• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २३, २०८२ Mon, Jul 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
प्रधानमन्त्रीज्यू, पानीजहाजको टिकट कहाँ पाइन्छ? पदीय गरिमा गुमाउँदै प्रधानमन्त्री
64x64
किशोर दहाल सोमबार, पुस १६, २०७५  ०६:००
1140x725

काठमाडौं– सबैभन्दा पहिला यो भिडियो हेर्नुहोस्, गत असार १४ गते स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित 'नेपालमा समाजवादका आधार' विषयक विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेका कुरा हुन् यीः

उनले भनेका छन्–

आलोचना, टिप्पणी र विरोध गर्नेलाई सुझाब पनि दिन चाहन्छु, तपाईंले बोलेका कुरा रेकर्डेड छन्, इतिहासमा। रेकर्डेड हुन्छन्, आजकाे मिडियाको जमानामा। याद गर्नुस्, दस वर्ष पछाडि तपाईंलाई मजाकको पात्र दुनियाँले नबनाओस्। … हेर्दाहेर्दै अब यहाँ हनुमाननगरबाट हामी पानीजहाज चलाउँछौं। के हुन्छ अब त्यो पोहोर बोलेका कुरा? दुई वर्ष अगाडि म प्रधानमन्त्री हुँदा बोलेका कुरा, म त अब कमसेकम २०१९ लाग्ला, सन् २०१८, यो पुस १५ सम्ममा भ्याइन भने पुस १६ लाग्ला। तर पानी जहाज (स्टिमर) चढेर कलकत्ता, निम्तो छ साथीहरुलाई।'

प्रधानमन्त्रीको भाषणअनुसार आज उनलाई सोध्नु अस्वभाविक हुँदैन कि– प्रधानमन्त्रीज्यू, पानीजहाजको टिकट कहाँ पाइन्छ?

तर, प्रधानमन्त्रीले दिएको आश्वासन एउटा उडन्ते गफमा परिणत भएको छ।

प्रधानमन्त्रीले तीन वटा कुरालाई निकै प्राथमिकता दिएका थिए, त्यो भाषणमा।

पहिलो, बोलेका कुरा रेकर्ड भएर बस्छ। मिडियामा रेकर्ड भएर बस्ने भएकाले दस वर्षपछि दुनियाँले मजाकको पात्र नबनाओस् भनेर उनले आफ्ना विरोधीलाई सुझाएका छन्।

दोस्रो, हनुमाननगरबाट कलकत्तासम्म पानीजहाज चलाउँछौं। पुस १५ नभए पुस १६ मा पानीजहाज (स्टिमर) चल्छ। यो मितिमा चल्ने पानीजहाजमा चढेर हनुमाननगरबाट कलकत्ता जाने निम्तो दिएका छन् उनले।

प्रधानमन्त्री स्वयंलाई उनले सपनाको कुरा गरिरहँदा धेरैले मजाक सम्झिरहेका छन् भन्ने बोध हुने गर्छ। त्यसैले त उनी आफ्नो कुरामा मजाक गरियो भनेर कटाक्ष गर्छन्।

तेस्रो, आफूले गर्ने रेल तथा पानीजहाजका कुरालाई मानिसहरुले मजाक बनाइरहेका छन्। अर्थात्, रेल र पानीजहाज ल्याउँछु भन्दा मानिसहरुले विश्वास गरिरहेका छैनन्।

तर, देशको कार्यकारी प्रमुखले समय नै तोकेर दिएको निम्तोले अहिले स्वयं प्रधानमन्त्रीलाई नै मजाकको पात्र बनाएको छ। आफ्नो विरोधीलाई आफूले बोलेका कुरा रेकर्ड भएर बस्ने भएकाले ख्याल गर्न सुझाब दिएका प्रधानमन्त्री स्वयंलाई भने आफ्नै कुराचाहिँ रेकर्ड भएर बस्छ भन्ने ख्याल भएनछ सायद। जसले गर्दा प्रधानमन्त्रीकै कुरा पनि भरोसायोग्य हुँदैनन् है भन्ने अवस्था सिर्जना भएको छ।

