• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन १५, २०८३ Fri, Jul 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाली संस्कृतिमा निकै ठूलो संकट आएको छ

64x64
नेपाल लाइभ मंगलबार, पुस २४, २०७५  २२:२३
1140x725

हाक्पारे नेपालको लोकगीतको एउटा महत्वपूर्ण अंग हो। यसलाई अलि विशिष्टीकरण गरेर लैँजादा यो पूर्वी नेपालको लिम्बू जातिमा विद्यमान एउटा गीति परम्परा हो। 

लिम्बूहरूको लोकगीत र संगीतमा धैरे परिकार त रहेनछन्। तर, जति छन्– धेरै गहकिला र गहिरा छन्। बाजाहरू पनि धेरै रहेनछन्। गाउँमा गाउँदा बाजागाजसँग गाइँदैन।

किन भन्दा अरुलाई सुनाउन त्यो गाइएकै होइन। आफ्नै मनको बह पोख्न अथवा आफूसँगै भएको साथीलाई मात्रै सम्बोधन गरेर गाइने हो। 

टिकट काटेर स्टेजमा गाइने जस्तो होइन रहेछ त्यो। स्टेजमा प्रस्तुत गर्ने एउटा विशिष्ट कला हुन्छ। हाक्पारे गीत आफ्नै लागि गाइने रहेछ। गाउँदै हिँड्दा कसैले सुन्यो भने त्यो बेग्लै कुरा हो।

अहिले हाक्पारे २०/२५ जना केटाकेटी मिलेर गाइरहेका हुन्छन्। यसो हेर्दा सामूहिक रुपमा गाइएको जस्तो लाग्छ, बाहिरबाट हेर्नेलाई। तर, त्यस्तो होइन रहेछ।

एउटा केटीले गीत गाइरहेकी छिन् भने उसले आफ्नो तन्नेरीलाई मात्रै भनिरहेको हुन्छ। अर्काले पनि त्यसै गरिरहेको हुन्छ। आफ्नो कुरा आफ्नो जोडीलाई भनिरहेको हुन्छ।

हामी हेर्दा पो हुलमा एकै ठाउँमा गाएको देख्छौं। उनीहरूले आफ्नै लागि गाउने हो, अरुका लागि होइन रहेछ। 

०००

nimb
nimb
Ncell 2
Ncell 2

यो जीवनको एउटा शैली रहेछ। धेरै प्रकारका गीत छन् होला। तर, हाक्पारे एउटा बडो गम्भीर किसिमको गीत हो। खास गरेर लिम्बू जातिले यो संसारलाई हेर्‍यो होला, सृष्टि कसरी भयो भनेर सम्झियो होला।

सृष्टिको क्रममा मान्छे विकसित भइसकेपछि उसका जीवनमा दुःखदायी घटनाहरू हुन थाले। त्यसलाई पर्गेल्ने कामहरू हुन थाले। र, त्यो जान्नेले आफ्नो अवसर विशेषमा सुनाउन थाल्यो।

त्यसरी सामूहिक रूपमा सुनाउँदा एउटा फाइदा के भयो भने हाम्रो ज्ञान पछिल्लो पुस्ताले पाउने र जीवन कसरी सुखपूर्वक जिउने भन्ने उत्प्रेरणा पनि दिने भयो। 

लिम्बूको ‘पिच्चम’ भने एउटा देउता रहेछ। त्यसलाई रातभरी गीतमात्रै गाएर बस्नुपर्ने, त्यो पनि हाक्पारे। धुप बालेर फलाक्ने होइन। रातभरी गाइराख्नुपर्ने। यसले देखाउँछ, लिम्बू जातिमा गीत–संगीतको परम्परा प्राचीन कालदेखिको हो।

०००

मलाई निकै अघि एकजना महिलाले सोध्नुभयो, ‘हाम्रा गीतहरू किन यति साह्रो विरहलाग्दो छन्? केटाकेटी एकअर्काको हात समाएर गाउँदा त खुसी पो हुनुपर्ने त?’

