• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

मिर्गौला फेल हुने कारण, लक्षण र उपचार

64x64
नेपाल लाइभ शनिबार, मंसिर २९, २०७५  २०:५९
1140x725

मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ। यद्यपि मिर्गौला सम्बन्धी समस्या भएका र मिर्गौला फेल हुने बिरामीको संख्यामा उल्लेख्य रुपमा कमी आएको छैन।

मिर्गौला फेल हुने समस्या सबैभन्दा जटिल र घातक शारीरिक समस्या मध्ये एक हो। यसको समयमै पहिचान र उपचार हुन सकेन भने मानिसको अकालमै ज्यान जान सक्छ। सन् २००८ मा पहिलो पटक त्रिभुवन विश्ववद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सुरु भएपछि मिर्गौला फेल भएका धेरैले दोस्रो जीवन पाए। हाल वीर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र निजी अस्पताल अन्तर्गत ग्रान्डी इन्टरनेसनल अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ। मिर्गौला प्रत्यारोपण महँगो र जटिल उपचारविधि हो। मिर्गौलाको उपचार विधिबारे बुझ्नुभन्दा पहिले हामीले मिर्गौलाले शरीरमा के काम गर्छ भन्ने कुरा बुझ्न जरुरी छ।

मिर्गौलाको काम

मिर्गौलाले शरीरको रगत शुद्धीकरण गर्ने काम गर्छ। हामीले खाना खाएपछि शरीरमा जुन ऊर्जा प्राप्त हुन्छ त्यस क्रममा निस्कने 'बाइप्रोडक्ट'लाई सफा गर्नुपर्ने हुन्छ। त्यस्ता बाइप्रोडक्टलाई मेडिकलको भाषामा 'नाइट्रोजिनस टक्सिन' भनिन्छ। यस्ता टक्सिन शरीरभित्रै रहेमा मानिस बेहोस हुने र शरीरका विभिन्न अङ्गमा असर गरेर मृत्युसमेत हुन सक्छ। त्यस्ता टक्सिनलाई स्वस्थ मिर्गौलाले शरीरबाट बाहिर निकाल्ने काम गर्छ। त्यस्तै मिर्गौलाले शरीरको पानी र लवणहरुलाई सन्तुलनमा राख्छ। मिर्गौलाले चाहिने मात्रामा मात्र पानी शरीरमा राख्छ र अनावश्यक भएमा शरीरबाट पिसाबकोरुपमा निकाल्ने काम गर्छ। यसले शरीरमा लवणहरुलाई सन्तुलित मात्रामा मिलाएर राख्ने काम गर्छ। मिर्गौलाले शरीरको पिएच अर्थात अम्लियपनालाई सन्तुलनमा राख्छ। मिर्गौलामा हुने एक विशेष प्रकारको हर्मोनले शरीरमा रातो रक्तकण बनाउन मद्दत गर्छ र हड्डी मजबुत राख्ने काम पनि गर्छ।

के छ उपचार?

जब मिर्गौलाले काम गर्न छोड्छ वा मिर्गौलामा समस्या देखा पर्छ ,यसले गर्ने सम्पूर्ण काममा असर पुग्छ। मृर्गौलाले काम गर्न छोड्नु भनेकै मिर्गौला फेल हुनु हो। दुवै मिर्गौला फेल भएको अवस्थामा दुई तरिकाले उपचार गर्नुपर्ने हुन्छ। एउटा कृत्रिम तरिकाबाट रगतको शुद्धीकरण गर्नु जसलाई डायलाइसिस भनिन्छ। डायलाइसिस पनी दुई तरिकाको हुन्छ, हेमो डायलाइसिस र पेरिन्याटिकल डायलाइसिस।

 त्यस्तै, दोस्रो तरिका मृर्गौला प्रत्यारोपण हो। मृर्गौला प्रत्यारोपण भन्नाले अर्को व्यक्तिको एउटा मिर्गौला झिकेर बिरामीमा जोड्नु हो। प्रत्यारोपणमा जोड्नुपर्ने मिर्गौला तल्लो पेटको दाहिने वा देब्रे भागमा राखिन्छ। यसका रक्तनली खुट्टातिर जाने रक्तनलीहरुसँग जोडिन्छ र पिसाब नलीलाई पिसाब थैलीमा जोडिन्छ। प्रत्यारोपण गरिएको मिर्गौला  बचाई राख्नका लागि आजीवन औषधि खानुपर्ने हुन्छ।

