• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

चिकित्सा शिक्षा विधेयक : द्रौपदीको सारी फुस्काएपछिको सन्नाटा

64x64
नेपाल लाइभ बिहीबार, पुस २६, २०७५  १३:०७
1140x725

‘चिकित्सा शिक्षा विधेयक प्रतिवेदन द्रौपदीको सारी जस्तो भयो। हामी जति तान्दै जान्छौं, त्यति यो लम्बिँदै जान्छ। द्रौपदीको सारी लम्बिनुमा भगवान कृष्णको भूमिका थियो तर यहाँ के भयो?’

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको पुस २३ गतेको बैठकमा समितिका सदस्य सांसद गजेन्द्र बोहराले राखेको भनाइ हो यो। विधेयकमाथिको छलफल २५औं बैठकमा समेत टुंगिने संकेत नदेखेपछि उनले हैरानी र सन्देहलाई यसरी प्रस्तुत गरेका थिए।

गएको सोमबार चिकित्सा शिक्षा विधेयक पास हुन सकेन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले फरक मत राखेपछि उनलाई समेत सहमतिमा ल्याएर सर्वसम्मत पास गर्ने भन्दै बैठक स्थगित भयो। सोही बैठक पुस २५ अर्थात बुधबार फेरि बस्यो र अन्ततः प्रतिवेदन पास गर्‍यो।

तर, सांसद भैरव बहादुर सिंहको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकले दिएको प्रतिवेदन भन्दा धेरै तलमाथि हुन सकेन। नत सांसद थापाले राखेको फरक मतलाई समेटेर समितिको साझा प्रतिवेदन बनाउने सभापति जयपुरी घर्तीको प्रयास नै सफल भयो।

समिति २३ सदस्यीय हो। तर, स्पष्ट दुई खेमामा विभाजित समितिका सत्ता पक्षधर सांसदले विचारका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईको मुख ताके भने सत्ता बाहिरकाले थापाको। समितिको बैठक यी दुई जुझारु सांसदबीचको ‘वादविवाद प्रतियोगीता’ जस्तो भइरह्यो। अरुले भने बीचबीचमा ‘वक्तृत्वकला’ प्रस्तुत गरे। जसको खास कुनै अर्थ थिएन।

अवरोधक अहम
यही विधेयकका सम्बन्धमा डा गोविन्द केसी यसअघि जुम्ला पुगेर अनसन बसेका थिए। उनको १५औं अनसन सरकारका लागि सकसपूर्ण बन्दै गएपछि सहमतिका मध्यबिन्दू खोजिएको थियो। जसमा डा केसी मात्रै होइन, वर्तमान सरकारसमेत डा केसीकै स्थानमा उभिएको थियो। उक्त सहमतिमा चित्त दुखाउने केही मेडिकल कलेजका साहुहरु थिए, जो मेडिकल शिक्षालाई आफ्नो आर्थिक उन्नतिको माध्यम बनाइरहेका छन्।

यता डा केसीले आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै फेरि अनसन थाल्ने धम्की दिइरहेको समयमै समितिको बैठक चलिरहेको थियो। डा केसीसँगको उक्त सहमति हुबहु कार्यान्वयन हुँदा कसलाई घाटा पुग्छ? यस विषयमा कुनै सांसदले कुनैपनि प्रकारको तर्क प्रस्तुत गरेनन् र गर्न चाहेनन्। बरु सरकार पक्षकै सांसदका रुपमा चिनिएकी एक अञ्जना विशंखेले भनिन्, ‘सरकार र डा केसीको सहमति हुबहु राख्ने हो भने हामी सांसद किन?’

