Ncell FOC Content Block Ncell FOC Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन ५, २०८३ Tue, Jul 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

जाडो बढ्यो, न्यानो बोकेर तराई झरे कालीकोटे बुढा

64x64
नेपाल लाइभ शनिबार, मंसिर २२, २०७५  २०:०८
1140x725

राजविराज– पहाडी जिल्ला कालिकोटका २८ वर्षीय रत्न बुढा जाडो मौसम सुरु भएसँगै तराई झरेका छन्। शीतलहर बढेपछि तराईमा बाक्ला कपडाको माग बढ्ने विगतको अनुभवले उनलाई फेरि तराईसम्म डोर्‍याएको हो।

जाडाेमा बाक्ला कपडा तथा चकटी र गलैंचाको भारी बोकेर उनी गाउँ–गाउँ डुल्छन्। जाडो बढ्दै जाँदा व्यापार पनि बढ्दै जाने उनको अनुभव छ। ‘सुरु–सुरुमा त ठग्न आएको भनेर गाउँलेले विश्वास पनि गर्दैनन्,’ सप्तरीको ग्रामीण क्षेत्रमा भेटिएका बुढा भन्छन्, ‘तर, घुम्दै जाँदा विश्वास पनि बढ्दै जान्छ।’

सामान गुणस्तरहीन परे फिर्ता गर्ने र साटेर दिने गर्न थालेपछि उनीप्रति गाउँलेको भरोसा पनि बढेको छ। कतिपयले त फोन गरेरै कपडाको माग गर्छन्। ‘हामीले दिने कपडाको मूल्य पसलभन्दा सस्तो हुन्छ’ उनी थप्छन्, ‘वास्तविकता बुझेपछि गाउँलेले आफैं पनि बोलाउँछन्।’

सिरहाको लहान बजारमा उनको अस्थायी बास (भाडाको कोठा) छ। लहानबाटै कपडा बिक्रीका लागि सुनसरी, सप्तरी, सिरहा, उदयपुर, धनुषा र महोत्तरीका गाँउसम्म पुग्छन्, बुढा। सहर–बजारमा भने उनलाई सामान बेच्न त्यति सहज छैन। 

‘कपडा पसलेले हामीलाई रुचाउँदैनन्,’ उनी भन्छन्, ‘त्यसैले हामी बजारभन्दा गाउँतिर नै बढी घुम्छौं।’ 

ग्रामीण क्षेत्रमा हुने बिक्रीबाट पनि उनी सन्तुष्ट छन्। ‘खर्च काटेर मासिक २५ हजारभन्दा बढी नै बच्छ,’ हँसिलो देखिएका बुढा भन्छन्, ‘सामान्य अवस्था रहे खेती र व्यापार गर्दा परिवार पाल्न विदेश जानु पर्दैन।’ 

उनको परिवारमा ६५ वर्षीय पिता कविलाल, ६० वर्षीया आमा सुनकैला, श्रीमती लक्ष्मी, ४ जना भाइ र ४ वर्ष मुनिका १ छोरा र १ छोरी छन्। ४ जना भाइ स्थानीय विद्यालयमा अध्ययनरत छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

परिवारको पालन–पोषण र भाइहरुको पढाइ–लेखाइका लागि व्यापारबाहेक गाउँमा उनी स्याउ खेती पनि गर्छन्। कालिकोटको तिला नगरपालिका– २ मा उनको जग्गा छ। धान, मकै, गहुँलगायतका अन्न उब्जनी हुने जग्गामा अहिले स्याउ फल्न थालेको छ। गाँउमा गाडी पुगेपछि स्याउको माग बढेको र सबैको ध्यान अन्नबालीभन्दा स्याउमा केन्द्रित भएको उनले बताए। ‘स्याउको माग बढेपछि हामीले पनि स्याउ खेती बढाउँदै लगेका छौ,’ उनले भने।

खेतीबाट बचेको समय भने उनी व्यापारमा लगाउँछन्। दसैं–तिहार र जाडोको समय पारेर उनी वर्षको दुई पटक तराई झर्छन्। विगत ३–४ वर्षदेखि यो प्रक्रिया निरन्तर चल्दैछ। दसैं–तिहारताका एक महिना र जाडो मौसममा कात्तिकदेखि फागुनसम्म तराईका जिल्लामा बस्ने गरेको उनले बताए। 

छिमेकी र आफन्त पनि अहिले रत्नसँगै तराई झरेका छन्। मान बुढा, प्रभुलाल बुढा, नन्द बुढा, दान बुढा, रंग बुढालगायत करिब ५० जना कालिकोटे यतिबेला तराईका जिल्लामा छन्। ढाडमा कपडाको भारी बोकेर गाँउ–गाँउ घुम्नु र बिक्री गर्नु उनीहरुको दैनिकी हो।

‘प्रहरीका कारण चोर जस्तो लुकेर हिँड्नुपर्छ’
व्यापारका क्रममा उनीहरु निर्बाध रुपमा गाउँ घुम्छन्। गाउँलेहरु सहयोगी र आत्मीय लाग्छ उनीहरुलाई। तर, एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भने दुःख पाउने गरेको तितो अनुभव छ, कालिकोटेहरुको।

प्रहरीले चेक पोस्टमा दुःख दिने र अनावश्यक तनाव दिएर पैसा असुल्ने गरेको रत्न बताउँछन्। प्रहरीकै कारण एक जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भने चोरजस्तो लुकेर हिँड्नु परेको उनले दुखेसो गरे। ‘सधैभरि एकै रफ्तारमा सामान बिक्री हुँदैन। कहिलेकाँही पुरानो सामान सकिन २–३ महिना पनि लाग्छ,’ उनी थप्छन्, ‘प्रहरीले नयाँ बिल मागेर दुःख दिन्छ।’ दुई–चार सय दिए जान दिने र पैसा दिन आनाकानी गरे सामान खोसेर राखिदिने गरेको उनले सुनाए।

पूर्व विकासमा अगाडि, व्यापार राम्रो
रत्नको बुझाइमा विकास–निर्माणका दृष्टिले पूर्वी क्षेत्र अगाडि छ। चहल–पहल र किनबेच पनि पूर्वमा धेरै हुने भएकाले उनीहरु प्रायः पूर्वी जिल्लामै घुम्न रुचाउँछन्। अघिल्लो वर्ष इटहरी बसेर पूर्वका झापा, मोरङ, सुनसरीदेखि इलामसम्म व्यापार गरेको उनले बताए।

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०७५  २०:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन्
सम्बन्धित सामग्री
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको किया कारमा एक्कासि आगो लागेको थियो। आगलागीपछि चालक समयमै सवारीबाट बाहिर निस्कन न... मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना समितिले  साउन ४ गते अन्तिम पटकका लागि यो सूचना प्रकाशित गर्दै तोकिएका जिल्ला र स्थानीय तहका लक्षित वर्गलाई निवेदन दिन आह्वान गरेको ह... मंगलबार, साउन ५, २०८३
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ, ‘कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूको बहाव सामान्य छ।’ कन्काई, कम... मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
विश्वकप लिग २ : नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपाल-एफएओ सहकार्य विस्तारमा जोड, कृषि रूपान्तरण र खाद्य सुरक्षाका विषयमा छलफल मंगलबार, साउन ५, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना मंगलबार, साउन ५, २०८३
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विश्वकप फुटबलः अर्जेन्टिनालाई हराउँदै स्पेन च्याम्पियन सोमबार, साउन ४, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्