मिर्गौला प्रत्यारोपण गर्दा तल्लो पेटको दायाँ वा वायाँ भागमा जडान गरिने भएकाले बिग्रिएको मिर्गौलालाई निकाल्नु पर्दैन। तर, बिग्रिएको मिर्गौलामा संक्रमण भएको खन्डमा वा अत्याधिक सुन्निएको भए शल्याक्रिया मार्फत निकाल्नुपर्ने हुन्छ। मिर्गौला फेल हुन थालेपछि तुरुन्तै लक्षण नदेखीन सक्छ । ८० प्रतिशत मिर्गौलाले काम गर्न छोड्दा पनि लक्षण नदेखिन सक्छ। अन्तिम अवस्थामा लक्षण पत्ता लाग्नु नै यो रोगको मुख्य चुनौती हो। प्रत्यारोपण गर्नु मात्र गाह्रो कुरा होइन। त्यसपछि पनि मिर्गौलालाई र बिरामीलाई बचाई राख्नु  चुनौतीपुर्ण हुन्छ । मिर्गौला प्रत्यारोपणमा सबैको दाता नहुँदा धेरैले अकालमै ज्यान गुमाउनुपर्ने वाध्यता छ।

Ncell 2
Ncell 2
nimb
nimb

फेल हुने कारण

मिर्गौला फेल हुने कारणहरु धेरै छन्। त्यसमध्ये यी प्रमुख कारणबारे जानकारी राख्नु उचित हुन्छ।

१. क्रोनिक ग्लोमोरुलो नेफ्राइटिस

यो एक प्रकारको पिसाबबाट प्रोटिन चुहिने रोग हो। यसको समयमै उपचार गरिएन भने बिस्तारै यसले मिर्गौलालाई खराब गर्दै जान्छ।

Xtrem

Xtrem

२. मधुमेह

मधुमेह नियन्त्रणमा आउन नसके यसले साना रक्तनलीलाई खराब गर्छ। यसले विस्तारै आँखा, मुटु, मस्तिष्क लगायतका अङ्गमा असर पुर्‍याएजस्तै मिर्गौलालाई पनि खराब गर्छ।

३. उच्च रक्तचाप

मिर्गौला फेल हुनुको मुख्य कारण मध्ये उच्च रक्तचाप पनि एक हो। रक्तचाप नियन्त्रण भएन भने पनि यसले मिर्गौलामा गम्भीर असर गर्छ र दुवै मिर्गौला फेल हुन सक्छन्।

४. पत्थरी

मिर्गौलामा पत्थरी भएमा यसले मिर्गौलाको नियमित काममा बाधा पुर्‍याउँछ, जसले गर्दा मिर्गौला फेल पनि हुन सक्छ।

५. वंशाणुगत

केही व्यक्तिमा मिर्गौलाको रोग वंशाणुगत पनि हुने गर्छ। परिवारका कुनै सदस्यलाई मिर्गौला रोग भएमा अन्य सदस्यमा पनि मिर्गौला सम्बन्धी समस्या हुने सम्भावना बढी हुन्छ। वंशाणुगत समस्याका मुख्य कारणहरु विशेष गरी दुई प्रकारका हुन्छन्

(क) एडल्ट पोलिसिस्टिक किड्नी डिजिज

जिनमा गडबडी आएर मिर्गौलामा धेरै फोकाहरु बन्न थाल्छन्। ती फोकाले मिर्गौलाका तन्तुहरुलाई नास गर्छन् र मिर्गौलामा खराबी आउँछ। यसरी मिर्गौलामा समस्या ल्याउने एडल्ट पोलिसिस्टिक किड्नी डिजिज वंशाणुगत हुन्छ।

