• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

फिटनेस रुटिन पछ्याउने अभिनेत्री

64x64
नेपाल लाइभ शनिबार, पुस २१, २०७५  २०:४७
1140x725

अभिनय क्षमताका कारण दर्शकको नजरमा परेकी अभिनेत्री हुन् सारा सिर्पाली। फिल्म ‘रुद्र’बाट अभिनय यात्रा तय गरेकी सिर्पाली त्यसपछि फिल्म ‘पिंजडा ब्याक अगेन’मा देखिइन्। उनको नयाँ फिल्म ‘सुश्री सम्पत्ति’ भने शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। त्यसैले उनको समय तालिका यतिबेला असाध्यै व्यस्त छ।

चिसिँदै गएको काठमाडौंको मौसमलाई चुनौती दिँदै हट अवतारमा स्टार मलको एभिन्यु क्याफेमा भेटिइन् सिर्पाली। उनको लुक्स र सौन्दर्यले दर्शाउँथ्यो, उनी स्वस्थ छिन्। 

कला क्षेत्रले सेड्युल कम पछ्याउँछ। न खानको ठेगान हुन्छ, न सुत्नको। दिनरात नभनी सुटिङमा लाग्नु, त्यसपछि फिल्म प्रचारका लागि खटिइनुपर्छ। त्यसैले सुरुमै हामीले उनको स्वास्थ्य अवस्थाबारे नै बुझ्यौं– सञ्चै हुनुहुन्छ?

अक्सर हालखबर बुझ्दा नेपालीले प्रयोग गर्ने औपचारिकता नै हो यो। त्यसको उत्तर उनले यसरी दिइन्, ‘२६ वर्षको उमेरसम्म आइपुग्दा त्यस्तो जटिल स्वास्थ्य समस्या केही आइलागेको छैन।’ 

आफ्नो ज्यानको ख्याल राख्ने अभिनेत्रीमध्ये पर्छिन् उनी। त्यसैले हप्ताको तीन दिन शारीरिक व्यायामका लागि समय छुट्याउने गरेकी छिन्। 

ज्यान बनाउन फिटनेस सेन्टरमा धाउनेहरुमा चाहिँ पर्दिनन् तर फिट रहनुपर्छ भन्ने ज्ञान उनलाई सानैदेखि छ । आफूलाई स्वस्थ रहन चाहिने केही शारीरिक अभ्यास उनले सिकेकी छिन् । हप्ताको तीन दिन जसरी पनि शारीरिक अभ्यास गर्ने रुटिन पछ्याउँछिन्। 

उनले आफ्नो शारीरिक सन्तुलन कायम राख्न घरमै डमबेल किनेर राखेकी रहिछन् । दैनिक डमबेलको सहारामा शारीरिक अभ्यास गर्दा मांसपेशी मजबुत हुने उनी बताउँछिन्। 

प्लस टुपछि ६ वर्ष लन्डनमा बिताएकी उनको अनुहारको चम्किलो छालाको प्रशंसा त्यहाँ रहँदा पनि हुने गरेको उनी बताउँछिन् । उनले भनिन्, ‘अनुहार हेरेर मलाई नेपाली भनेर त्यहाँका साथीहरुले सहजै अनुमान लगाउँथे । अनि सुन्दरताको तारिफ पनि गर्न भ्याउँथे।’

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो छालाको सुन्दरताका लागि बजारिया उत्पादनभन्दा घरायसी तरिका प्रयोगमा बढी विश्वास गर्छिन्। 

उनले आफ्नो अनुहारमा रहेको चमकको राज खोलिन्, ‘म हप्ताको दुई पटक राति सुत्नुअघि कागती र महको लेप लगाएर १५ देखि २० मिनेटसम्म राख्छु । त्यसले अनुहारमा रहेका मृतकोषिका हटाउन र छालालाई हानि गर्ने जीवाणु नष्ट गर्न सहयोग पुर्‍याउँछ।’

मेकअप र सुन्दरताका लागि बजारमा पाइने उत्पादनमा उनलाई त्यति रुचि छैन । नियमित मेकअपका सामग्री प्रयोगमा ल्याउँदिनन् पनि । बजारमा पाइने कमसल मेकअपका सामग्रीले अनुहारका छालामा हानि पु¥याउने उनले बुझेकी छिन् ।  त्यसैले सकेसम्म घरमै प्राकृतिक उत्पादन प्रयोगमा जोड दिइरहेकी हुन्छिन्।