प्रधानमन्त्रीको पानीजहाज 'जिरह'
पहिलोपटक प्रधानमन्त्री भएका बेला २०७३ जेठ ४ मा काठमाडौंमा अखिल नेपाल महिला संघको राष्ट्रिय परिषद्को पहिलो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलोपटक पानीजहाजको कुरा सुनाएका थिए। भनेका थिए-

कुन बन्दरगाह चलाउने भन्ने निर्णय भएको छैन, यद्यपि नेपाली पानीजहाज चलाएरै देखाउने छौं। पानीजहाज प्रयोग भएको बन्दरगाह प्रयोग गर्नेमात्र होइन, नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउनु हुँदैन भन्ने केही छैन। आफ्नै पानीजहाजमा हामी सामान ल्याउँछौ र आफ्नै रेलमा सामान तीन दिनमा काठमाडौं आइपुग्छ। … अलिकति समय पर्खिनुहोस्। हिन्द महासागर र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज चल्छन्, अरुले गाड्छन्, गाड्दैनन्, हामी गाड्छौं, पानी भएपछि पानीजहाज चलाउन किन नहुने के छ?'

उनले आफ्नो कुरालाई थप बल दिँदै भनेका थिए-

नेपालमा सोच्ने विचार गर्ने भन्दा पनि अगाडिको भागमात्रै हेर्ने चलन भएका ठाउँमा अलिकति नयाँ कुरा गर्‍यो भने अनौठो हुन्छ। त्यसकारण मैले ती कुरा भनिहालेको छैन। मनको कुरामात्रै तपाईंहरुलाई सुनाइदिएको।'

त्यसयता पनि उनले पानीजहाज मोहलाई सार्वजनिक गर्न छाडेका छैनन्। पानीजहाजको कुरा नपत्याउनेलाई उनले कडा प्रतिवाद पनि गर्ने गरेका छन्। जस्तो कि, २०७५ जेठ १३ मा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै ओलीले 'पानीजहाजको सपना निदाएका बेलामा होइन, दिउँसै देखेको सपना भएको' बताएका थिए। उनले पानीजहाज मजाक उडाउने विषय नभएको बताएका थिए।

बुझ्न त प्रधानमन्त्रीले आफ्ना भाषणहरुमा सपनाको कुरा गरिरहँदा छुट्ने हाँसोको लहरले पनि उनका कुरालाई स्रोताले कसरी लिइरहेका हुन्छन् भन्ने बुझ्नुपर्ने हो। तर उनी झन् जोसिन्छन्। 

२०७५ साउन ८ मा प्रेस चौतारी र प्रेस सेन्टरले नेकपा पार्टी कार्यालय, धुम्बाराहीमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री ओलीले भनेका थिए, 'पिर पर्नुको पनि एउटा हद हुन्छ नि! पानीजहाज चल्दा किन पिर गर्ने?'

पार्टी बाहिर प्रधानमन्त्रीको सपनामाथि शंका र विश्वास गर्ने दुवैथरी छन्। जेठ ११ गते संसदमा सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै सुवास नेम्वाङले भनेका थिए-

हामी पानीजहाजको सपना देख्न थालेका छौं। हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गतेपश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु।'

यसैगरी एउटा समूहले प्रधानमन्त्रीको पानीजहाजको सपनामा निरन्तर यात्रा गर्दै आए।

'सपना मात्रै'
प्रधानमन्त्रीले दिन नै तोकेर पानीजहाज चढ्ने निम्ता दिएका थिए। गत पुस ५ मा मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा एकजना पत्रकारले सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई सोधे, 'प्रधानमन्त्रीले पानीजहाज चढ्ने निम्ता दिनुभएको थियो। त्यो निम्ता कसरी मनाउने? कहिले पानीजहाज चढ्ने?'

