• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाली संस्कृतिमा निकै ठूलो संकट आएको छ

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०७५  २२:२३
1140x725

हाक्पारे नेपालको लोकगीतको एउटा महत्वपूर्ण अंग हो। यसलाई अलि विशिष्टीकरण गरेर लैँजादा यो पूर्वी नेपालको लिम्बू जातिमा विद्यमान एउटा गीति परम्परा हो। 

लिम्बूहरूको लोकगीत र संगीतमा धैरे परिकार त रहेनछन्। तर, जति छन्– धेरै गहकिला र गहिरा छन्। बाजाहरू पनि धेरै रहेनछन्। गाउँमा गाउँदा बाजागाजसँग गाइँदैन।

किन भन्दा अरुलाई सुनाउन त्यो गाइएकै होइन। आफ्नै मनको बह पोख्न अथवा आफूसँगै भएको साथीलाई मात्रै सम्बोधन गरेर गाइने हो। 

टिकट काटेर स्टेजमा गाइने जस्तो होइन रहेछ त्यो। स्टेजमा प्रस्तुत गर्ने एउटा विशिष्ट कला हुन्छ। हाक्पारे गीत आफ्नै लागि गाइने रहेछ। गाउँदै हिँड्दा कसैले सुन्यो भने त्यो बेग्लै कुरा हो।

अहिले हाक्पारे २०/२५ जना केटाकेटी मिलेर गाइरहेका हुन्छन्। यसो हेर्दा सामूहिक रुपमा गाइएको जस्तो लाग्छ, बाहिरबाट हेर्नेलाई। तर, त्यस्तो होइन रहेछ।

एउटा केटीले गीत गाइरहेकी छिन् भने उसले आफ्नो तन्नेरीलाई मात्रै भनिरहेको हुन्छ। अर्काले पनि त्यसै गरिरहेको हुन्छ। आफ्नो कुरा आफ्नो जोडीलाई भनिरहेको हुन्छ।

हामी हेर्दा पो हुलमा एकै ठाउँमा गाएको देख्छौं। उनीहरूले आफ्नै लागि गाउने हो, अरुका लागि होइन रहेछ। 

०००

Ncell 2
Ncell 2
nimb
nimb

यो जीवनको एउटा शैली रहेछ। धेरै प्रकारका गीत छन् होला। तर, हाक्पारे एउटा बडो गम्भीर किसिमको गीत हो। खास गरेर लिम्बू जातिले यो संसारलाई हेर्‍यो होला, सृष्टि कसरी भयो भनेर सम्झियो होला।

सृष्टिको क्रममा मान्छे विकसित भइसकेपछि उसका जीवनमा दुःखदायी घटनाहरू हुन थाले। त्यसलाई पर्गेल्ने कामहरू हुन थाले। र, त्यो जान्नेले आफ्नो अवसर विशेषमा सुनाउन थाल्यो।

त्यसरी सामूहिक रूपमा सुनाउँदा एउटा फाइदा के भयो भने हाम्रो ज्ञान पछिल्लो पुस्ताले पाउने र जीवन कसरी सुखपूर्वक जिउने भन्ने उत्प्रेरणा पनि दिने भयो। 

लिम्बूको ‘पिच्चम’ भने एउटा देउता रहेछ। त्यसलाई रातभरी गीतमात्रै गाएर बस्नुपर्ने, त्यो पनि हाक्पारे। धुप बालेर फलाक्ने होइन। रातभरी गाइराख्नुपर्ने। यसले देखाउँछ, लिम्बू जातिमा गीत–संगीतको परम्परा प्राचीन कालदेखिको हो।

Xtrem

Xtrem

०००

मलाई निकै अघि एकजना महिलाले सोध्नुभयो, ‘हाम्रा गीतहरू किन यति साह्रो विरहलाग्दो छन्? केटाकेटी एकअर्काको हात समाएर गाउँदा त खुसी पो हुनुपर्ने त?’