(ख) अल्पोर्ट सिन्ड्रोम

अल्पोर्ट सिन्ड्रोम पनि एक वंशाणुगत रोग हो। यसका कारण मिर्गौला खराब हुने मात्र होइन आँखा नदेख्ने र कान नसुन्ने समस्या पनि हुन्छ।

६. दुखाइ कम गर्ने औषधिको प्रयोग

दुखाइकम गर्ने औषधीको प्रयोगले मृर्गौलालाई खराब गर्छ । यस्तो खालको औषधीको सेवन गर्दा चिकित्सकको सल्लाह लिएर मात्र प्रयोग गर्नुपर्छ । अन्दाजका भरमा फार्मेसीबाट जथाभावी यस्ता औषधी प्रयोग गर्नाले धेरै मृर्गौला,मुटु र पेटमा असर गर्छ ।

७. एन्टिवायोटिकको प्रयोग

दुखाइकम गर्ने ‍औषधीको प्रयोग झै एन्टिवायोटिकको जथाभावी प्रयोगले पनी मृर्गौला असर गर्छ

८. पिसाबनलीमा अवरोध आएमा

पिसाबनलीमा विभिन्न कारणले अवरोध आउन सक्छ,कहीले काही मृर्गौलामा हुने पत्थरीका कारण पनी पिसाब नली अवरुद्ध हुन सक्छ भने कहीले काही पिसाब नलीमा हुने संक्रमणका,प्रोस्टेट ,ट्यूमर आदी कारण पनी अवरोध आउन सक्छ । पिसाबनलीमा निरन्तर अबरोध रहेमा यसले मृर्गौला खराब हुन्छ ।

९. मोटोपना भएमा

मोटोपना भएकाहरु मिर्गौला रोगको उच्च जोखिममा गनिन्छन् । मोटोपनाले शरीरमा उच्च रक्तचाप,मधुमेह बढाउँछ र अन्त्यमा मिर्गौला खराब हुन्छ ।

मिर्गौला रोगका लक्षणहरु

१. पिसाबको रङमा परिवर्तन आउनु। धमिलो हुनु वा पिसाब पोल्नु।

२. आँखाको डिल सुन्निनु।

३. खानामा रुची घट्दै जानु।

४. शरीर दुब्लाउँदै जानु।

५. दुवै तर्फका कोखाहरु दुख्नु।

६. खुट्टा सुन्निनु।

७.थकाइ लाग्नु ।

८.सास फेर्न गार्हो हुनु ।

रोकथाम

सकेसम्म रक्तचाप, पिसाब र रगतको बर्सेनि परीक्षण गर्नुपर्छ। यसो गर्दा मिर्गौला सम्बन्धी समस्या देखिएमा तत्काल चिकित्सकको परामर्श लिन सकिन्छ। खासगरी मिर्गौला खराब हुने उच्च जोखिमा भएका व्यक्तिहरु (उच्च रक्तचाप, मधुमेह र वंशाणुगत मिर्गौला सम्बन्धी समस्या भएका परिवार) ले नियमित परीक्षण गर्नु अनिवार्य हुन्छ। यस्तै ३० वर्ष पुगेका व्यक्तिले पनि रक्तचाप, पिसाब र रगतको परीक्षण गरिरहनुपर्छ। माथि उल्लेखित लक्षणहरु मध्ये कुनै पनि लक्षण देखा परेमा सम्बन्धित चिकित्सकको परामर्श लिनुपर्छ। मिर्गौलालाई स्वस्थ राख्न स्वस्थ आहार र नियमित शारीरिक व्यायम  गर्नुपर्छ। जथाभावी वा अनुमानका भरमा दुखाइ कम गर्ने औषधि वा एन्टिवायोटिकको प्रयोग गर्नु हुँदैन।

प्रस्तुतिः पारसविक्रम शाही

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०७५  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता शनिबार, असोज १०, २०८३
पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा शनिबार, असोज १०, २०८३
कालीगण्डकीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह शनिबार, असोज १०, २०८३
किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह शनिबार, असोज १०, २०८३
भोटेकोशी बाढीको शोकमा यस वर्ष नीति अनुसन्धान प्रतिष्ठान दिवस नमनाउने शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्