तर, प्रवक्ताले प्रधानमन्त्रीको निम्तोलाई गम्भीरताका साथ लिएनन्। बरु सपना देख्न पाउनुपर्छ भन्ने रुपमा अर्थ्याए।

'त्यो एउटा सपना हो', बाँस्कोटाले उत्तर दिँदै भने, 'यसअघि कहिल्यै पनि राजनीतिमा विकास बन्ने थिएन। … पानीजहाज भन्ने कुरा हामी गर्दैछौं।'

व्यक्तिगत रुपमा कोही खड्गप्रसादलाई 'यस्ता गफ त कति हानिन्छ' भन्ने लाग्नु स्वभाविक हुनसक्छ तर प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कुरा भने भरोसायोग्य हुनैपर्छ। किनकि, त्यो प्रधानमन्त्रीको बोली हो।

उनले 'कानुन बनाउन बाँकी भएको, इन्डियासँग सम्झौता गरेको र एक स्टेप अगाडि बढेको' बताए। सम्झौता गरेको कुरालाई प्राथमिकता दिँदै उनले भने, 'केही नहुनुभन्दा त्यति त भयो।'

'इन्डियामा कहाँसम्म आइपुगेको छ। त्यो पनि हेर्नुस्। मोदीले भर्खरभर्खरै सुरु गर्नुभयो', उनले थपे, 'त्यहाँदेखि यता हामीले पनि केही गर्नुपर्ने होला। कहीँ पोर्टजस्तो बनाउनुपर्ने होला। कहीँ उतार्ने-भर्ने गर्नुपर्ने होला। कहीँ पानीको लेभल मिलेको छ, 'छैन होला। त्यो कुरा हो। हामी गर्छौं।'

रेलको सपना पनि मिसाउँदै बाँस्कोटाले थपे, 'अब कल्पना गर्नु, सोच्नु पनि नभए त एकैचोटि कसरी त्यो सपनामा निदाएर के गर्ने। महादेवको बरदानजस्तो त हुँदैन होला नि! जे चितायो तथास्तु भनिदिनासाथ झ्याप्पै हुँदैन होला। पूर्वाधारहरु चाहियो, कानुनहरु चाहियो। त्यस हिसाबले हामीले गर्दैछौं। र, यो हुन्छ।'

अघिल्लो बुधबार प्रशारित जनतासँग प्रधानमन्त्री कार्यक्रममा पानीजहाजका विषयमा एउटा रिपोर्ट पनि प्रशारण गरिएको थियो। जसका पानीजहाज ल्याउनका लागि सरकारी अधिकारीहरु सघन अध्ययनमा जुटिरहेको बताइएको थियो। सो रिपोर्टले पानीजहाजको सपना कति नजिक छ भन्ने स्पष्ट हुन्छ। जसअनुसार 'पानीजहाज दर्ता ऐन, २०२७' अनुसार नयाँ कार्यालयको स्थापना गर्न लागिएको उल्लेख छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव मधु मरासिनी नेतृत्वको कार्यदलले यसमा काम गरिरहेका रिपोर्टमा उल्लेख छ।

उनै मरासिनीले पानीजहाज ल्याउनका लागि तत्काल गर्नुपर्ने चार वटा काम बताएका छन्, रिपोर्टमा। भनेका छन्, 'एउटा चाहीं संस्था खोल्नुपर्‍यो। अर्को भारतीय पक्षसँग संवाद कायम गरेर, किनभने उनीहरुको भागमा निर्माण सम्पन्न नभइकन हाम्रो भागमा एकोहोरो गरेर पनि सञ्चालन गर्न नसिकिने अवस्था छ। त्यो संवादलाई घनिभूत बनाउनुपर्ने आवश्यकता छ।'