उनले जस्तै अभिव्यक्ति दिने अरु केही सांसद पनि थिए। उनीहरुमा आफूलाई जनताले अरुका कुरामा ‘ल्याप्चे’ लगाउन नपठाएको आशय प्रकट गरिरहेका थिए। खासमा स्पष्ट थियो कि यसरी उनीहरुको ‘अहम’ बोलिरहेको थियो। यही अहमका कारण डा केसीसँग भएको सम्झौताको औचित्य के? त्यसबाट कसलाई फाइदा र कसलाई बेफाइदा पुग्छ? उनीसँग सम्झौता गरेअनुसारनै विधेयक परिमार्जन गर्दा नेपाली जनतालाई के हानि वा के लाभ? यी विषयमा गम्भीर बहस हुन सकेन।

nimb
nimb
Ncell 2
Ncell 2

सत्ता पक्षधर सांसदको यही अहमले अप्ठ्यारोमा फेरि पनि सरकार नै पर्दैछ। किनभने आफ्ना मुद्दालाई स्थापित गरेर छाड्ने डा केसीको अडानका सामु अहिलेसम्म सबै सरकारले घुँडा टेक्नु परेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि डा केसीलाई तेस्रो पटक झेल्दैछ। त्यसकारण पनि डा केसीको अनसनबाट सरकारको लोकप्रियताको सम्भावित क्षयीकरणबारे बालुवाटारलाई थप जानकारी गराइरहनु पर्दैन।

फरक मत गगनको, एजेन्डा डा केसीका?

उपसमितिले प्रतिवेदन बुझाएपछि त्यसमा केही संशोधन गरिनुपर्ने कांग्रेस सांसद गगन थापाको माग थियो। समितिका अधिकांस सांसदले ‘फरक मत’ भनेर थापाले राखेका धारणा प्रतिपक्षी दलको धारणाका रुपमा बुझे। प्रतिवेदनमा सकेसम्म ती धारणाहरुलाई समावेस नगर्नका लागि उनीहरुले अनेक तर्कहरुको सहारा लिइरहे। यहीँनेर सत्तापक्षीय सांसद चुके। तर, ती नेपाली कांग्रेसका सांसद थापाका मात्रै धारणा नभई डा केसीका एजेन्डासँग निकै निकट कुराहरु थिए।

द्रौपदीको सारी फुस्क्यो, अब के?

बहुमतको सरकारसँग शिक्षा तथा स्वास्थ्य समितिमा बहुमत नहुने कुरा भएन। बहुमतबाट विधेयक प्रतिवेदन पास भयो। सांसद बोहराको भाषामा भन्ने हो भने २६औं पटककको बैठकमा ‘द्रौपदीको सारी फुस्क्यो’।

द्रौपदीको सारी फुस्केपछिको लाजले प्रतिपक्ष वा फरक मत राख्नेले मात्रै होइन, त्योभन्दा बढी सरकारी पक्षले आँखा छोप्नुपर्ने स्थिति बनेको छ। सरकारले यसअघि बल्ल–बल्ल सुल्झाएको डा केसीको अनसन यसपल्ट झन् ठूलो गलपासो बन्नेवाला छ। डा केसीले हरेकपल्ट अनसन बस्दा आफ्ना माग विस्तार गर्ने गरेका छन्। यसपल्ट फेरि केही माग थपिएका छन्। जुन यसअघि नै सरकारलाई टाउको दुःखाइ बनिरहेका विषय हुन्।

उपाय थियो, समिति चुक्यो

समितिले पारित गरेको विधेयक प्रतिवेदनले डा केसीले कल्पना गरेका भन्दा बढी ‘समाजवादी’ व्यवस्था पनि गरेको छ, तिनका कार्यान्वयनका बाटा सजिलो नदेखिएपनि।

डा केसीसँग भएको सहमतिअनुसार प्रतिवेदन बनाउन उपसमितिले बुझाएको प्रतिवेदनमा तीन ठाउँमा ‘सामान्य करेक्सन’ गरे मात्रै पुग्थ्यो।

