• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३, २०८३ Wed, Aug 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

पहिचानवादी आन्दोलनको भविष्य कति?

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  १७:५३
1140x725

श्वेत (गोरा) जातिका मानिस पनि श्रमिक वर्गका रूपमा उदाउनु एंग्लो–अमेरिकी राजनीतिक आन्दोलनको सबैभन्दा उल्लेखनीय उपलब्धि हो। सन् २०१६ मा अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएपछिको अवस्थामा विद्युतीय सर्च इन्जिन गुगलमा खोजिने शब्दहरूमा 'श्वेत श्रमिक वर्ग' भन्ने शब्द तथा वाक्यांश अत्यन्तै बढेको पाइन्छ। 

समय क्रमसँगै श्वेत जातिका मानिस मालिक मात्र नभएर श्रमिक पनि हुन थालेका थिए। तर उक्त जातिबाट जति धेरै मानिसहरु श्रमिक हुँदै गए उति नै बढी आफूहरू तिरस्कृत हुँदै गएको महसुस गर्न थाले। कुनै बेला संसारको बागडोर सम्हाल्ने श्वेत जातिप्रति आम मानिसको चासो बिस्तारै कम हुँदै जान थालेको देखिन्छ।

बेलायतले युरोपेली संघ (इयू)को सदस्य राष्ट्रबाट बाहिरिने निर्णयका साथै सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा ट्रम्प विजयी भएपछि श्वेत जाति राजनीतिक मूलधारबाट किन अलग भयो भन्ने विषयमा खोजी सुरु भएको देखिन्छ। उदाहरणका लागि इयान ब्रेमरको ‘अमेरिका विरुद्ध श्वेत जातिका श्रमिक’ र रोर्बट प्रस्टोनको पुस्तक ‘डब्लुटिएफ’मा पूर्वऔद्योगिक समयमा सहरमा बस्ने सम्भ्रान्त वर्गका मानिसको अहंकार र स्वार्थीपन प्राप्त गर्न सकिन्छ। योसँगै अरू दुई प्रतिबिम्बित कुरा पनि आउँछन्। ‘आइडेन्टिटी’ र ‘द लाइज द्याट बाइन्ड’ अर्थात् पहिचान र बाँध्ने झुट। यी दुवै पुस्तकमा पश्चिमा देशमा गम्भीर आर्थिक तथा सामाजिक समस्या रहेको उल्लेख गरिएको छ। 

अमेरिकी लेखक फ्रान्सिस फुकुयामाको यो विषयप्रतिको बुझाइ अझ अघिदेखिको हो। प्राचीन युनानी सभ्यताका दार्शनिकहरू आफ्नो पहिचान र आत्मसम्मानको कल्पना गर्ने मानिसको खोजी गर्थे। जसलाई उनीहरू ‘थिमोस’ (सम्मान र घृणाको जानकार भएको मानव मन) भन्ने गर्थे। मार्टिन लुर्थर किङले १६औं शताब्दीमा मानिसको आन्तरिक जीवन र व्यवहार फरक हुने दाबी गरे। मानिसको आन्तरिक जीवन अझ महत्वपूर्ण हुने उनको ठम्याई थियो। 

श्वेत जातिका श्रमिक नै यूरोप र अमेरिकामा लोकप्रियतावादको शिकार समेत भएको फुकुयामाको भनाइ छ। 

१८औं शताब्दीसम्म आईपुग्दा यूरोपेली र अमेरिकी दार्शनिकले आत्मसम्मानपूर्वक जिउने कुरा मानिसको चाहना मात्र नभएर अधिकार समेत भएको कुरामा जोड दिन थाले। त्यसपछि यी विचार एकसाथ अघि आइरहेका छन् र त्यसले आक्रोश पनि सृजना गरेको छ।

समाजले मानिसका आन्तरिक भावनालाई बेवास्ता गर्ने गरेको निष्कर्ष निकाल्नेको संख्या बढ्न थालेको छ। हामी बस्ने समाजमा पनि गल्ती रहेको दाबी फुकुयामाको छ। विश्वको सोच नै परिर्वतन हुनुपर्ने र मानिसको व्यक्तिगत सम्मानलाई बढावा दिनुपर्ने उनको मत छ। उनी यो समस्या धेरै समूहमा रहेको विचार राख्छन्। श्वेत जातिका श्रमिक नै यूरोप र अमेरिकामा लोकप्रियतावादको शिकार समेत भएको उनको भनाइ छ। 

