Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

महासमितिपछिको कांग्रेस-६ : वृद्ध नेताकै वर्चस्व, युवाको स्थान कहाँ?

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  १५:३१
1140x725

काठमाडौं- माउपार्टीका लागि नेता जन्माउने ‘कारखाना’का रुपमा लिइन्छ, युवा संगठनलाई। अहिलेको अवस्था सन्तोषजनक नभए पनि विगतमा ती युवा संगठनबाट नै स्थापित हुने नेताहरुको सूची कांग्रेसमा लामै छ। 

शेरबहादुर देउवा, विमलेन्द्र निधि, बलबहादुर केसी, बालकृष्ण खाँड, एनपी साउद, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामशरण महत, प्रकाशशरण महत, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, विश्वप्रकाश शर्मा, गगन थापा लगायतका नेताहरु नेपाल विद्यार्थी संघबाटै स्थापित भएका हुन्। उनीहरुमध्ये नेविसंघका कोही अध्यक्ष थिए भने कोही महासचिव। 

त्यस्तै, सुरेन्द्र पाण्डे, महेन्द्र यादव, उदय शमशेर राणा, शंकर भण्डारी लगायतका नेताहरु अर्को युवा संगठन तरुण दलबाटै स्थापित भएका हुन्। 

विशेषगरी संघर्षका बेला युवा संगठनमा स्थापित भएर माउपार्टीमा गए पनि अहिले भने त्यस्तो अवस्था छैन। तर, युवा संगठनका नेताहरु भने कांग्रेसले आफूहरुलाई अहिले पनि प्राथमिकता दिएको दाबी गर्छन्। 

अहिलेको कांग्रेस केन्द्रीय कार्यसमितिमा ५२ प्रतिशत युवाको प्रतिनिधित्व रहेको दाबी गर्दै नेविसंघमा अध्यक्ष नैनसिंह महर युवाले प्राथमिकता पाएको बताउँछन्। ‘पार्टीको भर्खरै सकिएको महासमिति बैठकले युवाका लागि ढोका खोलिदिएको छ,’ उनको भनाइ छ, काम गरी खाने युवालाई कांग्रेसमा अवसरैअवसर छन्। कोही युवा नेता केन्द्रमा पुगेका छन्। कोही पार्टीको गाउँ तहमा काम गरिरहेका छन्।’

तरुण दलका महासचिव भूपेन्द्रजंग शाही पनि कांग्रेस पार्टीभित्र तरुणहरुको प्रभाव रहेको दाबी गर्छन्। ‘पार्टीभित्र दरुण दलको प्रभाव राम्रै देखिन्छ,’ उनको भनाइ छ, ‘पार्टीको महासमिति, क्षेत्रीय सभापति लगायतमा पनि बाक्लै उपस्थिति छ।’ उनले अब कांग्रेसको केन्द्रीय समिति बढाउन लागिएको भन्दै त्यसले पनि युवाको प्रतिनिधित्व बढाउने दाबी गरे। 

उनीहरुले यसो भनिरहँदा दुईपटक कार्यकाल थपिँदा पनि भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन अन्योलमा छ। विघटन वा तदर्थ समितिबाट सञ्चालित हुने निश्चित छैन। पुस १४ गते अर्घाखाँचीबाट संघको जिल्ला अधिवेशन सुरु भएकोमा हालसम्म १६ जिल्लाको मात्रै अधिवेशन सकिएको छ। पछिल्लो पटक निर्धारित कार्यतालिका अनुसार शनिबार (पुस २८) देखि १२औं महाधिवेसनको कार्यतालिका निर्धारण गरिएको छ। 

युवाको कांग्रेस रोजाइ
एउटा तन्नेरी किन कांग्रेस बन्ने? किन कांग्रेस रोज्ने? यो प्रश्न जति स्पष्ट छ, जवाफ भने त्यति नै ‘क्लिस्ट’ छ। 

Ncell 2
Ncell 2
nimb
nimb

महासमिति बैठकपछि आफूलाई निखारेर आएको भनिएको नेपाली कांग्रेस सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भन्दा तुलनात्मक रुपमा सानो भए पनि संसद्को प्रमुख प्रतिपक्षी दल हो। यसअघि कैयौं पटक सत्ता सम्हालिसकेको कांग्रेस अहिले पनि ३३ प्रतिशत मतदाताको पार्टी हो। त्यसैले कांग्रेस अहिले पनि बेवास्ता गर्न नसकिने ‘पोजिसन’मा छ। 

त्यसको स्वाभाविक अर्थ हो, युवा पनि कांग्रेसमा हुनु। र, स्वाभाविक प्रश्न पनि हो– एउटा युवा किन कांग्रेस बन्ने?

