काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछानेले बुधबार पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक आह्वान गरेका हुन् ।
बिहान ९ बजे बस्नेगरी बोलाइएको बैठकमा प्रथम राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
रास्वपाले आगामी भदौ वा असोजमा पहिलो महाधिवेशन गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।