दै नयाँ कुरा खोजेर पढ्ने हुन्छन्। बच्चाले स्कुलमा के गरेको छ त्यो कुरामा आमाबुबाले ध्यान दिनुपर्छ। बेलाबेलामा बच्चाको स्कुलमा जाने र उनीहरूले गरेको प्रगति कस्तो छ त्यसको बारेमा बुझ्ने गर्नुपर्छ। मोबाइल, कम्प्युटरमा बच्चाहरूले केके हेरिरहेका छन्, ती कुरामा ध्यान दिनुपर्छ। 

Ncell 2
Ncell 2

बच्चालाई हुर्काउन आमाबुबा दुवैको भूमिका महत्वपूर्ण हुन्छ। आमाको स्नेहले छोराछोरीलाई नम्र बनाउन सिकाउँछ भने सफल, मिजासिलो बनाउन बाबुको भूमिका महत्वपूर्ण हुन्छ। बुबाले छोराछोरी हुर्काउने क्रममा शारीरिक र मनोवैज्ञानिक दुवै किसिमको सहयोग पु¥याउँछन्। 

छोराछोरीका लागि आमा र बुबा दुवैको बराबर स्याहार र ममताको आवश्यकता हुन्छ। दुई जनाको सन्तुलित स्याहारले मात्र छोराछोरी बलियो, निडर र समाजसँग  घुलमिल हुन सक्ने सिप बढाउँछ। छोराछोरीले हरेक क्षण आफ्ना आमाबुबाबाट केही न केही सिकिराखेका हुन्छन्, त्यसैले आफ्ना बच्चालाई कस्तो कुरा सिकाउने त्यो आमाबुबामा भर पर्छ। 

हिजोआज बच्चा हुर्काउँदा एक जनाले मात्र हुर्काउने र अर्को वैदेशिक रोजगारमा या बाहिर जागिरको सिलसिलामा जाने गर्छन्। यस्तो समस्याले बच्चाहरूलाई भावनात्मक समस्या आइराखेको हुन्छ। उनीहरू एकलोपन महसुस गर्ने र सधैं एक्लै बस्न मन पराउने खालका हुन्छन्। आमाबुबा एक जनाले मात्रा बच्चाका सबै आवश्यकता पूरा गर्न नसक्ने हुनाले बच्चाहरू पछि गएर कुलतमा फस्ने सम्भावना पनि उत्तिकै हुन्छ। 

बच्चाहरूलाई जसले हुर्काएको छ, ऊसँगै बढी घुलमिल र आत्मीयता हुने गर्छ। कतिपय आमाबुबाले बच्चाले झगडा ग¥यो भनेर सुधार्ने नाममा आफूबाट टाढा होस्टल राख्ने गर्छन्। यसो गर्दा आमाबुबासँग उनीहरूको आत्मीयता कम हुँदै जान्छ र सम्बन्ध पनि बिस्तारै पातलो हुँदै जान्छ।

साना बच्चाहरू जिज्ञासु हुन्छन्। हरेक क्षण उनीहरूमा नयाँ कुरा सिक्ने जिज्ञासा हुन्छ। त्यस्तो बेलामा आमाबुबाले उनीहरूको हरेक जिज्ञास मेटाउनुपर्छ। उनीहरूले सोधेका हरेक कुराको उतर दिनुपर्छ। 

बच्चाहरू सुत्ने बेलामा ओछ्यानमा कथा, कविता सुन्न मन पराउने हुन्छन्, त्यसो गर्दा उनीहरूको भावनात्मक विकास तीव्र रूपमा हुन मद्दत गर्छ। यस्तो कुरा सिकाउँदा पछि गएर अभिभावक बन्दा आफ्ना बच्चाहरूलाई पनि यस्तै कुरा सिकाउँछन्। 

बच्चाहरूलाई आफ्नो दुःख, व्यस्तता, कठिनाइ कहिले पनि देखाउन हुँदैन। आफ्नो तरिकाले हल गरेर बच्चालाई हुर्काइयो भने उनीहरूमा सकारात्मक सोचको विकास हुन्छ। 

माया–ममता, प्रशंसा, प्रोत्साहन, प्रेरणा, हिंसारहित वातावरणमा हुर्काउने हो भने बच्चामा कुनै पनि शिक्षको तीव्र रूपमा विकास हुन्छ। 

