काठमाडौँ– भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धान गर्नका लागि दुईदिने ‘३९ अाैं भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा सुरु भएको छ।
_x000D_
_x000D_
भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सो सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्दहरु कसरी बन्दछन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्दछ भन्ने विषयमा छलफल हुने समाजका अध्यक्ष भीम रेग्मीले जानकारी दिए।
_x000D_
_x000D_
यसैगरी शब्दको प्रयोग कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल हुनेछ। सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बङ्गलादेश, हङकङ (चीन), अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सका गरी २ सय भाषाविद्को सहभागिता छ।
_x000D_
_x000D_
सम्मेलनमा भाषाविद्ले अनुसन्धान गरी ल्याएका अनुसन्धानमाथि छलफल हुने उनले जानकारी गराए।
_x000D_
_x000D_
सम्मलेनको पहिलो दिन राष्ट्रिय भाषा आयोगका उपसचिव गणेश भट्टराई र काठमाडौं विश्वविद्यालयका प्रा बालचन्द्र लुइँटेलले नेपालको सरकारी कामकाज भाषा निर्धारणका आधारहरु के हुन सक्छन् भन्ने विषयमा, किल विश्वविद्यालयका जर्मनका प्राध्यापक जोन पिटर्सनले पूर्वी दक्षिण एशियाको प्राग–इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुत गरे।
_x000D_
_x000D_
सम्मेलनमा भाषासम्बन्धी १ सय २ वटा कार्यपत्र प्रस्तुत गरिनेछ। समाजले हरेक वर्ष भाषाको प्रयोगबारे छलफल गर्नका लागि सम्मेलन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।