यही प्रश्न माउपार्टी कांग्रेसका दुई नेता र उसका दुई भ्रातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलका एकएक नेतालाई सोधियो। 

Xtrem

Xtrem

चारैजनाबाट प्राप्त जवाफको सारसंक्षेप थियो–कांग्रेस प्रजातान्त्रिक पार्टी हुनु र प्रजातन्त्रकै लागि स्थापनाकालदेखि लड्नु, प्रायः आन्दोलनको नेतृत्वकर्ता हुनु र सत्तासीन नेकपा सरकारले काम गर्न नसक्नु।

के यत्तिले मात्रै अहिलेका तन्नेरी कांग्रेसतर्फ आकर्षित हुन्छन्? 

अझै अतीत रोज्ने बाध्यता
चार नेताको जवाफले युवा आकर्षित गर्ने कांग्रेसको अहिलेको एजेन्डा के हो भन्ने प्रस्ट पार्दैन। तर, अझै पनि अतीत हेरेर कांग्रेस रोज्नुपर्ने बाध्यता युवालाई छ। 

कांग्रेसका प्रवक्तासमेत रहेका नेता विश्वप्रकाश शर्माका अनुसार तन्नेरीहरुले कांग्रेस विशेषगरी 'डेमेक्रेसी र डेभलमेन्ट’का लागि रोज्नुपर्छ। ‘तन्नेरीहरु स्वतन्त्रता र स्वाधीनता रुचाउँछन्,’ शर्माको भनाइ छ, ‘त्यो डेमेक्रेसी र डेभलपमेन्टबाटै प्राप्त हुन्छ। त्यसका लागि पनि उनीहरुको रोजाइ कांग्रेस हुन्छ।’

दुई तिहाइ मतसहित आएको कम्युनिस्ट सरकारले अनियमितता गरेको र विकासमा नयाँ मोडेल दिन नसक्नु पनि युवाले कांग्रेस रोज्ने अर्को आधार भएको उनको भनाइ छ। ‘अहिले दुई तिहाइको कम्युनिस्ट सरकार छ,’ नेता शर्मा तर्क गर्छन्, ‘तर, उनीहरुले विकासका सन्दर्भमा नयाँ मोडेल दिन सकेनन्। बूढीगण्डकी जलविद्युत आयोजना बिनाप्रतिस्पर्धा चीनलाई दिने निर्णय गर्‍यो। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि विवाद उत्पन्न भएको छ।’

कांग्रेसकै अर्का नेता चन्द्र भण्डारी नेपालका कुनै पनि पार्टीले उचित ढंगले काम गर्न नसकेको बताउँछन्। उनी पनि कांग्रेसको गौरवमय इतिहास र अहिलेको कम्युनिस्ट सरकारले सुस्ततालाई  नै युवाले कांग्रेस रोज्नुपर्ने आधारका रुपमा प्रस्तुत गर्छन्। नेता भण्डारी तर्क गर्छन्, ‘राष्ट्रियताको नाममा दुई तिहाईसहित कम्युनिस्ट आए। जनतालाई सपना देखाए। समस्या समाधान त टाढाको कुरा भयो। उनीहरु स्रोत कब्जा गर्ने र भ्रष्टाचार गर्ने कुरामा मात्र लागे।’

माउपार्टीका नेताहरुको झैं तर्क छ, कांग्रेसका युवा भ्रातृ संगठनका नेताहरुको पनि। नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर भन्छन्, ‘प्रजातान्त्रिक पार्टी हो, कांग्रेस। राणा शासनविरुद्ध लड्यो, पञ्चायतविरुद्ध लड्यो। गणतन्त्र पनि कांग्रेसले नै ल्यायो। संविधान पनि कांग्रेसकै नेतृत्वमा बन्यो।’ 

