• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ २१, २०८२ Wed, Feb 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

प्रधानमन्त्रीज्यू, पानीजहाजको टिकट कहाँ पाइन्छ?

पदीय गरिमा गुमाउँदै प्रधानमन्त्री
64x64
किशोर दहाल सोमबार, पुस १६, २०७५  ०६:००
1140x725

काठमाडौं– सबैभन्दा पहिला यो भिडियो हेर्नुहोस्, गत असार १४ गते स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित 'नेपालमा समाजवादका आधार' विषयक विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुरा हुन् यीः

उनले भनेका छन्–

आलोचना, टिप्पणी र विरोध गर्नेलाई सुझाब पनि दिन चाहन्छु, तपाईंले बोलेका कुरा रेकर्डेड छन्, इतिहासमा। रेकर्डेड हुन्छन्, आजकाे मिडियाको जमानामा। याद गर्नुस्, दस वर्ष पछाडि तपाईंलाई मजाकको पात्र दुनियाँले नबनाओस्। … हेर्दाहेर्दै अब यहाँ हनुमाननगरबाट हामी पानीजहाज चलाउँछौं। के हुन्छ अब त्यो पोहोर बोलेका कुरा? दुई वर्ष अगाडि म प्रधानमन्त्री हुँदा बोलेका कुरा, म त अब कमसेकम २०१९ लाग्ला, सन् २०१८, यो पुस १५ सम्ममा भ्याइन भने पुस १६ लाग्ला। तर पानी जहाज (स्टिमर) चढेर कलकत्ता, निम्तो छ साथीहरुलाई।'

प्रधानमन्त्रीको भाषणअनुसार आज उनलाई सोध्नु अस्वभाविक हुँदैन कि– प्रधानमन्त्रीज्यू, पानीजहाजको टिकट कहाँ पाइन्छ?

तर, प्रधानमन्त्रीले दिएको आश्वासन एउटा उडन्ते गफमा परिणत भएको छ।

प्रधानमन्त्रीले तीन वटा कुरालाई निकै प्राथमिकता दिएका थिए, त्यो भाषणमा।

पहिलो, बोलेका कुरा रेकर्ड भएर बस्छ। मिडियामा रेकर्ड भएर बस्ने भएकाले दस वर्षपछि दुनियाँले मजाकको पात्र नबनाओस् भनेर उनले आफ्ना विरोधीलाई सुझाएका छन्।

Ncell 2
Ncell 2

दोस्रो, हनुमाननगरबाट कलकत्तासम्म पानीजहाज चलाउँछौं। पुस १५ नभए पुस १६ मा पानीजहाज (स्टिमर) चल्छ। यो मितिमा चल्ने पानीजहाजमा चढेर हनुमाननगरबाट कलकत्ता जाने निम्तो दिएका छन् उनले।

प्रधानमन्त्री स्वयंलाई उनले सपनाको कुरा गरिरहँदा धेरैले मजाक सम्झिरहेका छन् भन्ने बोध हुने गर्छ। त्यसैले त उनी आफ्नो कुरामा मजाक गरियो भनेर कटाक्ष गर्छन्।

तेस्रो, आफूले गर्ने रेल तथा पानीजहाजका कुरालाई मानिसहरुले मजाक बनाइरहेका छन्। अर्थात्, रेल र पानीजहाज ल्याउँछु भन्दा मानिसहरुले विश्वास गरिरहेका छैनन्।

तर, देशको कार्यकारी प्रमुखले समय नै तोकेर दिएको निम्तोले अहिले स्वयं प्रधानमन्त्रीलाई नै मजाकको पात्र बनाएको छ। आफ्नो विरोधीलाई आफूले बोलेका कुरा रेकर्ड भएर बस्ने भएकाले ख्याल गर्न सुझाब दिएका प्रधानमन्त्री स्वयंलाई भने आफ्नै कुराचाहिँ रेकर्ड भएर बस्छ भन्ने ख्याल भएनछ सायद। जसले गर्दा प्रधानमन्त्रीकै कुरा पनि भरोसायोग्य हुँदैनन् है भन्ने अवस्था सिर्जना भएको छ।

प्रधानमन्त्रीको पानीजहाज 'जिरह'
पहिलोपटक प्रधानमन्त्री भएका बेला २०७३ जेठ ४ मा काठमाडौंमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक पानीजहाजको कुरा सुनाएका थिए। भनेका थिए-

कुन बन्दरगाह चलाउने भन्ने निर्णय भएको छैन, यद्यपि नेपाली पानीजहाज चलाएरै देखाउने छौं। पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्नेमात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन। आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौ र आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ। … अलिकति समय पर्खिनुहोस्। हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज चल्छन्, अरुले गाड्छन्, गाड्दैनन्, हामी गाड्छौं, पानी भएपछि पानीजहाज चलाउन किन नहुने के छ?'