यो कसरी भयो त? मलाई लाग्छ, यो लिम्बू जातिको जीवन र जगत हेर्ने दृष्टिकोणसँग सम्बन्धित रहेछ।

मान्छेको सृष्टि भइसकेपछि यो कर्म पूरा भयो। तर, एउटा चिजमा सृष्टिकर्तालाई पनि चित्त बुझेनछ। त्यो के भने, मान्छे मरणशील भयो। उसका सारा प्रयत्न निष्फल भए। यो सृष्टिको दुखान्त अवस्थालाई हेरेर लिम्बूहरूले खुसीमा गाइरहेको गीतमा पनि विरह अनि व्यथाको रङ देखिने रहेछ।

यतिको सफलतपछि पनि मान्छे चीर जीवन पाउने प्राणी हुन सकेन। हामी जिन्दगीका लागि जति गर्छाैं, त्यो एक बित्ताको, एक दिनको समयसम्म बाँचेर गर्ने रहेछौँ। यही चेतनाले गर्दा नै लिम्बूहरूको हाक्पारे गीतमा वेदनाका कुरा गाएको होला जस्तो मलाई लाग्यो। 

०००

अहिले रैथाने संगीतको जुन अभियान सुुरु भएको छ, यो खुसीको कुरा हो। विश्वकै इतिहास हामीले हेर्यौं भने सन् १९५० अघि नै 'सर्च फर दि रुट' (जराको खोजी) हुन थाल्यो।

हामीले पछिमात्र आफ्नो पहिचानको खोजी राजनीतिक रुपले गर्न थाल्यौँ। जति छिटो हामी ग्लोबलाइजेसन (विश्वव्यापीकरण) हुन थाल्यौं, उति नै छिटो हामीले लोकलाइजेसन (स्थानीयता)को कुरा  गर्न थाल्यौँ। आफ्नो पहिचानको कुरा गर्न थाल्यौँ। 

अमेरिका अहिले तर्सेको छ। त्यहाँका राष्ट्रपति आफूमात्रै बाँच्नुपर्छ भनेर कराउन थालेका छन्। बेलायतले युरोपेली संघ (इयू)बाट आफूलाई पन्छाएर आफ्नो पहिचान कायम गर्न थालिसक्यो।

हाम्रो पहिचानलाई जुन रफ्तारमा भूमण्डलीकरणले असर गरिरहेको छ, त्यही रफ्तारमा आफू र आफ्नोपनलाई जोगाउन हामी सतर्क भएर अघि बढ्न आवश्यक छ। 

संगीतमा पनि रैथानेपन जोगाउन हामी सर्तक हुनुपर्छ। नेपाली संस्कृतिमा अहिले निकै ठूलो संकट आएको छ। अहिले कलाकार, साहित्यकार सतर्क भएर त्यसमा लागेका छन्। 

हामी आफ्नै भाषामा गीत त गाइरहेका छौं। ‘मैले मेरो भाषामा गाएँ, मौलिकता बचाएँ’ भनेर मक्ख परिरहेका छौँ। त्यो साँच्चिकै हो, कि होइन? हामीले जान्नु आवश्यक छ। 

नवीन सुब्बा (सिनेकर्मी)ले एउटा अन्तर्वार्तामा भनेका रहेछन्, ‘एकचोटी नेपाली सिनेमालाई हिन्दीमा अनुवाद गर्दिउँ त, त्यो नेपाली हो कि हिन्दी हो? अनि यथार्थ छुट्टिन्छ।’

हिन्दीमा अनुवाद गर्दा सारा दृश्य, संवाद, कलाकौशल नै हिन्दीको जस्तो भयो भने त्यो हाम्रो कसरी हुन्छ? यो चिन्ता नवीनहरूले वैकल्पिक सिनेमाको अभियान जतिबेला थाले, त्यति बेलादेखि नै प्रकट भयो।

झुमा (गायिका झुमा लिम्बू)ले एक ठाउँमा राम्रो कुरा उठान गर्नुभएको रहेछ। उहाँले भन्नुभएको छ,‘मैले बाहिर जाँदा आफ्नो मातृभाषामा गीत गाएको कस्तो राम्रो भएको छ भन्ने ठानेको थिएँ।