पार्टीको भर्खरै सकिएको महासमितिले समावेशितालाई अंगीकार गरेको र त्यसबाट पनि युवा प्रतिनिधित्व पार्टीमा बढ्ने तर्क उनको छ। ‘पार्टीको भर्खरै सकिएको महासमिति बैठकले युवाका लागि ढोका खोलिदिएको छ,’ नेता महरको भनाइ छ, ‘समावेशी चरित्रलाई संविधानको भावना अनुसार आत्मसात गरेको छ। सात वटा क्लस्टर छुट्टाइएको छ। खुल्ला रुपमा आउने युवा  लागि पनि अवसर छँदैछ।’ 

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीको तर्क पनि अरु नेताको भन्दा खासै फरक छैन। ‘कांग्रेस हिजोदेखि नै लोकतन्त्रका लागि लड्दै आएको हो,’ उनको भनाइ छ, ‘जति पनि आन्दोलन, क्रान्ति भए ती सबैको नेतृत्व कांग्रेसले गरेको हो। कम्युनिस्टहरुमा गैरजिम्मेवारीपना देखिन्छ। भोलिको भविष्यका लागि पनि कांग्रेस रोज्नुपर्छ।’

शिक्षा, स्वाथ्य क्षेत्रमा कांग्रेसकै कारण परिवर्तन भएको दाबी गर्दै शाही अब युवालाई रोजगारीको आवश्यकता रहेको र त्यो पनि कांग्रेसले नै पूरा गर्न सक्ने बताउँछन्। 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि युवाले कांग्रेस रोज्नु पर्दा वर्तमानभन्दा विगत नै हेर्नुपर्ने अवस्था रहेको बताउँछन्। ‘कांग्रेसको आधारभूत मूल्य नै स्वतन्त्रता हो,’ उनको भनाइ छ, ‘त्यसमा व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत सम्पति हुने स्वतन्त्रता, वाक स्वतन्त्रता लगायत पर्छन्। ती स्वतन्त्रता ग्यारेन्टी गर्ने सवालमा कांग्रेस जत्तिको अर्को पार्टी छैन। यो आधारमा अहिलेका तन्नेरीले कांग्रेसलाई ‘इन्टरटेन’ गर्छन्।’

विकल्प नहुँदाको विकल्प
वैकल्पिक राजनीतिक शक्तिको उदय नेपालमा हुन नसक्दा कांग्रेस वा कम्युनिस्टमध्ये एक रोज्नुपर्ने बाध्यता युवालाई भएको स्वयं कांग्रेसकै नेता पनि स्वीकार गर्छन्। नेता भण्डारी भन्छन्, ‘चाहेर वा नचाहेर कांग्रेसको विकल्प छैन। अन्य  वैकल्पिक शक्ति आएको भए  रोज्ने अवसर युवालाई हुन्थ्यो होला। तर, नेपालमा अन्त जस्तो वैकल्पिक शक्ति आउनै सकेनन्।’ 

राजनीतिक विश्लेषक आचार्य कांग्रेसले युवालाई आकर्षित गर्ने एजेन्डा ल्याउन नै नसकेको बताउँछन्। ‘कांग्रेस पटक–पटक सरकारमा गएको छ तर ‘डेलिभर’ दिन सकेन,’ उनी भन्छन्, ‘ तन्नेरीलाई आकर्षित गर्ने एजेन्डा कांग्रेसले खासै ल्याउन सकेको छैन।’ उनी कांग्रेसले आफ्ना केही एजेन्डाका बारेमा पनि सोच्नुपर्ने सुझाउँछन्। भन्छन्, ‘शिक्षा सुधारमा कांग्रेसले के गर्यो? अधिकांश युवा सार्वजनिक विद्यालयमा पढ्ने छन्। उनीहरुले कांग्रेस किन रोज्ने?’

नेता भण्डारी आफूहरु रामशरण महतले भित्र्याएको उदार आर्थिक नीतिमा केही सुधार गर्नुपर्ने पक्षमा रहेको र त्यो पार्टीमा उठाएको बताउँछन्। उनी भन्छन्, ‘हामीले  महतजीलाई पनि भनेका थियौं– सामाजिक एक्टिभिटिजमा हाम्रो नीति अलि कमजोर भयो कि? शिक्षा, स्वास्थ्यका बारेमा केही सोच्नुपर्छ कि?’

