• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

घाेडा उत्पादनमा नेपालकाे प्रयास - \'तातेताते\' मात्रै

देशकै पहिलो घोडा प्रजनन् केन्द्रमा हालसम्मकै सर्वाधिक उत्पादन हुँदै
64x64
नेपाल लाइभ आइतबार, पुस २२, २०७५  ०८:१८
1140x725

चितवन– निभा गर्भवती छिन्। उनी गर्भवती भएको ११ महिना पुग्न लागेको छ। सम्भवतः तोकिएको समयमै प्रसूति भयो भने उनी एक सातामा आमा बन्नेछिन्।

पिता भीष्म र माता भवानीको पहिलो सन्तान हुन् ३ वर्षीया–निभा।

सुत्केरी हुन लागेकी निभालाई माता–पिताको कुनै अत्तोपत्तो छैन। निभाका बारेमा उनका माता–पितालाई पनि जानकारी छैन। तर, निभाका अहोरात्र हेरचाहमा खटिएका प्राविधिक गणेश केसी भने ननिदाएको एक हप्ता नाघिसक्यो।

प्राविधिक केसीले हसिलो मुद्रामा भने, ‘निभाको सुत्केरी हुने दिन आउन लाग्यो। कहिलेकाहीँ सामान्य समयभन्दा अगाडि नै व्यथा लाग्नसक्छ। कुन बेला उनी प्रश्रव पीडामा पुग्छिन् भन्न सकिन्न। प्रश्रव पीडाका समयमा सहयोग गर्नुपर्छ। यही भएर नसुतेको एक हप्ता भो।’

उसो त गण्डकीको पनि सुत्केरी हुने समय नजिकिँदै छ। तर निभा र गण्डकीले छोरा या छोरी (भाले अथवा पोथी) जे जन्माए पनि उनलाई खुसी नै लाग्ने बताउँछन्।

तपाईंलाई लाग्नसक्ला निभा, गण्डकी नाम मानवीय होलान्। होइनन् यी त यहाँस्थित नेपालको पहिलो घोडा प्रजनन् केन्द्रमा रहेका घोडाका नाम हुन्।

यस वर्ष १९ वटा घोडा सुत्केरी हुँदै

विशेष गरी नेपाली सेनालाई आवश्यक पर्ने घोडा आफैँ उत्पादन गर्ने ध्येयले विसं २०४१ पुस १४ गते सो केन्द्र चितवनको भरतपुरमा स्थापना गरिएको थियो। भारत, पाकिस्तान, अष्ट्रेलियालगायतका देशबाट माउ तथा भाले जातका घोडा ल्याई प्रजनन कार्य सुरु गरिएको प्राविधिक बताउँछन्।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाली सेनाद्वारा सञ्चालित प्रजनन् केन्द्रमा हाल ६८ वटा विभिन्न जातका घोडा र ७ वटा गधा रहेका छन्। ती मध्ये ४८ वटा ‘बुडमियर’ पोथी घोडा रहेका छन्। केन्द्र स्थापनाको ३४ वर्षको अन्तरालमा यस वर्ष सबैभन्दा बढी १९ वटा घोडा सुत्केरी हुँदैछन्। यसलाई हालसम्मको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ।

केन्द्रले सुत्केरी हुने घोडाको स्याहारसुसारमा विशेष ध्यान दिने गरेको छ। गर्भवती भएपछि नजन्मिएसम्म विशेष आहार तथा पौष्टिक तत्वयुक्त दाना खुवाउन र दैनिक स्वास्थ्यमा ध्यान दिएको प्राविधिक बताउँछन्।

उनीहरुका अनुसार तीन वर्ष पूरा भएपछि घोडा गर्भवती तथा प्रयोगमा ल्याउनयोग्य हुन्छन्। एउटा माउले १७ वर्षसम्म बच्चा जन्माउन सक्छे। घोडाको गर्भ समय ११ महिनाको हुन्छ। जन्मिएपछि बच्चाले ६ महिनासम्म आमाको दूध तथा हल्का पौष्टिक दाना खान्छ। तीन वर्षमाथि पुगेपछि दाना खानेक्रम विशेषरुपमा बढ्छ। तीन वर्षमा घोडा पूर्णरुपमा तयार पनि हुन्छ। तयार भएको भाले घोडालाई ‘स्टालियन’ तथा पोथीलाई ‘बुडमियर’ भनिन्छ। घोडाको औसत आयु नेपालमा करीब २८ वर्षसम्म रहेको छ। केन्द्रमा तृष्णा, अम्बिका र डमरु नामका घोडा २८ वर्षसम्म बाँचेका थिए।

Xtrem

Xtrem

अभिलेखमा राखिन्छ प्रत्येक घोडाको ‘वंशावली’

पछिल्लो समयमा मनाङ र मुस्ताङमा पाइने ‘पोनी’ जातका घोडा पनि यहाँ ल्याई राखिएको छ। केन्द्रले ‘हाइब्रिड’ घोडा भने उत्पादन गरेको छैन। प्राविधिक केसीले भन्छन्, ‘हामीले एउटै जात (ब्रिड)मा क्रस गरेर बच्चा उत्पादन गर्ने गरेका छौँ। हाडनाता पर्ने घोडाबाट बच्चा उत्पादन गराइँदैन, गर्नु पनि हुँदैन।’