तर, मलाई सोधियो, 'तिम्रो मातृभाषाको गीत मातृभाषामा मात्रै छ कि गीतभित्र तिम्रो जातिको रीति, परम्परा पनि प्रतिबिम्बित छ?' त्यो प्रश्नले म छक्क परेँ।

रैथाने संगीतले प्रतिनिधित्व गर्नुपने त्यो चिज हो। यो चिजको अभावमा हामीले जति फुर्ति लगाए पनि मनोरञ्जनको साधन त हुन्छ। तर, त्यसमा निहित रैथानेपन शून्य हुन्छ। 

०००

हामीले अरुका कुरा सिक्नुहुँदैन भन्ने होइन। म पनि परम्पराविरुद्ध कविता लेखेर उठेँ। यो परम्परा भनेको थोत्रे चिज हो भनेर कराएँ। एकछिन फुर्ति लगाएँ। 

एकदिन मैले साहित्यकार इन्द्रबहादुर राईलाई सोधेँ, ‘हामी यसरी चम्केको साँच्चै परम्परा त्यागेरै चम्केको हो?’ 

उहाँले भन्नुभयो, ‘कुरा त ठीकै हो। तर, खोला छङछङ बग्दै आउँछ। पानीको थोपा उछिट्टिन्छ। त्यसमा इन्द्रेणी देखिन्छ। सबैले मन पराउँछन्। उछिट्टिएको पानी एक ठाउँमा त खस्नुपर्छ। त्यो थोपा ढुंगामा खस्छ। तर, कतिन्जेल रहन्छ त्यहाँ पानी? घाम चर्को लागेपछि त सुक्छ। नसुक्नका लागि त्यही खोलामा पस्नुपर्छ।’

जतिसुकै हामीले क्रान्तिको कुरा गरे पनि हामी हाम्रो परम्पराभित्र सम्मिलित हुन सकेनौँ, परम्परालाई नयाँपन दिन सकेनौं भने हाम्रो नयाँपनका लागि गरिएको आग्रह फजुल भएर जान्छ।

हामी क्रान्ति गर्छौं, विद्रोह गर्छौं। अन्ततः हामी राम्रो परम्पराको गुणमा आवद्ध भएर जानुपर्छ।

हामीले संसारका नयाँ कुरा सुनौंला। पहिले हामीले हिप्पीहरू सुन्यौं। तर, अहिले आएर हामीले झन्डै १५/२० वर्षयताका कुरा सुन्यौँ भने सबै आधुनिक र अति-आधुनिक गीतले पनि आफू जीवन्त र लोकप्रिय हुनका लागि लोकलयलाई माध्यम बनाएको छ, उपयोग गरेको छ।

अन्ततः बचाउने चिज त यो रहेछ। लोकलय भनेको परम्पराको कुरा रहेछ। यसभित्रको राम्रो कुरालाई हाम्रो मौलिकता जोगाउनमा संगीतकर्मीहरूको ठूलो योगदान छ। 

(रैथाने संगीत समूहले मंगलबार राजधानीकाे शिल्पी थियटरमा आयोजना गरेको हाक्पारे गायन प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रममा कवि तथा मुन्धुमविद् काइँलाले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश। तस्बिर : गणेशकुमार राई)

प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  २२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु
सेयर बजारमा ९.६२ अङ्कको गिरावट
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो
सम्बन्धित सामग्री
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट मंगलबार, असोज १३, २०८३
वर्षाले सिमकोट-हिल्सा सडकखण्ड अवरुद्ध, कल्भर्ट बगायो मंगलबार, असोज १३, २०८३
संसदीय विशेष समिति सभापतिमा पराजुलीको उम्मेदवारी मंगलबार, असोज १३, २०८३
राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय ‘सेनाको अंग नबनोस्’ : सांसद दुलाल मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्