काठमाडौंमा जन्मे–हुर्केकी सिर्पाली डान्स भनेपछि बच्चैदेखि हुरुक्क हुन्थिन् । समयसँगै अध्ययनका क्रममा ‘प्लस टु’ पछि उनी लन्डन पुगिन् । लन्डनको ६ वर्षको बसाइँमा उनले त्यहाँको ‘क्यापलान युनिभर्सिटी’मा ‘चार्टर्ड अकाउन्ट’को अध्ययन पूरा गरिन् । उक्त समय उनले लन्डनमा करिब डेढ वर्ष फोटोग्राफी पनि गरिन् । तर जब सिर्पाली नेपाल फर्किइन्, त्यसपछि भने उनी अभिनय क्षेत्रमै सक्रिय छिन्। 

Xtrem

Xtrem

अधिकांश परिवारको चाहना हुन्छ, आफ्नो सन्तानलाई डाक्टर वा इन्जिनियर बनाउने । तर सिर्पालीको परिवारले उनलाई कहिल्यै यस्तो सपना देखाइदिएन ।  उनले पनि चिकित्सा क्षेत्रमा रुचि राखिनन् । अहिले पनि उति रुचि छैन । भन्छिन्, ‘त्यही भएर स्वास्थ्यका विषयमा धेरै ज्ञान छैन मसँग।’ 

व्यक्तिगत जीवनका लागि स्वास्थ्य महत्वपूर्ण सम्पत्ति भएको कुरामा उनी सचेत रहिछन् । उनी १५ वर्षको उमेरदेखि नै स्वस्थ र सुन्दर रहन प्रयासरत छिन् ।  सम्झन्छिन्, ‘सायद १५/१६ वर्षको हुँदा म अलि मोटी थिएँ । त्यसपछि मलाई स्वास्थ्य र सौन्दर्य दुवैका लागि फिट रहनुपर्छ भन्ने लाग्यो । त्यसपछि कन्सियस हुन थालेकी हुँ।’

पछि लन्डन रहँदा उनको तौल केही बढ्यो । फिल्म ‘पिंजडा ब्याक अगेन’मा  अभिनय गर्दासम्म उनको तौला उचाइअनुसार बढी थियो । उनी आफू ६६ केजी भएको बताउँछिन् । उनलाई आफू केही मोटी भएको महसुस भएपछि फेरि तौल घटाउन उनी जिमदेखि जुम्बासम्म धाएकी थिइन्। 

उनले विशेषगरी डाइटिङमा ध्यान दिइन् । भन्छिन्, ‘मलाई चाहिने न्यूनतम क्यालोरी भएका खानेकुरा खाएँ । नियमित व्यायाम गरेँ ।’ त्यसपछि उनी ५७ केजीमा झरिन् । खानपानमा भने निकै सचेत रहँदै आएकी छिन्। 

फलफूलबाट तयार एक प्रकारको बाक्लो जुस (स्मुथी) अत्यधिक रुचाउने सिर्पाली मेवा र केरा धेरै मनपर्ने बताउँछिन् । जसले पेटलाई पनि फाइदा गर्ने उनको अनुभव छ । तर जाडोको मौसममा भने उनी होम मेड मसरुम सुप धेरै खाने गरेको सुनाउँछिन्। 

खानाका प्रकारमा आफ्नो फिटनेस र रुचि दुवैतर्फ ध्यान राखेर चिकेन सलाद, पास्ता लगायतका खाने गरेको बताउँछिन् । तर आफ्नो स्वस्थ्य अवस्था र डाइटिङमा चनाखो रहँदारहँदै पनि उनी चिसो जुस (कोक) नखाई हप्ता कटाउन सक्दिनन् । यसले स्वास्थ्यमा साथ नदिने भए पनि कोक भनेपछि हुरुक्कै हुने आफ्नो बानीले आफैं हैरान भएको सुनाउँदै भन्छिन्, ‘जति डाइटिङ र वर्कआउट गरे पनि हप्तामा एक पटक चाहिँ आफूले आफैंलाई कोक ट्रिट दिने गरेकी छु।’

घुम्न बढी मन पराउने सिर्पाली मानसिक र शारीरिक दुवै पक्षलाई स्वस्थ राख्न छोटो या लामो यात्रामा निस्कन अरुलाई पनि सुझाउँछिन्। 

प्रत्येक दिन थोरै–धेरै हिँड्ने गरेको बताउँदै उनी भन्छिन्, ‘स्वास्थ्यमा म सम्झौता गर्दिनँ। अरुले पनि नगरुन् भन्ने चाहना छ।’
 

प्रकाशित मिति: शनिबार, पुस २१, २०७५  २०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
एसडीजीका ३६ प्रतिशत लक्ष्य मात्रै सही दिशामा, अब परिणाम देखाउने समय हो : परराष्ट्रमन्त्री खनाल शनिबार, असोज १०, २०८३
नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किंदै, विमानस्थलमा प्रेस ब्रिफिङ हुने शनिबार, असोज १०, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक शनिबार, असोज १०, २०८३
देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्