बच्चालाई घरभन्दा वरिपरिको वातावरणमा पनि घुलमिल हुन दिनुपर्छ। आफ्नै घरआँगनमा खेलून् भनेर सोच्नु हुँदैन। घरबाहिर जाँदा साथीभाइ तथा अन्य अग्रजसँग उनीहरूले घुलमिल हुने र सिक्ने मौका पाउँछन्। साथीहरूसँगको संगतमा जुन शिक्षा र खुसी पाउँछन्, त्यसले उनीहरूलाई सकारात्मक प्रेरणा दिन्छ।

हामीले स्कुलका किताबाट सिकेको मात्र शिक्षा हो भन्ने सोच्छौं तर त्यस्तो होइन; बच्चाले आफ्नो जीवनमा लिने शिक्षा पनि त्यत्ति नै महत्वपूर्ण हुन्छ। बच्चाले आफ्नो परिवारका सबै सदस्यसँग अन्तरक्रिया गर्दै हुर्कने मौका पाउँछ भने त्यो निकै महत्वपूर्ण अवसर हो।

हरेक खालको पोषणका साथै बच्चाहरूलाई समयमै खानपान र निद्रा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बच्चाको विकासमा खानेकुराको धेरै महत्व हुन्छ। उनीहरूको विकासमा सबैखाले न्युटेसन जरुरत हुन्छ। त्यसैले बच्चालाई चाहिने मात्रामा न्युटेसन पुगेको छ कि छैन भनेर ध्यान दिनुपर्छ। तर जंक फुडबाट भने बच्चाहरूलाई सानैदेखि टाढै राख्नुपर्छ।

सधैं भरसक एकै समयमा सुताउने बानीको समेत विकास गराउनुपर्छ। ८ देखि ९ बजेसम्म बच्चाा सुत्ने हो भने बिहान ६ बजेसम्ममा उठ्न सक्ने हुन्छन्। 

कुनै सानोतिनो गल्ती गरेको अवस्थामा बच्चााहरूलाई गाली गर्नु भनेको उनीहरू आमाबाबुबाट झन् टाढिनु हो। यस्तो बेला हप्काउने, थर्काउनेभन्दा पनि मायाले सम्झाइबुझाइ गर्नुपर्छ। 

- वरिष्ठ मनोविद् कुँवरसँग सिर्जना खत्रीले गरेको कुराकानीमा आधारित

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  २१:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने
सम्बन्धित सामग्री
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू विश्वभर टाउको दुखाइका कारणहरूमध्ये माइग्रेन दोस्रो ठुलो कारण हो भने स्नायु सम्बन्धी अपाङ्गता ल्याउने यो पहिलो प्रमुख कारण हो। तथ्याङ... बुधबार, फागुन १३, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ? औषधिहरु सही ड्युरेशनमा खाइएन भने त्यसले रगत मार्फत शरीरमा गएर जसरी काम गर्नुपर्ने हो त्यो गर्न सक्दैन। सही समावधिमा औषधिमा नखाँदा त्... शनिबार, फागुन ९, २०८२
खानपान र निद्रा: के खाने र कहिले खानेले कति फरक पार्छ? ढिलो राति धेरै खाना खाएपछि भोलिपल्ट थकित महसुस हुनु सामान्य हो। धेरै र गह्रौँ खाना पचाउन शरीरले बढी ऊर्जा खर्च गर्नुपर्छ, जसले गहिरो... शनिबार, माघ २४, २०८२
ताजा समाचारसबै
नेकपा जिम्मेवार प्रतिपक्षको भूमिकामा रहने शुक्रबार, फागुन २९, २०८२
धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहको रिटमा सुनुवाइ सकियो शुक्रबार, फागुन २९, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई पितृ शोक शुक्रबार, फागुन २९, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
कांग्रेसले २० समानुपातिक सांसदको नाम भोलि आयोगमा बुझाउने शुक्रबार, फागुन २९, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
रास्वपाका उम्मेदवार साहलाई कालोसूचीबाट हटाउन सर्वोच्चको आदेश, मात्रिका यादवको विजयी प्रमाणपत्र खोसिन सक्ने बिहीबार, फागुन २८, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्