काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले यस वर्ष प्रतिष्ठान दिवस नमनाउने भएको छ।
प्रतिष्ठान स्थापना भएको दिन असोज १० गतेलाई हरेक वर्ष ‘नीति अनुसन्धान प्रतिष्ठान दिवस’का रूपमा मनाउँदै आए पनि भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भई मुलुक शोकमा रहेकाले यस वर्ष दिवस नमनाउने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानले दिवस नमनाए पनि यस अवसरमा नेपाल सरकार, आफ्ना सल्लाहकार, विधागत विज्ञ, अनुसन्धानका सहयोगकर्ता, स्वदेश तथा विदेशमा रहेका सहकर्मी संस्था र शुभचिन्तकप्रति सहयोग तथा सद्भावका लागि आभार व्यक्त गरेको छ।
प्रतिष्ठानले आगामी दिनमा पनि सबैको सहयोग र सद्भावको अपेक्षा गरेको जनाएको छ।
साथै, नीति अध्ययन, अनुसन्धान तथा नीति समीक्षामार्फत नेपाल सरकारलाई निरन्तर सेवा उपलब्ध गराइरहने प्रतिबद्धता प्रतिष्ठानले व्यक्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।