उनले आफ्नो कुरालाई थप बल दिँदै भनेका थिए-

नेपालमा सोच्ने विचार गर्ने भन्दा पनि अगाडिको भागमात्रै हेर्ने चलन भएका ठाउँमा अलिकति नयाँ कुरा गर्‍यो भने अनौठो हुन्छ। त्यसकारण मैले ती कुरा भनिहालेको छैन। मनको कुरामात्रै तपाईंहरुलाई सुनाइदिएको।'

त्यसयता पनि उनले पानीजहाज मोहलाई सार्वजनिक गर्न छाडेका छैनन्। पानीजहाजको कुरा नपत्याउनेलाई उनले कडा प्रतिवाद पनि गर्ने गरेका छन्। जस्तो कि, २०७५ जेठ १३ मा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले 'पानीजहाजको सपना निदाएका बेलामा होइन, दिउँसै देखेको सपना भएको' बताएका थिए। उनले पानीजहाज मजाक उडाउने विषय नभएको बताएका थिए।

बुझ्न त प्रधानमन्त्रीले आफ्ना भाषणहरुमा सपनाको कुरा गरिरहँदा छुट्ने हाँसोको लहरले पनि उनका कुरालाई स्रोताले कसरी लिइरहेका हुन्छन् भन्ने बुझ्नुपर्ने हो। तर उनी झन् जोसिन्छन्। 

२०७५ साउन ८ मा प्रेस चौतारी र प्रेस सेन्टरले नेकपा पार्टी कार्यालय, धुम्बाराहीमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले भनेका थिए, 'पिर पर्नुको पनि एउटा हद हुन्छ नि! पानीजहाज चल्दा किन पिर गर्ने?'

पार्टी बाहिर प्रधानमन्त्रीको सपनामाथि शंका र विश्वास गर्ने दुवैथरी छन्। जेठ ११ गते संसदमा सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै सुवास नेम्वाङले भनेका थिए-

हामी पानीजहाजको सपना देख्न थालेका छौं। हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु।'

यसैगरी एउटा समूहले प्रधानमन्त्रीको पानीजहाजको सपनामा निरन्तर यात्रा गर्दै आए।

'सपना मात्रै'
प्रधानमन्त्रीले दिन नै तोकेर पानीजहाज चढ्ने निम्ता दिएका थिए। गत पुस ५ मा मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई सोधे, 'प्रधानमन्त्रीले पानीजहाज चढ्ने निम्ता दिनुभएको थियो। त्यो निम्ता कसरी मनाउने? कहिले पानीजहाज चढ्ने?'

तर, प्रवक्ताले प्रधानमन्त्रीको निम्तोलाई गम्भीरताका साथ लिएनन्। बरु सपना देख्न पाउनुपर्छ भन्ने रुपमा अर्थ्याए।

'त्यो एउटा सपना हो', बाँस्कोटाले उत्तर दिँदै भने, 'यसअघि कहिल्यै पनि राजनीतिमा विकास बन्ने थिएन। … पानीजहाज भन्ने कुरा हामी गर्दैछौं।'

व्यक्तिगत रुपमा कोही खड्गप्रसादलाई 'यस्ता गफ त कति हानिन्छ' भन्ने लाग्नु स्वभाविक हुनसक्छ तर प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कुरा भने भरोसायोग्य हुनैपर्छ। किनकि, त्यो प्रधानमन्त्रीको बोली हो।

उनले 'कानुन बनाउन बाँकी भएको, इन्डियासँग सम्झौता गरेको र एक स्टेप अगाडि बढेको' बताए। सम्झौता गरेको कुरालाई प्राथमिकता दिँदै उनले भने, 'केही नहुनुभन्दा त्यति त भयो।'

'इन्डियामा कहाँसम्म आइपुगेको छ। त्यो पनि हेर्नुस्। मोदीले भर्खरभर्खरै सुरु गर्नुभयो', उनले थपे, 'त्यहाँदेखि यता हामीले पनि केही गर्नुपर्ने होला। कहीँ पोर्टजस्तो बनाउनुपर्ने होला। कहीँ उतार्ने-भर्ने गर्नुपर्ने होला। कहीँ पानीको लेभल मिलेको छ, 'छैन होला। त्यो कुरा हो। हामी गर्छौं।'