पहिलो, विधेयकको प्रस्तावनामा ‘चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्न बनेको कार्यदलको सुझाव समेत’ समावेस गरेमा पुग्थ्यो। सरकारले डा केसीसँग गरेको सहमतिमा उक्त विषय राख्ने सहमति भएको थियो।

दोस्रो, उपत्यकाबाहिरका आसयपत्र लिएका प्रस्तावित मेडिकल कलेजहरुले हाल भइरहेका विश्वविद्यालयबाट नै सम्बन्धन पाउन सक्ने बाटो खुला राखेर विधेयक पारित भयो। डा केसीसँग सरकारले हालका विश्वविद्यालयले थप मेडिकल कलेजलाई सम्बन्धन नदिने सहमति गरेको थियो। सत्तानिकट दुर्गा प्रसाईंले सञ्चालन गरिरहेको बी एन्ड सी मेडिकल कलेजले सम्बन्धन प्राप्त गर्ने बाटो खोल्नेगरी विधेयकमा उक्त प्रावधान राखिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का सम्बन्धमा डा केसीसँगको सहमतिमा यसअन्तर्गतका प्रविणता प्रमाणपत्र तह (पिसिएल) मुनिका कार्यक्रमलाई ५ वर्षभित्र हटाउने (फेज आउट) उल्लेख छ। तर, समितिले समयसीमा नतोकी सरकारले तोकेबमोजिम क्रमशः ‘फेज आउट’ गर्ने वा स्तरोन्नति गर्ने भन्ने विकल्प राखिएको छ।

प्रतिवेदन कि रणभूमि?

विधेयक प्रतिवेदन पास गर्नुअघि सत्ता पक्षीय सांसदले डा केसीसँग बसेर यी विषयमा अझै साझा मत निर्माण गर्न सक्थे। तर, डा केसीलाई ‘एक व्यक्ति’का रुपमा बुझ्ने सत्तापक्षीय सांसदको अहमले त्यसो गर्न दिएन। आफू डा केसीसँग छलफल गर्न नचाहने उनीहरुले समितिको बैठकमा उपस्थित पत्रकारलाई भनिरहे– डा केसीलाई राम्ररी बुझाइदिनुहोला।

विधेयक प्रतिवेदन चिकित्सा शिक्षाको गुणस्तर, सबैको पहुँच निर्माण र आम नेपालीको अपेक्षालाई केन्द्रमा राखेर तयार हुनुपथ्र्यो। तर, सांसदहरुले यसलाई ‘हारजित’को विषय बनाएको जस्तो छलफलभरी नै देखियो। आ–आफ्ना तर्क स्थापित गर्न उनीहरुले पौंठैजोरी खेलिरहे।

विधेयक प्रतिवेदन पास भइसकेपछि सत्ता पक्षीय सांसदको नेतृत्व गरिरहेका योगेश भट्टराईले त ‘डा केसीको जित’ भएको संज्ञा दिए। ‘आजको दिन डा गोविन्द केसीको पनि जीत भएको दिन हो। सडकबाट होइन, संसदबाट जीत भएको दिन भएको छ। संसदले नै उहाँलाई जिताइदिएको छ। फूलमाला लगाइदिएको छ’, नेता भट्टराईको भनाइ थियो।

फेरि पनि प्रश्न यहीँनेर उठेको छ– चिकित्सा शिक्षा विधेयक प्रतिवेदन कस्तो रणभूमि हो?, जहाँ सत्ता पक्ष, विपक्ष वा डा केसीको हारजित निर्धारण हुन्छ।

सन्देह यहीँनेर छ– चिकित्सा शिक्षा विधेयकलाई किन सरकार, सांसद, प्रतिपक्षी दल वा डा केसीहरु हारजितको सवाल बनाइरहेका छन्?

सवाल यहीँनेर छ– किन यसलाई सामूहिक प्रयासको उत्कृष्ट नतिजा बनाउन खोजिएको छैन?

प्रकाशित मिति: बिहीबार, पुस २६, २०७५  १३:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्