काठमाडौँ – काठमाडौँ महानगरका मेयर बालेन्द्र साह ‘बालेन’सँग आज (बिहीबार) ‘हाम्रो पार्टी नेपाल’का सभापति खगेन्द्र सुनारले पनि भेटवार्ता गरेका छन्।
ललितपुरको कुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बेनको घरमा बसेर राजनीतिक भेटघाट गरिरहेका बालेनलाई भेट्न सुनार त्यहीँ पुगेका हुन्।
त्यस क्रममा राजनीतिक कुराकानी भएको सुनारले जानकारी दिएका छन्। भेटमा बालेनले आफूसँग ‘म पनि खुला राजनीतिमा आउने भएँ, के गरौँ’ भनेर सोधेको सुनारले बताए।
अनि उनले यस्तो जवाफ दिए, ‘काँग्रेस-एमाले त मिल्नुपर्छ भन्दै छन् भने बनाउने हामी मिल्नुको विकल्प छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।