अरबी देशका जनताले शासकबाट आत्मसम्मानको अनुभूति  नपाएकाले सन् २०१० मा सरकार विरुद्ध आन्दोलन छेडेका थिए। 'मिटु' अभियान सञ्चालन गरेका महिला हुन् वा इस्लामिक सम्प्रदायिक आन्दोलन नै किन नहुन्, सबैले आत्मसम्मान चाहेका हुन्। फुकुयामा आफ्नो पुस्तक ‘आइडेन्टिटी’मा सो दाबी दोहोर्‍याउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

फुकुयामा यो आन्दोलनलाई अरूभन्दा पृथक र महत्वपूर्ण ठान्छन्। एउटा समूहको आन्दोलनका कारण अर्को समूह पछि परेको दाबी गर्ने मानिसप्रति भने उनको खासै रुचि देखिँदैन। एउटा सीमान्त समूहले न्यायको माग गर्दा प्राय सबै वर्गको समानता र सम्मानको उच्च कदर गरिएको हुनुपर्छ। दक्षिणपन्थी राजनीतिक विचारधारालाई आफ्नो निष्ठा ठान्ने समूहले पनि वामपन्थीले जस्तै दोषको राजनीतिलाई बढावा दिँदा आत्मसम्मानको विषय अन्तहीन च्रकव्यूहमा फस्न सक्ने उनको ठम्याइ छ। 

पहिचानवादी आन्दोलनको मुख्य उपचार भनेको राज्य नै हो। राज्यले कसैको आत्मसम्मानमा ठेस नपुर्‍याउने प्रणका साथै सोहीअनुरुपको व्यवहार पनि गरेको हुनुपर्छ। विभिन्न विचारधारा राख्ने समुदायले नागरिकको आत्मसम्मानको विषयलाई फरक फरक रङ दिन सक्छन्। जस्तो कि, वामपन्थी विचारधाराका मानिसले पहिचानको आन्दोलन रोक्ने प्रयास गर्न पनि सक्छन् भने दक्षिणपन्थी विचारधाराका मानिसले त्यसलाई जातीय रङ दिने प्रयास गर्न सक्छन्। वामपन्थी वा दक्षिणपन्थी विचारधाराका मानिसले जस्तोसुकै रङ दिएपनि आफ्नो देशका सबै नागरिकलाई एकीकृत गरी उनीहरूको आत्मसम्मान बढाउने काम राज्यकै हो। 

नश्लीय विरासतका आधारमा पहिचानवादी आन्दोलन अघि बढाउनुभन्दा राष्ट्रिय पहिचानका पक्षमा देखिन्छन् फुकुयामा। जसलाई अमेरिकामा लोकप्रियतावाद पनि भन्ने गरिएको छ। उनी राष्ट्रिय सेवाप्रति उत्सुक छन् भने दोहोरो नागरिकताका विषयमा सशंकित पनि। यद्यपि, निराशाजनक राजनीतिबाट देश टाढा रहन्छ भन्ने कुरामा उनी विश्वश्त छैनन्। 

फुकुयामाका केही विचारसँग अमेरिकी लेखक क्वामे एन्थोनी अप्पिया पनि सहमत छन्। अमेरिकाको तटीय सहरमा बस्ने उनलाई दक्षिणपन्थी लोकप्रियतावादी राष्ट्रवाद र पहिचानवादी आन्दोलन दुवै मन पर्दैन। उनी वर्तमान समयमा अमेरिका र बेलायतमा देखिएको समस्याको विकासक्रम लामो रहेको कुरामा शंका गर्छन्। यसर्थ फुकुयामा समस्याको जडमा पुगेका छन्, अप्पिया त्योभन्दा माथि।

आफ्नो देशका सबै नागरिकलाई एकीकृत गरी उनीहरूको आत्मसम्मान बढाउने काम राज्यकै हो। 

यो विषयलाई ‘द लाइज द्याट बाइन्ड’मा गहन रुपमा व्याख्या गरिएको छ। पहिचानवादी आन्दोलन सोचिएको भन्दा कम वजनदार छ। पुरानो कुरालाई पुनर्विचार गरी नयाँ विचारलाई समावेश गर्ने हुँदा पहिचानवादी आन्दोलनमा धार्मिक भावना पनि परिर्वतन भइरहन्छन्। 