रेलको सपना पनि मिसाउँदै बाँस्कोटाले थपे, 'अब कल्पना गर्नु, सोच्नु पनि नभए त एकैचोटि कसरी त्यो सपनामा निदाएर के गर्ने। महादेवको बरदानजस्तो त हुँदैन होला नि! जे चितायो तथास्तु भनिदिनासाथ झ्याप्पै हुँदैन होला। पूर्वाधारहरु चाहियो, कानुनहरु चाहियो। त्यस हिसाबले हामीले गर्दैछौं। र, यो हुन्छ।'

अघिल्लो बुधबार प्रशारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा पानीजहाजका विषयमा एउटा रिपोर्ट पनि प्रशारण गरिएको थियो। जसका पानीजहाज ल्याउनका लागि सरकारी अधिकारीहरु सघन अध्ययनमा जुटिरहेको बताइएको थियो। सो रिपोर्टले पानीजहाजको सपना कति नजिक छ भन्ने स्पष्ट हुन्छ। जसअनुसार 'पानीजहाज दर्ता ऐन, २०२७' अनुसार नयाँ कार्यालयको स्थापना गर्न लागिएको उल्लेख छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव मधु मरासिनी नेतृत्वको कार्यदलले यसमा काम गरिरहेका रिपोर्टमा उल्लेख छ।

उनै मरासिनीले पानीजहाज ल्याउनका लागि तत्काल गर्नुपर्ने चार वटा काम बताएका छन्, रिपोर्टमा। भनेका छन्, 'एउटा चाहीं संस्था खोल्नुपर्‍यो। अर्को भारतीय पक्षसँग संवाद कायम गरेर, किनभने उनीहरुको भागमा निर्माण सम्पन्न नभइकन हाम्रो भागमा एकोहोरो गरेर पनि सञ्चालन गर्न नसिकिने अवस्था छ। त्यो संवादलाई घनिभूत बनाउनुपर्ने आवश्यकता छ।'

तेस्रो कुरा, नेपाल भारतको पारवाहन सन्धि छ, त्यो सन्धि थप कुरा समेट्नुपर्ने छ, किनभने अहिले भएको पारवाहन सन्धिमा पर्याप्त प्रावधान छैन। चौथो, अहिलेसम्म पूर्वाधार अध्ययनहरु जुन हुन्छन्, फिजिबिलिटी स्टडी, डिपिआर बनाउनेदेखि अरु कामहरु गरिसकेका छैनौं। चार वटा कामहरु तत्कालै गर्नुपर्ने अवस्था छ।'

मरासिनीकै अनुसार पनि पानीजहाज आउन अझै लामो समय कुर्नुपर्ने अनुमान गर्न कठिन छैन।

पदीय गरिमा गुमाउँदै
पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा ओलीले अनेकौं सपनाको बिस्कुन लगाएका छन्। ग्यास, हावाबाट बिजुली, पानीजहाज तथा रेलजस्ता कुरामा उनको आशक्ति देखिन्छ। विदेशीलाई ट्यांकरमा राखेर पानी बेच्नेदेखि पानीजहाजमा झन्डा फहराएर व्यापार गर्नेसम्मका सपनाका मोडल उनीसँग जोडिएको छ। बलियो सरकारका प्रधानमन्त्रीले सपना देख्नु र जनताले त्यसप्रति आँखा तेर्स्याउनु स्वभाविक छ।

त्यसो त प्रधानमन्त्रीले पनि सपना देखाउनु अस्वभाविक होइन। तर, फरक के हुन्छ भने प्रधानमन्त्रीले आफ्ना सपनाहरुलाई विपनामा परिणत गर्नुपर्छ, 'डेलिभरी' दिनुपर्छ। तर, उनी 'डेलिभरी' दिने होइन, सपनाहरुको चक्रव्युहमा फस्दै गइरहेका छन्। आत्तिँदै गएजस्ता पनि देखिन्छन्।

तर, स्वभाविक भन्दाभन्दै हामी कता गइरहेका छौं, अहिले सोच्नुपर्ने बेला आएको छ। प्रधानमन्त्री स्वयंलाई उनले सपनाको कुरा गरिरहँदा धेरैले मजाक सम्झिरहेका छन् भन्ने बोध हुने गर्छ। त्यसैले त उनी आफ्नो कुरामा मजाक गरियो भनेर कटाक्ष गर्छन्।