यो कसरी भयो त? मलाई लाग्छ, यो लिम्बू जातिको जीवन र जगत हेर्ने दृष्टिकोणसँग सम्बन्धित रहेछ।

मान्छेको सृष्टि भइसकेपछि यो कर्म पूरा भयो। तर, एउटा चिजमा सृष्टिकर्तालाई पनि चित्त बुझेनछ। त्यो के भने, मान्छे मरणशील भयो। उसका सारा प्रयत्न निष्फल भए। यो सृष्टिको दुखान्त अवस्थालाई हेरेर लिम्बूहरूले खुसीमा गाइरहेको गीतमा पनि विरह अनि व्यथाको रङ देखिने रहेछ।

यतिको सफलतपछि पनि मान्छे चीर जीवन पाउने प्राणी हुन सकेन। हामी जिन्दगीका लागि जति गर्छाैं, त्यो एक बित्ताको, एक दिनको समयसम्म बाँचेर गर्ने रहेछौँ। यही चेतनाले गर्दा नै लिम्बूहरूको हाक्पारे गीतमा वेदनाका कुरा गाएको होला जस्तो मलाई लाग्यो। 

०००

अहिले रैथाने संगीतको जुन अभियान सुुरु भएको छ, यो खुसीको कुरा हो। विश्वकै इतिहास हामीले हेर्यौं भने सन् १९५० अघि नै 'सर्च फर दि रुट' (जराको खोजी) हुन थाल्यो।

हामीले पछिमात्र आफ्नो पहिचानको खोजी राजनीतिक रुपले गर्न थाल्यौँ। जति छिटो हामी ग्लोबलाइजेसन (विश्वव्यापीकरण) हुन थाल्यौं, उति नै छिटो हामीले लोकलाइजेसन (स्थानीयता)को कुरा  गर्न थाल्यौँ। आफ्नो पहिचानको कुरा गर्न थाल्यौँ। 

अमेरिका अहिले तर्सेको छ। त्यहाँका राष्ट्रपति आफूमात्रै बाँच्नुपर्छ भनेर कराउन थालेका छन्। बेलायतले युरोपेली संघ (इयू)बाट आफूलाई पन्छाएर आफ्नो पहिचान कायम गर्न थालिसक्यो।

हाम्रो पहिचानलाई जुन रफ्तारमा भूमण्डलीकरणले असर गरिरहेको छ, त्यही रफ्तारमा आफू र आफ्नोपनलाई जोगाउन हामी सतर्क भएर अघि बढ्न आवश्यक छ। 

संगीतमा पनि रैथानेपन जोगाउन हामी सर्तक हुनुपर्छ। नेपाली संस्कृतिमा अहिले निकै ठूलो संकट आएको छ। अहिले कलाकार, साहित्यकार सतर्क भएर त्यसमा लागेका छन्। 

हामी आफ्नै भाषामा गीत त गाइरहेका छौं। ‘मैले मेरो भाषामा गाएँ, मौलिकता बचाएँ’ भनेर मक्ख परिरहेका छौँ। त्यो साँच्चिकै हो, कि होइन? हामीले जान्नु आवश्यक छ। 

नवीन सुब्बा (सिनेकर्मी)ले एउटा अन्तर्वार्तामा भनेका रहेछन्, ‘एकचोटी नेपाली सिनेमालाई हिन्दीमा अनुवाद गर्दिउँ त, त्यो नेपाली हो कि हिन्दी हो? अनि यथार्थ छुट्टिन्छ।’

हिन्दीमा अनुवाद गर्दा सारा दृश्य, संवाद, कलाकौशल नै हिन्दीको जस्तो भयो भने त्यो हाम्रो कसरी हुन्छ? यो चिन्ता नवीनहरूले वैकल्पिक सिनेमाको अभियान जतिबेला थाले, त्यति बेलादेखि नै प्रकट भयो।

झुमा (गायिका झुमा लिम्बू)ले एक ठाउँमा राम्रो कुरा उठान गर्नुभएको रहेछ। उहाँले भन्नुभएको छ,‘मैले बाहिर जाँदा आफ्नो मातृभाषामा गीत गाएको कस्तो राम्रो भएको छ भन्ने ठानेको थिएँ।

तर, मलाई सोधियो, 'तिम्रो मातृभाषाको गीत मातृभाषामा मात्रै छ कि गीतभित्र तिम्रो जातिको रीति, परम्परा पनि प्रतिबिम्बित छ?' त्यो प्रश्नले म छक्क परेँ।

रैथाने संगीतले प्रतिनिधित्व गर्नुपने त्यो चिज हो। यो चिजको अभावमा हामीले जति फुर्ति लगाए पनि मनोरञ्जनको साधन त हुन्छ। तर, त्यसमा निहित रैथानेपन शून्य हुन्छ। 

०००

हामीले अरुका कुरा सिक्नुहुँदैन भन्ने होइन। म पनि परम्पराविरुद्ध कविता लेखेर उठेँ। यो परम्परा भनेको थोत्रे चिज हो भनेर कराएँ। एकछिन फुर्ति लगाएँ। 

एकदिन मैले साहित्यकार इन्द्रबहादुर राईलाई सोधेँ, ‘हामी यसरी चम्केको साँच्चै परम्परा त्यागेरै चम्केको हो?’ 