नेता शर्मा भने महासमिति बैठकले आर्थिक कार्यदिशा पनि ल्याएको र त्यसले युवालाई समेत समेट्ने दाबी गर्छन्। महासमिति बैठकले कांग्रेसका आर्थिक नीतिका पाँच वटा प्राथमिकता तोकेको उनको भनाइ छ। उच्च उत्पादकत्वमा आधारित दिगो र फराकिलो आर्थिक वृद्धि, समतामूलक लोककल्याणकारी राज्य, रोजगारमुखी युवा–केन्द्रित उद्यमशीलता, सार्थक वित्तीय संघीयता र सदाचारयुक्त आर्थिक सुशासन। 

वृद्ध नेताकै वर्चस्व
कांग्रेसका पदाधिकारीमध्ये अधिकांश ६० वर्ष माथिका छन्। सरकारी मापदण्ड अनुसार उनीहरु वृद्ध नेता हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा अहिले ७२ वर्षका भए। वरिष्ठ नेता रामचन्द्र पौडेल, देउवाभन्दा दुई वर्ष जेठा हुन्। उनी अहिले ७४ वर्षका भए। त्यस्तै उपसभापति विमलेन्द्र निधि ६२ वर्षका भए भने महामन्त्री डा शशांक कोइराला ६० वर्षका। 

तर, कांग्रेसमै युवाले पार्टी हाँकेको इतिहास पनि छ। कांग्रेसका संस्थापक नेताहरुमध्येका एक बिपी कोइराला ३५ वर्षमा पार्टी सभापति बनेका थिए र ४३ वर्षमा प्रधानमन्त्री बने।

कांग्रेस नेता प्रदीप गिरि मुख्य नेतृत्वमा पाका नेताहरु मात्रै रहनुलाई ‘वृद्धतन्त्र’ भन्छन्। ‘कांग्रेस–नेकपा लागयतका दलमा के मान्यता छ भने जो उमेरले सबैभन्दा ठूलो हुन्छ त्यही नेता,’ राजधानीमा भएको एक कार्यक्रममा उनको उनको टिप्पणी थियो, ‘वृद्धतन्त्र हो त्यो त। जो बूढो त्यही जानकार, त्यही ज्ञानी।’ 

उनी आर्यघाट नजाउन्जेल कसैले पद नछाड्ने संस्कार रहेको भन्दै यसलाई जिम्मेवारी बोध नभएको रुपमा अर्थ्याउँछन्। ‘यहाँ आर्यघाट नजाउन्जेल कसैले पद छोड्छ?’ उनको भनाइ छ, ‘मुख्य कुरा जिम्मेवारी हो। मेरो पालामा पार्टीले हार्यो, म छोड्छु। मेरो पालामा सरकार गुम्यो म छोड्छु भन्ने जिम्मेवारीबोध।’

नेता गिरि युवालाई यसविरुद्ध अटेरी हुन पनि सुझाउँछन्, ‘त्यसको उदेश्यमै लेख्नुपर्यो–अटेरी परो धर्म।  हामीले बाबुलाई पनि टेर्नुपर्ने, आमालाई पनि टेर्नुपर्ने, गुरुलाई पनि टेर्नुपर्ने। अब अवज्ञा समाज बनाउनूहोस् युवाहरुले।’

युवा नेता चन्द्र भण्डारी आफूहरुले बूढा नेताहरुलाई विस्थापित गर्न नसकेको स्वीकार गर्छन्। भन्छन्, ‘अहिलेकै नेताबाट केही हुन्छ भन्ने आस पनि छैन।’

विश्लेषक आचार्य भने कांग्रेसमा युवा नेता नै भएको र भएका नेता पनि युवालाई आकिर्षत गर्ने खालको नभएको टिप्पणी गर्छन्। ‘कांग्रेस नेतृत्वमा युवा छैनन्, युवालाई आकर्षित गर्ने नेता हुनुपर्यो,' उनी भन्छन्, 'प्रदेशहरुको नेतृत्व युवालाई दिन सकिन्छ।’

