काठमाडौं- शुक्रबार दाङमा भएको दुर्घटनामा परी घाइते भएका १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुको उपचार हाल वीर अस्पतालको ट्रमा सेन्टरमा भइरहेको छ। घाइतेहरुलाई भेट्न शिक्षामन्त्री गिरिराजमणि पोखरेल वीर अस्पताल पुगका छन्।
घाइतेमध्ये ४ जना गम्भीर छन्। दुर्घटनामा परी १४ जना घाइते भएका थिए। अन्य २ जनाको कोहलपुरमा भइरहेको छ।
घाइते र मृतक सबै घोराही १७ स्थित कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुन्।
तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियो।
बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।