• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २९, २०८२ Wed, Oct 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

छाला चाउरी पर्ने कारण

64x64
नेपाल लाइभ बिहीबार, मंसिर २७, २०७५  २०:३०
1140x725

उमेर बढ्दै जाँदा शरीरमा त्यसको असर देखिँदै जानु प्रकृतिको अपरिहार्य नियति हो । तथापि सधैँ युवावस्थामै रहिरहन चाहन्छन् मानिस । त्यसैले बूढो हुने प्रक्रियालाई बुझ्नु आवश्यक छ । यहाँ उमेर बढेपछि छाला चाउरी पर्नुका कारण, लक्षण र रोकथामका उपायबारे चर्चा गरिएको छ ।

कारण :
छाला चाउरी पर्नुका आन्तरिक र बाह्य कारण हुन्छन् ।

आन्तरिक कारण : यसमा वंशानुगत, छालाको रंग, महिला, कोषिकाहरू नष्ट हुँदै जानु आदि पर्छन् । यी कारण परिवर्तनशील होइनन् । वंशानुगत विविधताले मानिसको अनुहार तथा बाह्य स्वरुपमा फरक परेजस्तै बूढो हुने जिनमा पनि भिन्नता हुनसक्छ ।

क्रोमोजमको टेलोमेरेज विभिन्न जाति र भेगका मानिसमा छिट्टो वा ढिलो नष्ट हुन्छ । जसका कारण कोही वंशानुगत रुपमै छिटो बूढो हुन्छन् । गोरो छाला, रातो कपाल र नीलो आँखा हुनेमा खैरो र कालो छाला हुनेभन्दा कम मेलानिन तत्व हुन्छ र छिटो बूढो हुन्छ । रंग बनाउने मेलानिनको कमीले घामका हानिकारक तत्वबाट छालालाई बचाउन गा¥हो हुन्छ ।

बाह्य कारण : बाह्य कारणमा सूर्यको किरण ७० प्रतिशत जिम्मेवार हुन्छ । यसबाहेक चुरोट तथा रक्सीको सेवन, प्रदूषित वातावरण, अत्यधिक मोटोपना, धेरै खाने बानी, पौष्टिक आहार तथा व्यायामको कमी, मधुमेह, रक्तचाप, थाइरायड, पानीको कमी, मानसिक तनाव वा चिन्ता पनि पर्छन् ।

घाममा हुने विभिन्न किरणमध्ये अल्ट्राभायोलेट किरणले प्रत्यक्ष र अप्रत्यक्ष रुपबाट छालालाई हानि गर्छ । अल्ट्राभायोलेट–ए र अल्ट्राभायोलेट–बी किरणका कारण चाउरी पर्ने हुन्छ । अल्ट्राभायोलेट–एले छालाको दोस्रो पत्रलाई पातलो बनाउँछ । यस तहको कोल्याजन घरको जग भनेझैं छालाको प्रमुख आधार हो ।

कोल्याजन घट्दै गएपछि छाला झोलिने र लचिलो हुन्छ, चमक गुम्छ । बिहान र साँझको घाम पनि उत्तिकै हानिकारक हुन सक्छ । घामबाट छालाप्रति देखिने नकारात्मक असरको मापन ३० वर्षमाथिका व्यक्तिको अनुहार र जीउको छालाको अन्तर दाँजेर हेर्दा थाहा हुन्छ । घामले छोपिएका भागमा धेरै कम असर देखिन्छ । महिलामा पुरुषमा भन्दा कम कोल्याजन हुन्छ । त्यसैले छिटो उमेर ढल्छ ।

कस्ता परिवर्तन हुन्छन् ?

छालाका तह पातलो हुने, कोषिकाहरूको सूक्ष्म क्षति, पानी तत्व घट्ने, तेल र पसिना बनाउने ग्रन्थी सुक्ने, कपाल, नङ र छालाले काँचुली फेर्न कम हुने, घाउ ढिलो पुरिने आदि परिवर्तन आउँछन् ।

लक्षण

चाउरीपना, पहेँलोपना, पोतो, चाया, छाला लचिलो हुने, साना रक्तनली देखापर्ने, सुख्खापन, दाग, चमक घट्ने र कपाल फुल्ने हुन्छ । लामो समय घामको असरले क्यान्सरको खतरा हुन सक्छ ।

उपचार रोकथाम
उमेर ढल्ने क्रममा ढिलाइ गर्न सनस्क्रिनको अहं भूमिका हुन्छ । दिनहुँ ३ देखि ४ पटक सनस्क्रिनको सही मात्रामा प्रयोग गर्नाले घामको असरबाट ९७ प्रतिशतसम्म बच्न सकिन्छ । एकपटक प्रयोग गरेको आधा चम्चा सनस्क्रिनले २–३ घण्टा काम गर्ने हुँदा ८ बजे, ११ बजे, २ बजे र बजार निस्कनु परेमा ४–५ बजेसमेत लगाउनु राम्रो हो । सनस्क्रिन किन्दा एसपिएफ (सन प्रोटेक्सन फ्याक्टर) हेर्नु उचित हुन्छ । नेपाली छालामा एसफिएम ४० सम्म उपयुक्त हुन्छ । पौडी खेल्दा २० देखि ४० मिनेटसम्म एकपटक लगाएको वाटर रेसिस्टेन्ट सनस्क्रिनले काम गर्छ ।