तेस्रो कुरा, नेपाल भारतको पारवाहन सन्धि छ, त्यो सन्धि थप कुरा समेट्नुपर्ने छ, किनभने अहिले भएको पारवाहन सन्धिमा पर्याप्त प्रावधान छैन। चौथो, अहिलेसम्म पूर्वाधार अध्ययनहरु जुन हुन्छन्, फिजिबिलिटी स्टडी, डिपिआर बनाउनेदेखि अरु कामहरु गरिसकेका छैनौं। चार वटा कामहरु तत्कालै गर्नुपर्ने अवस्था छ।'

मरासिनीकै अनुसार पनि पानीजहाज आउन अझै लामो समय कुर्नुपर्ने अनुमान गर्न कठिन छैन।

पदीय गरिमा गुमाउँदै
पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा ओलीले अनेकौं सपनाको बिस्कुन लगाएका छन्। ग्यास, हावाबाट बिजुली, पानीजहाज तथा रेलजस्ता कुरामा उनको आशक्ति देखिन्छ। विदेशीलाई ट्यांकरमा राखेर पानी बेच्नेदेखि पानीजहाजमा झन्डा फहराएर व्यापार गर्नेसम्मका सपनाका मोडल उनीसँग जोडिएको छ। बलियो सरकारका प्रधानमन्त्रीले सपना देख्नु र जनताले त्यसप्रति आँखा तेर्स्याउनु स्वभाविक छ।

त्यसो त प्रधानमन्त्रीले पनि सपना देखाउनु अस्वभाविक होइन। तर, फरक के हुन्छ भने प्रधानमन्त्रीले आफ्ना सपनाहरुलाई विपनामा परिणत गर्नुपर्छ, 'डेलिभरी' दिनुपर्छ। तर, उनी 'डेलिभरी' दिने होइन, सपनाहरुको चक्रव्युहमा फस्दै गइरहेका छन्। आत्तिँदै गएजस्ता पनि देखिन्छन्।

तर, स्वभाविक भन्दाभन्दै हामी कता गइरहेका छौं, अहिले सोच्नुपर्ने बेला आएको छ। प्रधानमन्त्री स्वयंलाई उनले सपनाको कुरा गरिरहँदा धेरैले मजाक सम्झिरहेका छन् भन्ने बोध हुने गर्छ। त्यसैले त उनी आफ्नो कुरामा मजाक गरियो भनेर कटाक्ष गर्छन्।

बुझ्न त प्रधानमन्त्रीले आफ्ना भाषणहरुमा सपनाको कुरा गरिरहँदा छुट्ने हाँसोको लहरले पनि उनका कुरालाई स्रोताले कसरी लिइरहेका हुन्छन् भन्ने बुझ्नुपर्ने हो। तर उनी झन् जोसिन्छन्। 

प्रधानमन्त्रीका केपी शर्मा ओलीले यसबीचमा नबुझिरहेको कुरा के हो भने उनले बोल्ने कुरासँगै प्रधानमन्त्री पदको गरिमा पनि जोडिएको हुन्छ। हरेक कुराको विशेष अर्थ हुन्छ। प्रधानमन्त्रीले बोलेका कुराले हाम्रो विगतको विरासत र भविष्यको बाटोलाई संकेत गर्छन्। उनका कुराको विश्लेषण हुन्छ। अनेक आयामबाट त्यसलाई केलाइन्छ। किनकि, प्रधानमन्त्रीका रुपमा उनी हजारौं जनताको मत र लाखौं जनताको विश्वासको प्रतिनिधित्व गर्छन्। पार्टी अध्यक्षको रुपमा कैयौं कार्यकर्ताको नेतृत्व गर्छन्।