कांग्रेस प्रवक्ता शर्माको भने फरक मत छ। उनी  ‘एज’ ले नभई ‘एजेन्डा’ले नेतृत्व गर्नुपर्ने मत राख्छन्। युवाले आफ्नो योग्यता पस्किएर नेतृत्वको दाबी गर्नुपर्ने उनको भनाइ छ। ‘युवाले आफूलाई योग्यताका साथ प्रस्तुत गर्नुपर्यो,’ उनको धारणा छ, ‘ समस्या पहिल्याउने मात्रै होइन, समाधान पनि दिन सक्ने गरी आउनुपर्यो। प्रश्न उठाउने मात्रै होइन उत्तर दिने गरी हामी आउन सक्नुपर्‍यो।’ 

११औं अधिवेशनले पारित गरेको ३२ वर्ष भन्दामाथिको व्यक्ति संघको सदस्य नहुने विधान लागू गर्न खोज्दा कांग्रेस नेताहरुले नै त्यसमा हस्तक्षेप गरे र अधिवेशन अन्योलमा पुग्यो।

कांग्रेसमा युवाको उपस्थिति महत्वपूर्ण हुने बताउँदै उनी महासमितिले पारित गरेको विधानले युवालाइ नेतृत्वमा आउन ढोका खोलिदिएको दाबी गर्छन्। ‘अहिले हरेक वडाबाट १३ जना क्षेत्रीय प्रतिनिधि बन्छन्। युवालाई नै भनेर डिमार्केसन नगरिएको भए पनि त्यसमा युवाको प्रतिनिधित्व बढ्छ। केन्द्रीय कार्यसमिति १६७ हुँदा पनि स्वत: युवाको संख्या बढ्छ।’

कांग्रेस केन्द्रीय कार्यसमितिमा अहिले पनि ५२ प्रतिशत युवा रहेको उनको भनाइ छ। तर, १६ वर्षदेखि ४० वर्षसम्मको उमेर समूहलाई युवा मान्दा शर्माले भनेको जस्तो ५२ प्रतिशत पुग्ने अवस्था भने छैन। 

कांग्रेसमा पाका नेतालाई समेत युवा नेताको कोटीमा राख्ने प्रचलन छ। 

जहिल्यै ‘प्यारालाइज्ड’ युवा संगठन
नेविसंघ र तरुण दल कांग्रेसमा मुख्य युवा भ्रातृ संगठन हुन्। बिपी कोइरालाको मूल प्रेरणामा २०१० कात्तिक १० गते गठन तरुण दल गठन भयो भने २०२७ बैसाख ६ गते नेपाल विद्यार्थी संघ गठन भयो। 

तर, लोकतान्त्रिक पार्टी भनिएको कांग्रेसले जहिल्यै यी संगठनलाई ‘प्यारालाइज्ड’ अवस्थामा राखेको छ। आआफ्नो स्वार्थसिद्ध गराउन हुन लागेको अधिवेशनमा माउ पार्टीका नेताबाट पटक–पटक हस्तेक्ष भएको छ। जसको परिणाम जहिल्यै तदर्थ  समितिबाट संगठन चलाउनुपर्ने र संगठनमा नेताहरुको ‘ग्रुमिङ’ नहुने अवस्था छ। 

१८ देखि ४५ वर्षसम्मका मात्रै सदस्य हुन पाइने तरुण दलको अधिवेशन आन्तरिक विवादकाबीच एक दशकपछि २७ कात्तिक  २०७३ मा पोखरामा सम्पन्न भयो। अधिवेनशले नयाँ नेतृत्व छानेपछि संगठनले अहिले  केही  जीवन्तता पाएको छ। 

नेविसंघमा पनि झन्डै एकदशकदेखि नै अधिवेशन हुन पाएको छैन। ११औं अधिवेशनले पारित गरेको ३२ वर्ष भन्दामाथिको व्यक्ति संघको सदस्य नहुने विधान लागू गर्न खोज्दा कांग्रेस नेताहरुले नै त्यसमा हस्तक्षेप गरे र अधिवेशन अन्योलमा पुग्यो।

कांग्रेसका नेताहरुको स्वार्थ एकापसमा बाझिदा ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा चर्काचर्की भएको थियो।

संघको उमेर हदलाई स्वीकृत गर्ने केन्द्रीय कार्यसमिति बैक विरुद्ध पार्टी सभापति देउवाइतर समूहका प्रभावशाली नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट नै लेखे। 