बुझ्न त प्रधानमन्त्रीले आफ्ना भाषणहरुमा सपनाको कुरा गरिरहँदा छुट्ने हाँसोको लहरले पनि उनका कुरालाई स्रोताले कसरी लिइरहेका हुन्छन् भन्ने बुझ्नुपर्ने हो। तर उनी झन् जोसिन्छन्। 

प्रधानमन्त्रीका केपी शर्मा ओलीले यसबीचमा नबुझिरहेको कुरा के हो भने उनले बोल्ने कुरासँगै प्रधानमन्त्री पदको गरिमा पनि जोडिएको हुन्छ। हरेक कुराको विशेष अर्थ हुन्छ। प्रधानमन्त्रीले बोलेका कुराले हाम्रो विगतको विरासत र भविष्यको बाटोलाई संकेत गर्छन्। उनका कुराको विश्लेषण हुन्छ। अनेक आयामबाट त्यसलाई केलाइन्छ। किनकि, प्रधानमन्त्रीका रुपमा उनी हजारौं जनताको मत र लाखौं जनताको विश्वासको प्रतिनिधित्व गर्छन्। पार्टी अध्यक्षको रुपमा कैयौं कार्यकर्ताको नेतृत्व गर्छन्।

प्रधानमन्त्रीको बोली र सपनाले आम मानिसलाई विश्वास दिलाउँछ। आगामी दिनप्रति आशा देखाउँछ। व्यक्तिगत रुपमा कोही खड्गप्रसादलाई 'यस्ता गफ त कति हानिन्छ' भन्ने लाग्नु स्वभाविक हुनसक्छ तर प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कुरा भने भरोसायोग्य हुनैपर्छ। किनकि, त्यो प्रधानमन्त्रीको बोली हो।

चुनावी भाषणका बेलामा यसो गर्छु र उसो गर्छु भनेर सपना देखाउनु अस्वभाविक हुँदैन। चुनावी घोषणापत्रमा यसो गर्छु र उसो गर्छु भनेर लेख्नु पनि अस्वभाविक होइन। त्यसो त प्रधानमन्त्रीले पनि सपना देखाउनु अस्वभाविक होइन। तर, फरक के हुन्छ भने प्रधानमन्त्रीले आफ्ना सपनाहरुलाई विपनामा परिणत गर्नुपर्छ, 'डेलिभरी' दिनुपर्छ। तर, उनी 'डेलिभरी' दिने होइन, सपनाहरुको चक्रव्युहमा फस्दै गइरहेका छन्। आत्तिँदै गएजस्ता पनि देखिन्छन्।

प्रधानमन्त्री ओलीको सपना र कार्यशैलीको तालमेल नमिलिरहेको देखिने एउटा छिद्र पनि हो। र, पदीय गरिमा गुमाउँदै गएको शृंखलाको एउटा दृष्टान्त पनि। घोषणापत्र र चुनावी सभामा उनले देखाएका अनेकौं सपनाहरुले उनलाई अबका केही समयपछि नै लखेट्न थाल्ने छन्।

सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओली विकासका केही कुरामा निकै आशक्त छन्। तर, त्यसलाई पूरा गराउन कति केन्द्रित हुने र अन्य महत्त्वपूर्ण काममा कति केन्द्रित हुने भन्नेमा अलमलमा देखिन्छन्।

बालजिद्दीजस्ता प्रतित हुने आफ्ना सपनाहरुको पुष्टि गर्नमै उनले आफ्ना माध्यमहरुको प्रयोग गरिरहेका छन्। ओली आफ्नो सपनालाई अरुले हडप्ला कि जस्तो गरी खोतल्दै र समय तोक्दै हिँडिरहेका छन्।

पानीजहाजको कुरा त्यस्तै एउटा उदाहरण मात्रै हो। र, प्रधानमन्त्री ओलीको सपना र कार्यशैलीको तालमेल नमिलिरहेको देखिने एउटा छिद्र पनि हो। र, पदीय गरिमा गुमाउँदै गएको शृंखलाको एउटा दृष्टान्त पनि। घोषणापत्र र चुनावी सभामा उनले देखाएका अनेकौं सपनाहरुले उनलाई अबका केही समयपछि नै लखेट्न थाल्ने छन्।

प्रधानमन्त्री ओलीलाई थाहा हुनुपर्छ कि उनी 'फाइनल अथोरिटी' हुन्। उनले बोलेको कुरा अन्तिम हो। तर, के अहिले प्रधानमन्त्री ओली आफू प्रधानमन्त्री हो भन्ने कुराको बोध गरिरहेका छन्?