यसबाहेक टोपीको प्रयोग, चस्मा र मास्कले छालाको बचाउमा सहयोग गर्छ । हरियो सागपात तथा फलफूल खाने र प्रशस्त पानी पिउनाले आन्तरिक एजिङलाई रोकथाम गर्छ  । छालाको हेरचाह गर्नुपर्छ र समयअनुसार मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

Ncell 2
Ncell 2

चाउरीका उपचार

१. पिलिङ – रसायनको माध्यमबाट गरिने यस उपचारले छालाको काँचुली फेर्न सहयोग गर्छ । चाउरी तथा पोतोमा यसको विशेष भूमिका छ । यो महिनाको एकपटक गरिन्छ र त्यति महँगो हुँदैन।

२. लेजर– कृत्रिम किरणको सहायताले कोल्याजन बनाउँने क्रम बढाइन्छ ।

३. मल्हम – विभिन्न मल्हमहरूले केही हदसम्म काम चाउरीपनालाई कम गर्छ । तर असर देखिँदैन । असर देखिनका लागि १–२ वर्ष नियमित प्रयोग गर्नुपर्ने हुनसक्छ । यद्यपि मल्हमहरूले पिलिङ या लेजरजति काम गर्दैनन् ।

४. बोटोक्स – आँखा वरपर र निधारको चाउरी घटाउन बोटुलिनम टक्सिन नामक इन्जेक्सन प्रयोग गरिन्छ । यसबाट छाला खुम्चिने बन्द हुन्छ । यो ३ देखि ६ महिनामा सुईको माध्यमबाट दिनुपर्छ । एक खालको ब्याक्टेरियाको टक्सिनबाट निर्मित यो इन्जेक्सन नेपालमा पाइन्छ । तर राम्रोसँग नलगाएमा यसबाट आँखा टोसिस हुने, मुख बांगिने र कसै–कसैलाई सम्पूर्ण जिउ नै प्यारालाइसिस हुने सम्भावना हुन्छ ।

५. फिलर– कोल्याजनजस्तै कृत्रिम रसायन सुईबाट लचिलो छालामा राखिन्छ । यसले छालालाई पहिलेकै अवस्थामा ल्याउँछ र ६ महिनादेखि २ वर्षसम्म काम गर्छ ।

६. प्लास्टिक सर्जरी – यसबाट आँखाको रुप नै  सच्याउन सकिन्छ ।

७. लाइपोसक्सन – यसअन्तर्गत शरीरको बोसो काटिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०७५  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा
सम्बन्धित सामग्री
फ्याटी लिभर के हो? कलेजो शरीरको प्रमुख अंग हो जसले विषाक्त पदार्थ हटाउने, पाचनमा सहयोग गर्ने, रक्त शुद्ध गर्ने, भिटामिन तथा खनिज सन्तुलन गर्ने काम गर्द... सोमबार, असोज २७, २०८२
पोषणविद्को सुझावः दसैं भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ। तर के दशैंमा टन्न खानैपर्छ? सोमबार, असोज १३, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
ताजा समाचारसबै
शहिद स्मारक ए डिभिजन तत्काल होम एन्ड अवेमा नहुने मंगलबार, असोज २८, २०८२
सुन तस्करी प्रकरण : महराको बयान सकियो, थुनछेक बहस बुधबार मंगलबार, असोज २८, २०८२
मधेश प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, नयाँ सरकार गठनका लागि आह्वान मंगलबार, असोज २८, २०८२
विपिन जोशीको शव फेरेन्सिक ल्याबमा, २०२३ मै हत्या गरिएको अनुमान मंगलबार, असोज २८, २०८२
देउवाले पूर्ण बहादुरलाई दिए कार्यबाहक सभापतिको जिम्मेवारी मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
हमासले सार्वजनिक गर्‍यो २० बन्धकको नाम, विपीनको नाम छैन सोमबार, असोज २७, २०८२
१५औं महाधिवेशनबाट बिदा लिन्छु भनिसकेको छु, अर्को महाधिवेशनपछि म बाहेक कुनै साथी आउनुहुनेछ : सभापति देउवा मंगलबार, असोज २८, २०८२
विपिन जोशीको मृत्यु भइसकेको हमासले गर्‍यो पुष्टि, शव आजै इजरायल पठाउने घोषणा सोमबार, असोज २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
विश्वकप छनोट : रोमाञ्चक खेलमा यूएईविरुद्ध नेपाल एक रनले विजयी आइतबार, असोज २६, २०८२
यी हुन् हमासद्वारा रिहा गरिएका सात जीवित बन्धकहरू सोमबार, असोज २७, २०८२
पूर्वपदाधिकारीलाई मापदण्डभन्दा बढी खटाइएका कर्मचारी फिर्ता बोलाउने राष्ट्रिय सुरक्षा समितिको निर्णय बिहीबार, असोज २३, २०८२
टी–२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल सुपर सिक्समा, २ अंक बटुल्यो शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्