उहाँले भन्नुभयो, ‘कुरा त ठीकै हो। तर, खोला छङछङ बग्दै आउँछ। पानीको थोपा उछिट्टिन्छ। त्यसमा इन्द्रेणी देखिन्छ। सबैले मन पराउँछन्। उछिट्टिएको पानी एक ठाउँमा त खस्नुपर्छ। त्यो थोपा ढुंगामा खस्छ। तर, कतिन्जेल रहन्छ त्यहाँ पानी? घाम चर्को लागेपछि त सुक्छ। नसुक्नका लागि त्यही खोलामा पस्नुपर्छ।’

जतिसुकै हामीले क्रान्तिको कुरा गरे पनि हामी हाम्रो परम्पराभित्र सम्मिलित हुन सकेनौँ, परम्परालाई नयाँपन दिन सकेनौं भने हाम्रो नयाँपनका लागि गरिएको आग्रह फजुल भएर जान्छ।

हामी क्रान्ति गर्छौं, विद्रोह गर्छौं। अन्ततः हामी राम्रो परम्पराको गुणमा आवद्ध भएर जानुपर्छ।

हामीले संसारका नयाँ कुरा सुनौंला। पहिले हामीले हिप्पीहरू सुन्यौं। तर, अहिले आएर हामीले झन्डै १५/२० वर्षयताका कुरा सुन्यौँ भने सबै आधुनिक र अति-आधुनिक गीतले पनि आफू जीवन्त र लोकप्रिय हुनका लागि लोकलयलाई माध्यम बनाएको छ, उपयोग गरेको छ।

अन्ततः बचाउने चिज त यो रहेछ। लोकलय भनेको परम्पराको कुरा रहेछ। यसभित्रको राम्रो कुरालाई हाम्रो मौलिकता जोगाउनमा संगीतकर्मीहरूको ठूलो योगदान छ। 

(रैथाने संगीत समूहले मंगलबार राजधानीकाे शिल्पी थियटरमा आयोजना गरेको हाक्पारे गायन प्रस्तुति तथा अन्तर्क्रिया कार्यक्रममा कवि तथा मुन्धुमविद् काइँलाले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश। तस्बिर : गणेशकुमार राई)

प्रकाशित मिति: मंगलबार, पुस २४, २०७५  २२:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
धनुषामा सामाजिक सद्भावका विषयमा सर्वपक्षीय बैठक सस्दै
धार्मिक सहिष्णुता र सद्भाव जोगाउन रास्वपाको पहल: सभापति लामिछानेद्वारा मुस्लिम र हिन्दु अगुवासँग संयुक्त छलफल
आगो जसले लगाएको भए पनि निभाउने काम हाम्राे हो : गगन थापा
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ शुक्रबार, साउन १५, २०८३
धनुषामा सामाजिक सद्भावका विषयमा सर्वपक्षीय बैठक सस्दै शुक्रबार, साउन १५, २०८३
धार्मिक सहिष्णुता र सद्भाव जोगाउन रास्वपाको पहल: सभापति लामिछानेद्वारा मुस्लिम र हिन्दु अगुवासँग संयुक्त छलफल शुक्रबार, साउन १५, २०८३
आगो जसले लगाएको भए पनि निभाउने काम हाम्राे हो : गगन थापा शुक्रबार, साउन १५, २०८३
कोशी र मधेसको अवस्थाबारे सभापति थापाले गरे पार्टी नेतासँग छलफल शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
आईजीपीले रोहिङ्ग्या चुनाैती सार्वजनिक गरेलगत्तै सुनसरीमा हिन्दु र मुस्लिमबीच झडप भयो : आशिका तामाङ बिहीबार, साउन १४, २०८३
देवानगन्ज गोलीकाण्ड: अर्का घाइतेको पनि मृत्यु, दुई घाइतेको अवस्था अझै गम्भीर बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्