प्रधानमन्त्रीको बोली र सपनाले आम मानिसलाई विश्वास दिलाउँछ। आगामी दिनप्रति आशा देखाउँछ। व्यक्तिगत रुपमा कोही खड्गप्रसादलाई 'यस्ता गफ त कति हानिन्छ' भन्ने लाग्नु स्वभाविक हुनसक्छ तर प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने कुरा भने भरोसायोग्य हुनैपर्छ। किनकि, त्यो प्रधानमन्त्रीको बोली हो।

चुनावी भाषणका बेलामा यसो गर्छु र उसो गर्छु भनेर सपना देखाउनु अस्वभाविक हुँदैन। चुनावी घोषणापत्रमा यसो गर्छु र उसो गर्छु भनेर लेख्नु पनि अस्वभाविक होइन। त्यसो त प्रधानमन्त्रीले पनि सपना देखाउनु अस्वभाविक होइन। तर, फरक के हुन्छ भने प्रधानमन्त्रीले आफ्ना सपनाहरुलाई विपनामा परिणत गर्नुपर्छ, 'डेलिभरी' दिनुपर्छ। तर, उनी 'डेलिभरी' दिने होइन, सपनाहरुको चक्रव्युहमा फस्दै गइरहेका छन्। आत्तिँदै गएजस्ता पनि देखिन्छन्।

प्रधानमन्त्री ओलीको सपना र कार्यशैलीको तालमेल नमिलिरहेको देखिने एउटा छिद्र पनि हो। र, पदीय गरिमा गुमाउँदै गएको शृंखलाको एउटा दृष्टान्त पनि। घोषणापत्र र चुनावी सभामा उनले देखाएका अनेकौं सपनाहरुले उनलाई अबका केही समयपछि नै लखेट्न थाल्ने छन्।

सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओली विकासका केही कुरामा निकै आशक्त छन्। तर, त्यसलाई पूरा गराउन कति केन्द्रित हुने र अन्य महत्त्वपूर्ण काममा कति केन्द्रित हुने भन्नेमा अलमलमा देखिन्छन्।

बालजिद्दीजस्ता प्रतित हुने आफ्ना सपनाहरुको पुष्टि गर्नमै उनले आफ्ना माध्यमहरुको प्रयोग गरिरहेका छन्। ओली आफ्नो सपनालाई अरुले हडप्ला कि जस्तो गरी खोतल्दै र समय तोक्दै हिँडिरहेका छन्।

पानीजहाजको कुरा त्यस्तै एउटा उदाहरण मात्रै हो। र, प्रधानमन्त्री ओलीको सपना र कार्यशैलीको तालमेल नमिलिरहेको देखिने एउटा छिद्र पनि हो। र, पदीय गरिमा गुमाउँदै गएको शृंखलाको एउटा दृष्टान्त पनि। घोषणापत्र र चुनावी सभामा उनले देखाएका अनेकौं सपनाहरुले उनलाई अबका केही समयपछि नै लखेट्न थाल्ने छन्।

प्रधानमन्त्री ओलीलाई थाहा हुनुपर्छ कि उनी 'फाइनल अथोरिटी' हुन्। उनले बोलेको कुरा अन्तिम हो। तर, के अहिले प्रधानमन्त्री ओली आफू प्रधानमन्त्री हो भन्ने कुराको बोध गरिरहेका छन्?

विकास हुन्छ भनेरै ओलीले चुनावमार्फत जनताको विश्वास जितेका हुन्। पहिलो कार्यकालमा उनले सुनाएका कतिपय सपना पूरा गर्लान् भनेर उनलाई प्रधानमन्त्रीको पदमा पुन: विराजमान गराएका हुन्। तर, प्रधानमन्त्रीले कुन कुराको सपना देखेका हुन् र कुन गफ दिएका हुन् छुट्याउन कठिन हुने अवस्था सिर्जना भएको छ।

प्रधानमन्त्रीको समस्या के हो भने उनको टिममा प्रश्न सोध्ने भन्दा पनि पुष्टि गर्नेहरुकाे जमात छ।