विकास हुन्छ भनेरै ओलीले चुनावमार्फत जनताको विश्वास जितेका हुन्। पहिलो कार्यकालमा उनले सुनाएका कतिपय सपना पूरा गर्लान् भनेर उनलाई प्रधानमन्त्रीको पदमा पुन: विराजमान गराएका हुन्। तर, प्रधानमन्त्रीले कुन कुराको सपना देखेका हुन् र कुन गफ दिएका हुन् छुट्याउन कठिन हुने अवस्था सिर्जना भएको छ।

प्रधानमन्त्रीको समस्या के हो भने उनको टिममा प्रश्न सोध्ने भन्दा पनि पुष्टि गर्नेहरुकाे जमात छ।

सपना देख्ने रहरले प्रधानमन्त्री पदको गरिमा कमजोर बनिरहेको छ। किनकि, तोकिएको समयमा 'डेलिभरी' दिन सकिएन भने वा चित्तबुझ्दो कारण दिन सकिएन भने सपनाले तर्साउन थाल्छ। हिजोका सपनाहरु र आश्वासनहरु खोतलिँदै जाने अवस्था आउँदा प्रधानमन्त्रीलाई 'ब्याक फायर' हुँदै जान्छ। 

तर, प्रधानमन्त्रीको समस्या के हो भने उनको टिममा प्रश्न सोध्ने भन्दा पनि पुष्टि गर्नेहरुकाे जमात छ। प्रधानमन्त्रीले पुस १६ गते पानीजहाज चढ्ने निम्ता दिँदै गर्दा उनलाई वास्तविकता बोध गराउने कोही निस्केन। गोबरग्यास प्लान्ट उद्घाटन गर्दैमा एलपी ग्यासको आयात घटिहाल्दैन, दुई/चार वटा बिजुली बस चलाउँदैमा पेट्रोलको आयात पनि घट्दैन भनिदिने मानिसकै पनि अभाव उनलाई छ। नत्र मिति नै तोकेर 'पानी जहाज चढ्ने निम्तो' प्रधानमन्त्रीले बाँड्ने थिएनन्।

इतिहासमा कति केपी ओलीले जनताको विश्वास गुमाउँछन् भन्ने कुराले खास अर्थ राख्दैन। किनकि, पात्रहरु आउँछन् जान्छन्। तर, विकास र समृद्धिको सपनालाई अवरोध गर्ने राजतन्त्रदेखि अस्थिरतासम्मका सबै तगारोहरु पन्छाएर दुई तिहाइको समर्थनयुक्त बलियो सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले बोलेको कुरामा पनि विश्वास नरहने स्थिति आयो भने हाम्रो राजनीति कहाँ पुग्छ? आफ्नै वाचा पूरा गर्न नसक्ने प्रधानमन्त्रीलाई जनताले गिज्याउनु भनेको यो 'सिस्टम'लाई गिज्याएको हुन्छ कि हुँदैन?

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्कीसँग श्रीलंकाली नवनियुक्त राजदूतको शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
कांग्रेस मुख्य सचिव पौडेलको राजीनामा स्वीकृत, दुलाल कार्यवाहक नियुक्त बुधबार, माघ २१, २०८२
गृहमन्त्री अर्याल र यूएनओडिसी दक्षिण एसिया क्षेत्रीय प्रतिनिधिबीच शिष्टाचार भेट बुधबार, माघ २१, २०८२
१० न्यायाधीशको सरुवा, २० न्यायाधीशको पदस्थापन (सूचीसहित) बुधबार, माघ २१, २०८२
राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक बुधबार, माघ २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
निर्वाचन सुरक्षाका लागि भोलिदेखि सेना परिचालन हुँदै, कहाँ कति? मंगलबार, माघ २०, २०८२
निगमले सार्वजनिक गर्‍यो नेपाल ग्यासको वितरण तालिका बुधबार, माघ २१, २०८२
४२ जेनजी सहिद परिवारलाई उपसचिवसरह 'मासिक २१ हजार ८०० रुपैयाँ पेन्सन बुधबार, माघ २१, २०८२
३७ सयले बढ्यो सुनको मूल्य मंगलबार, माघ २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्