१९औं शताब्दीको अन्तदेखि मानिसलाई विज्ञानबाट अलग राख्दै फरक रूपमा व्याख्या गर्न खोजिएको छ। ुचाहे मानिस मध्यम वर्गीय होस् वा महिला मात्रै किन नहोस्, बेलायती होस् अथवा श्वेत जातिकै किन नहोस्,' अप्पिया भन्छन्, 'कसैको पनि एउटा मात्र पहिचान हुँदैन।'

मानिसको पहिचान दोस्रो चिनारीसँग पनि जोडिएको हुन्छ। पहिचान मात्रैले उसको विचार र व्यवहारलाई पहिल्याउन सकिँदैन। अप्पियाका विचारमा त्यस्तो कुनै आन्तरिक अवस्था छैन, जसले मानिसको समाजिक पहिचानको कारण व्याख्या गर्न सकोस्। पहिचान भनेको वंशीय परम्परा मात्र होइन। पहिचान त मानिसको कपाल जस्तै हो, जसलाई हामी विभिन्न स्टाइल दिन सक्छौं। कस्तो पहिचान स्थापित गर्ने भन्ने कुरा व्यक्ति स्वयम्‍मा भर पर्ने कुरा हो। 

अप्पिया आफैं परिर्वतन हुन्थे वा हुँदैनथे, त्यो प्रष्ट छैन। तर फुकुयामा राष्ट्रिय पहिचानका पक्षपाती थिए भन्ने कुरा प्रष्ट छ। मानिसले अधिकभन्दा अधिक इतिहासको अध्ययन गर्नुपर्छ। तर कुनै पनि विचार लाद्नुअघि सावधान चाँहि हुनैपर्छ। 

विश्व उदार प्रजातन्त्रतर्फ अघि बढेको फुकुयामाले दाबी गरेका छन्। चीनको उदय र रुसको प्रजातान्त्रिक पतनलगायतका घटनाले यसलाई गलत सावित गरेको छ। यो कुराले फुकुयामा मूर्ख थिए भन्ने प्रष्टाउँदैन।

विचार लाद्नुअघि सावधान हुनुपर्ने उत्तम दृष्टिकोण हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र हंगेरीका पूर्वप्रधानमन्त्री भिक्टर ओरबानमा भने यो विशेषता पाइँदैन। उनीहरुको मान्यता यसको ठीक विपरीत छ। लोकप्रियतावादी राष्ट्रवाद र पहिचानवादी राजनीतिक क्रमले उनीहरू विरुद्ध आन्दोलन छेडे भने के हुन्छ?

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट), ट्रम्पका अवधारणा र अन्य राजनीतिक आन्दोलनका विषयमा सोच्ने तरिका फरक हुन्छन्। इतिहासको गति सँधै एकै हुँदैन। राष्ट्र विखण्डन हुन सक्ला, एक हुल मानिस क्रोधित बन्लान्, दुर्जन शक्तिमा पुग्न सक्ला, विकृत राजनीतिक निर्णय हुनसक्ला तर प्रतिवाभान् राजनीतिक नेता शक्तिमा आएपछि ती निर्णय उल्टन्छन्।

सन् १९९२ मा प्रकाशित पुस्तक ‘द इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान’मा विश्व उदार प्रजातन्त्रतर्फ अघि बढेको फुकुयामाले दाबी गरेका छन्। चीनको उदय र रुसको प्रजातान्त्रिक पतनलगायतका घटनाले यसलाई गलत सावित गरेको छ। यो कुराले फुकुयामा मूर्ख थिए भन्ने प्रष्टाउँदैन, बरू भविष्य अनुमान गर्न गाह्रो भएको कुरा बताउँछ। असहिष्णु पहिचानवादी आन्दोलनका विषयमा उनले राखेको विचार आगामी दिनमा पनि गलत सावित होउन् भन्ने अपेक्षा गरौं।

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
पार्टीको आधिकारिकता सम्बन्धी अन्तिम फैसला नआउँदै कांग्रेसको महाधिवेशन मिति तोकियो, यस्तो छ कार्यतालिका मंगलबार, भदौ २, २०८३
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्