यो अवस्थालाई महासमिति बैठकमा राखेको राजनीतिक प्रतिवेदनमा उपसभापति विमलेन्द्र निधिले पनि इंगित गरेका छन्। उनले राखेको प्रतिवेदनमा भनिएको छ– ‘कतिपय भ्रातृ संघहरुको अधिवेशन समयमा हुन नसक्दा संगठन विस्तार र नेतृत्व विकासमा गम्भीर अवरोध उत्पन्न भएको तथ्यलाई मनन् गरी उनीहरुको परिचालन र सुदृढीकरणका लागि समयसीमा भित्र अधिवेशन गराई व्यवस्थित गरिनेछ र नियमित प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्न प्रेरित गरिनेछ।’

‘धैरे युवा विदेश गएका छन्। विदेशमा रहेका लाखौं युवालाई कांग्रेसले बेवास्ता गरिरहेको छ। उनीहरुले भोट हाल्न पाउँदैनन्। त्यसका लागि कांग्रेसले पहल गर्न सकेको छैन।’ 

पटकपटक सरेको नेविसंघको १२औं महाधिवेशनका लागि कार्यतालिका (पुस २८ देखि) पनि निकालिएको थियो। विघटन वा तदर्थ समितिबाट संघलाई जीवन प्रदान गर्ने विषयमा पार्टी र संघमै विवाद छ।

अधिवेशन रोकिने अन्य कारण नभएको उल्लेख गर्दै अध्यक्ष महरले चिसोका कारण प्रभावित भए एक/दुई साताका लागि अधिवेशन पछि सर्न सक्ने बताए। ‘केही जिल्लामा चिसो अत्यधिक चिसो बढेको छ,’ उनले भने, ‘चिसो बढेका कारण जिल्ला अधिवेशन हुन नसके एक/दुई हप्ताका लागि केन्द्रीय अधिवेशन सर्न सक्छ।’

बेवास्तामा विदेसिएका युवा
अनौपचारिक तथ्यांक अनुसार नेपालबाट हरेक वर्ष करिब चार लाख युवा रोजगारीको सिलसिलामा बाहिरिन्छन्। नेपालमा १६ देखि ४० वर्षसम्मको उमेर समूहलाई युवा भनिन्छ। २०६८ सालगको जनगणना अनुसार त्यो संख्या ३८.८५ प्रतिशत छ। अनौपचारिक तथ्यांकमै करिब ४० लाख नेपाली युवा अहिले विदेशमा छन्। 

राजनीतिक विश्लेषक आचार्य विदेसिएका ती युवासँग कांग्रेस जोडिन नसकेको र उनीहरुको मताधिकारबारे पहल गर्न नसकेको बताउँछन्।  ‘खासमा तन्नेरी कांग्रेसमा छैनन्,’ उनी भन्छन्, ‘धैरे युवा विदेश गएका छन्। विदेशमा रहेका लाखौं युवालाई कांग्रेसले बेवास्ता गरिरहेको छ। उनीहरुले भोट हाल्न पाउँदैनन्। त्यसका लागि कांग्रेसले पहल गर्न सकेको छैन।’ 
कांग्रेस जनसम्पर्क समितिहरु मार्फत विदेसिएका नेपालीसँग जोडिने गरेको छ। युवा लक्षित विशेष संगठन नभए पनि ती समितिमार्फत नै कांग्रेसले युवालाई आफूमा गोलबद्ध गर्ने प्रयास गरेको देखिन्छ। 

विश्लेषक आचार्यले भनेझैं विदेसिएका नेपाली युवाले चुनावमा मतदान गर्न पाएका छैनन्। पछिल्लो समय सर्वोच्च अदालतले विदेशमा रहेका नेपालीलाई मतदानको  व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरेपछि कांग्रेसले यो विषयलाई केही उठाएजस्तो देखिन्छ। महासमिति बैठकमा पनि यसबारे केही उल्लेख गरिएको छ। 

‘विदेशमा बस्ने नेपालीहरुको नेपालमा मताधिकारको व्यवस्था गर्नुपर्छ भन्ने माग उठाउने कामको नेतृत्व नेपाली कांग्रेसले नै गरेको हो,’ उपसभापति निधिले महासमिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘अहिले सम्माननीय सर्वोच्च अदालतले सो सम्बन्धी व्यवस्था गर्न सरकारको नाममा आदेश जारी गरिसकेको छ। तर वर्तमान सरकार त्यस सम्बन्धी कानुन, नियम, कार्यविधि र प्रक्रिया बनाउन अग्रसर देखिन्न।’

