काठमाडौं – प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ ।
ललितपुरको कुपण्डोलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा दुईबीच भेट भएको हो ।
भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने मेयर शाहलाई सुझाव दिएका छन् । आफूले दिएको सुझावलाई मेयर शाहले सकारात्मक रूपमा लिएको समेत भट्टराईले बताए ।
‘मेरो १० वर्षदेखिको सपना हो, नयाँ र वैकल्पिक मिल्नुपर्छ । यसै विषयमा परामर्श गर्न बालेनजीले बोलाउनुभएको थियो र म यहाँ आएको हुँ,’ उनले भने, ‘विचार र एजेन्डामा सबै मिल्नुपर्छ सबै एक भएर जानुपर्छ ।’
त्यसअघि मेयर शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने,जेनजी लगायतसँग छलफल गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।