यसका लागि केन्द्रले प्रत्येक घोडाको तीनपुस्ते वंशावली विवरण राख्ने गरेको छ। उनी भन्छन्, ‘हरेक घोडाका आमाबुबा, हजुरबुबा, हजुरआमा नामसहितको वंशावली विवरण राख्ने गरेका छौं।’ विदेशबाट ल्याइएका घोडाको ‘वंशावली’ नै हुन्छ। यसमा तीनपुस्ते विवरण, जन्ममिति, लगाइएका खोपलगायतको विवरण उल्लेख गरिन्छ। ‘ब्रिड’ गर्न सजिलो होस् भन्न केन्द्रले वंशावली राख्ने गरेको हो। यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो।

माग बढी आपूर्ति कम

नेपाली सेनाका लागि वार्षिकरुपमा विभिन्न सभा, समारोह, उत्सव तथा प्रतियोगिताका लागि मात्र थप २५ वटा घोडा आवश्यक पर्छ। तर, केन्द्रले वार्षिक मुस्किलले १५ वटा मात्र घोडा नेपाली सेनाअन्तर्गतकै नेपाल क्याबलरीलाई दिनसकेको छ।

केन्द्रले तयार गरेका घोडा नै क्याबलरीले प्रयोग गर्दै आएको छ। नेपाली सेनाको घोडचढी कलाका लागि क्याबलरी प्रसिद्ध छ। यस वर्ष सबैभन्दा बढी २० वटा दिने तयारीमा केन्द्र जुटेको छ। ‘क्रमशः माग पूरा गर्नेतर्फ हामी अगाडि बढेका छौँ। निकट भविष्यमा पोथी घोडा थप गर्ने लक्ष्यसमेत रहेको छ’, प्राविधिक केसीले जानकारी दिए।

यस केन्द्र करीब २८ बिघा जमिनमा फैलिएको छ। घोडाका लागि हाल नेपाली सेनाका विभिन्न तहका ६४ जना जनशक्ति खटिएका छन्। यस केन्द्रमा रहेका घोडाका लागि मात्र मासिकरुपमा सात/आठ लाख खर्च हुने गरेको छ।

के-के काममा प्रयाेग गरिन्छन् घाेडा?

सेनासँग घोडा हुनु अनिवार्य मानिन्छ। सेना कति समृद्ध छ भनेर मापन गर्ने विभिन्न तत्वमध्ये घोडाको सङ्ख्यालाई हेर्ने गरिन्छ।

शुभकार्यमा घोडाको अग्र साइत शुभ मानिन्छ। नेपालमा विशेषगरी विशेष कार्यक्रमहरु संसद् अधिवेशनको सुरुका दिन राष्ट्रप्रमुखको संसद् भवनमा आवागमन तथा फिर्ता, राष्ट्रप्रमुखसमक्ष विदेशी राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण, सैनिक दिवस तथा घोडेजात्रालगायतका दिनमा घोडा तथा बग्गीको प्रयोग गरिँदै आएको छ। ऐतिहासिक हनुमानढोका र गोरखा दरबारलगायतका ठाउँमा अहिले पनि एउटा घोडा राख्ने चलन विद्यमान छ।

केन्द्रमा जन्मिएकाकाे नाम नेपाली, विदेशबाट आएकाकाे उताबाटै नामकरण

गत वर्ष भारतीय दूतावासले नेपाली सेनालाई उपहारस्वरुप प्रदान गरेका ७ वटा प्रियङ्का, श्वेता, आँचल र सङ्गीतालगायतका नामका घोडा यस केन्द्रमा रहेका छन्। स्याहारकर्ताका अनुसार दिउँसो खुला चौरमा आ–आफ्नै समूह बनाई घोडा रमाउँछन्। बेलुकी भने उनीह्रुलाई अलग–अलग तबेलामा राखिन्छ।

प्रजनन केन्द्रका घोडाको आ–आफ्नै नामाकरण गरिएको छ। केन्द्रमा नै जन्मिएकालाई नेपाली र विदेशबाट आएकालाई उताबाटै नामकरण गरी ल्याइएको हुन्छ।

भारतबाट विसं २०६९ बैसाखमा केन्द्रमा ल्याइएका घोडाका नाम बाबु शर्मा, लन्डन ब्वाई रहेका छन्। ‘हामीले वैज्ञानिक नामाकरण गर्ने प्रयास गर्छौं। त्यसमाथि विदेशीभन्दा यहाँ जन्मिएपछि राखिएका नाम नै बढी सजिलो हुँदो रहेछ’, प्राविधिक केसीले आफ्नो अनुभव सुनाए।

अन्य देशलाई घाेडा उपहार दिन असक्षम

नेपालले हालसम्म कुनै देशलाई घोडा उपहारस्वरुप प्रदान नगरेको बताइन्छ। तर, केन्द्रले नै उत्पादन गरेका १० वटा नेपाली जातका घोडा नेपाली सेनाले ट्राफिक प्रहरीलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो।

केन्द्रले विशेष गरी डफ्ट र लाइट जातका घोडा उत्पादन गर्ने गरिरहेको छ। डफ्ट हर्स बग्गी तान्न र लाइट चढ्न र कुद्न (राइडिङ र रनिङ)मा प्रयोग हुने गर्दछ। पछिल्लो समय घोडेजात्रामा प्रयोग हुने घोडा नेपाली जातको हुने गर्दछ।

देवीदेवताको प्रतीकका रुपमा घोडालाई त्यहाँ राख्ने गरिएको बताइन्छ। (समाचार-विष्णु नेपाल/रासस/मुख्य तस्बिर-नारायण ढुंगाना)

प्रकाशित मिति: आइतबार, पुस २२, २०७५  ०८:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्