उक्त प्रतिवेदनमा थप भनिएको छ– ‘नेपाली कांग्रेसले यस विषयमा अग्रसरता लिँदै आगामी चुनावमा विदेशमा बस्ने नेपालीहरुको मतदानको हक सुरक्षित गर्न प्रयत्न गर्नेछ।’

कांग्रेसका युवाले इतिहासमा गौरव गरेर मात्रै बस्नु पर्दैन
विश्वप्रकाश शर्मा, कांग्रेस प्रवक्ता

तन्नेरीहरुले विशेषगरी कांग्रेस ‘डेमेक्रेसी’ र डेभलपमेन्ट’का लागि  रोज्नुनपर्छ। तन्नेरीहरु स्वतन्त्रता र स्वाधीनता रुचाउँछन्। कांग्रेसमा युवाको उपस्थिति महत्वपूर्ण हुन्छ। अहिलेको विधानले त्यसमा ढोका खोलिदिएको छ। अहिले हरेक वडाबाट १३ जना क्षेत्रीय प्रतिनिधि बन्छन्। युवालाई नै भनेर फोकस नगरिएको भए पनि त्यसमा युवाको प्रतिनिधित्व बढ्छ। केन्द्रीय कार्यसमिति १६७ हुँदा पनि स्वत: युवाको संख्या बढ्छ। 

युवाले आफूलाई योग्यताका समाधान पनि दिन सक्ने गरी आउनुपर्‍यो। प्रश्न उठाउने मात्रै होइन उत्तर दिने गरी आउनुपर्‍यो।

यो महासमितिबाट हामीले आर्थिक कार्यदिशा पनि ल्याएका छौं। अब कांग्रेसका युवाले गौरवशाली इतिहासमा गौरव गरेर मात्रै बस्नु पर्दैन। वर्तमानमा जिम्मेवार भएर र भविष्य उज्यालो बनाउन सक्छन्। 

युवालाई आकर्षित गर्ने नेतृत्व भएन
पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

युवाहरु खासगरी स्वतन्त्रतमा रमाउँछन्। कांग्रेसको आधारभूत मूल्य नै स्वतन्त्रता हो। त्यसमा व्यक्तिगत स्वतन्त्रता, व्यक्तिगत सम्पति हुने स्वतन्त्रता, वाक स्वतन्त्रता लगायत पर्छन्। त्यस्ता स्वतन्त्रता ग्यारेन्टी गर्ने सवालमा कांग्रेसजत्तिको अर्को पार्टी छैन।

तर, अहिलेका कम्युनिस्ट पनि त्यसमा आइसकेका छन्। अहिलेको नेकपामा पूर्वमाओवादी धार पनि छ। भर्खरै प्रचण्डले ‘ड्याम्म–ड्याम्म’ विकास गर्ने कुरा गरेका छन्। उनको अस्थिर चरित्र छ। त्यसकारण व्यक्तिगत स्वतन्त्रता, सम्पत्ति राख्न पाउने स्वतन्त्रतामा के हुन्छ भन्ने संशय छ। 

पटकपटक सरकारमा गए पनि काग्रेसले ‘डेलिभर’ दिन सकेन। तन्नेरीलाई आकर्षित गर्ने एजेन्डा कांग्रेसले खासै ल्याउन सकेको छैन।


'महासमितिपछिकाे कांग्रेस' सिरिजका अन्य स्टोरी:

महासमितिपछिको कांग्रेस- १ : हार्डवेयर बदल्यो, सफ्टवेयर पुरानै

महासमितिपछिकाे कांग्रेस- २ : हिन्दु राष्ट्र बोक्यो कि छाड्यो? 

महासमितिपछिकाे कांग्रेस- ३ : ‘मास बेस्ड’ पार्टी कि ‘क्याडर बेस्ड’? 

महासमितिपछिको कांग्रेस- ४ : दस्तावेज प्रगतिशील, नेतृत्वबारे प्रश्नचिह्न 

महासमितिपछिको कांग्रेस-५ : आन्तरिक कलहको उपचारमा असफल

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १५:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
कांग्रेस सुधार्न र बदल्न अडिग छु : सभापति थापा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्