सपना देख्ने रहरले प्रधानमन्त्री पदको गरिमा कमजोर बनिरहेको छ। किनकि, तोकिएको समयमा 'डेलिभरी' दिन सकिएन भने वा चित्तबुझ्दो कारण दिन सकिएन भने सपनाले तर्साउन थाल्छ। हिजोका सपनाहरु र आश्वासनहरु खोतलिँदै जाने अवस्था आउँदा प्रधानमन्त्रीलाई 'ब्याक फायर' हुँदै जान्छ। 

तर, प्रधानमन्त्रीको समस्या के हो भने उनको टिममा प्रश्न सोध्ने भन्दा पनि पुष्टि गर्नेहरुकाे जमात छ। प्रधानमन्त्रीले पुस १६ गते पानीजहाज चढ्ने निम्ता दिँदै गर्दा उनलाई वास्तविकता बोध गराउने कोही निस्केन। गोबरग्यास प्लान्ट उद्घाटन गर्दैमा एलपी ग्यासको आयात घटिहाल्दैन, दुई/चार वटा बिजुली बस चलाउँदैमा पेट्रोलको आयात पनि घट्दैन भनिदिने मानिसकै पनि अभाव उनलाई छ। नत्र मिति नै तोकेर 'पानी जहाज चढ्ने निम्तो' प्रधानमन्त्रीले बाँड्ने थिएनन्।

इतिहासमा कति केपी ओलीले जनताको विश्वास गुमाउँछन् भन्ने कुराले खास अर्थ राख्दैन। किनकि, पात्रहरु आउँछन् जान्छन्। तर, विकास र समृद्धिको सपनालाई अवरोध गर्ने राजतन्त्रदेखि अस्थिरतासम्मका सबै तगारोहरु पन्छाएर दुई तिहाइको समर्थनयुक्त बलियो सरकारको नेतृत्व गरिरहेको प्रधानमन्त्रीले बोलेको कुरामा पनि विश्वास नरहने स्थिति आयो भने हाम्रो राजनीति कहाँ पुग्छ? आफ्नै वाचा पूरा गर्न नसक्ने प्रधानमन्त्रीलाई जनताले गिज्याउनु भनेको यो 'सिस्टम'लाई गिज्याएको हुन्छ कि हुँदैन?

प्रकाशित मिति: सोमबार, पुस १६, २०७५  ०६:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
टिप्पणी : सुरुङमा सोफा !
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
एप्पलद्वारा इयूसँग ५० करोड युरो जरिवानाबारे पुनर्विचार गर्न आग्रह सोमबार, असार २३, २०८२
रास्वपा लक्षित सूर्य थापाको टिप्पणीः नाटकीय हस्ताक्षरले अदालतको आदेश बदल्लिन्न सोमबार, असार २३, २०८२
कारोबारसँगै खुम्चियो सेयर बजार सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा शाह सोमबार, असार २३, २०८२
प्रधानमन्त्री ओलीले संसद्मा सुनाए स्पेन भ्रमणको उपलब्धि सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो)
आलम छुटेपछि इटाभट्टाको विस्फोटबारे पीडा सुनाउन भारतबाट आए पीडित गौरीशंकर(भिडियो) आइतबार, असार २२, २०८२
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो)
सहज रूपमा रासायनिक मल वितरणको प्रबन्ध गर्न सरकारलाई निर्देशन (भिडियो) आइतबार, असार २२, २०८२
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो)
बेरुजुलाई अन्त्य गर्न तीनै तहका सरकार गम्भीर भएर लाग्नुपर्छ: सभामुख घिमिरे (भिडियो) आइतबार, असार २२, २०८२
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो)
बैंकहरुले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न सकेन: गभर्नर पौडेल (भिडियो) आइतबार, असार २२, २०८२
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ)
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक(लाइभ) आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
बालेनलाई प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले भने– मेरो चरित्रहत्या भयो आइतबार, असार २२, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता आइतबार, असार २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्