• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

प्रदेश २ : कामकाजको भाषा हिन्दी कि मैथिली?

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  ००:३०
1140x725

राजविराज- सरकार र संसद गठनको लामो समय बितिसक्दा पनि प्रदेश २ को नाम, स्थायी राजधानी र भाषाको विषय टुंगो लाग्न नसक्दा अन्योल बढ्दै गएको छ। कात्तिक ११ गतेको मन्त्रिपरिषद् बैठकले डा हरिवंश झाको संयोकत्वमा मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य रहेको आयोग गठन थियो।

_x000D_ _x000D_

समितिले प्रदेशको नामाकंन र स्थायी राजधानीको विषयमा आवश्यक अध्ययन गरी ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मा पाएको छ। आयोगको प्रतिवेदनपछि सरकारले नाम र राजधानीको विषय टुंगो लगाउने जनाइरहँदा प्रदेश २ मा भाषाको विषय पनि पेचिलो रुपमा अगाडि आएको छ।

_x000D_ _x000D_

प्रदेश २ मा मैथिली, भोजपुरी र हिन्दी भाषालाई कामकाजी भाषा बनाउन प्रयासहरू भइरहेका छन्। मिथिला राज्यको माग गर्दै आन्दोलन गर्ने एक समूह र पहिचानको मुद्दामा आन्दोलित पक्ष भाषाको विषयमा विभाजित छन्। अन्तरिम संविधान २०६३ मा संघीयता शब्द उल्लेख गराउन लामो समय आन्दोलन गरेको पक्ष र मिथिला राज्यका लागि सक्रिय पक्ष भाषाको विषयमा एक हुन सकेका छैनन्।

_x000D_ _x000D_

प्रदेशसभाको पहिलो बैठक (२०७४ माघ २१ गते) मा राष्ट्रिय जनता पार्टीका २५ मध्ये ११ जना प्रदेशसभा सदस्यले हिन्दी भाषामा सपथ लिए। केही सांसदले हिन्दी भाषामै सम्बोधन गरेपछि मैथिली भाषाका लागि आन्दोलन गरिरहेका युवाहरू सशंकित भए। मुलुकभर ७७ हजार ५ सय ६९ जना अर्थात् शून्य दशमलव २९ प्रतिशत जनसंख्याले मात्र मातृभाषाका रूपमा बोल्ने हिन्दीलाई प्रदेश २ मा सरकारी कामकाजको भाषा बनाउन चलखेल गरेको आशंकामा उनीहरुले त्यसको विरोध मात्र गरेनन्, प्रदर्शन र पुत्ला पनि जलाए।

_x000D_ _x000D_

_x000D_ _x000D_

युवाहरुको विरोधले मिथिला राज्य र मैथिली भाषाको पक्षमा आन्दोलन गरिरहेका बेला २०६९ बैसाख १८ गते भएको बम विस्फोटमा परी ज्यान गुमाएका र घाइते भएकाहरूको स्मरण ताजा गरायो। घटनामा मिथिला नाट्यकाला परिषद् (मिनाप)की कलाकार रञ्जु झा तथा झगरु मण्डल, विमल शरण दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको ज्यान गएको थियो भने ३८ जना घाइते भएका थिए।

_x000D_ _x000D_

‘पहिचानको नाममा आन्दोलन गर्ने अनि मातृभाषा जस्तो आत्मीय पहिचानलाई बिर्सिने दलहरुको खबरदारी गर्न पुतला दहन गरेको’ बताएका युवाहरुले मैथिली भाषाको सम्मान गर्न दल र नेताहरुलाई आग्रह पनि गरेका थिए। संवैधानिक प्रावधानलाई टेकेर मैथिली भाषालाई कामकाजी भाषाको मान्यता दिनुपर्ने सोही माग फेरि सुरु भएको छ।

_x000D_ _x000D_

नेपालको संविधानको धारा ७ (२) मा नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने व्यवस्था छ। संविधानको धारा ६ मा नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषाको सम्मान दिइएको छ।

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

प्रदेशका अधिकांश बासिन्दाको बोलीचालीको भाषा मैथिली भएकाले त्यसको विकल्प खोज्न नहुने मैथिली अभियन्ताहरु बताउँछन्। आफ्नै लिपी, संस्कृति र पहिचान बोकेको मिथिला र प्रदेशको कामकाजको भाषा मैथिली नै बनाउनुपर्ने मैथिली साहित्य परिषद् सप्तरीका सचिव श्यामसुन्दर यादव बताउँछन्। 

_x000D_ _x000D_

‘मिथिलाको आफनै इतिहास छ। बाराको सिम्रौनगढ मिथिलाको प्राचीन राजधानी हो। दरबारका अवशेष अहिले पनि छन्,’ यादव भन्छन्, ‘पहिचानकै कुरा गर्ने हो भने पनि प्रदेश २ को नाम मिथिला–मध्यमधेस र कामकाजको भाषा मैथिली हुनुपर्छ।’ 

_x000D_ _x000D_

२०६९ सालको जनकपुर बम काण्डपछि सरकारसँग भएको वार्तामा यादव मिथिला राज्य संघर्ष समितिको तर्फबाट वार्ता टोली सदस्य समेत थिए।

_x000D_ _x000D_

तथ्यांकका आधारमा पनि प्रदेशको भाषा मैथिली नै हुनुपर्ने यादव बताउँछन्। प्रदेश २ मा मैथिली २४ लाख ४७ हजार ९ सय ७८, भोजपुरी १० लाख ३ हजार ८ सय ७३, बज्जीका ७ लाख ९१ हजार ६ सय ४२, नेपाली ३ लाख ६० हजार २ सय ७६, उर्दू ३ लाख १० हजार ६ सय ७२, मगही ३१ हजार ४८ र हिन्दीभाषीको संख्या ८ हजार ६ सय २५ छ।

Xtrem

Xtrem
_x000D_ _x000D_

यसैगरी, पूर्वसांसद तथा नेकपाकी नेता रन्जुकुमारी झा पनि मैथिली भाषा र मिथिलाको पहिचानलाई कायम राख्नुपर्ने बताउँछिन्। संघीयतामा मातृभाषाहरुले समुचित स्थान पाउनुपर्ने र मैथिलीभाषीहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने उनको तर्क छ। 

_x000D_ _x000D_

यस्तै, मल्लकालीन समयमा समेत कामकाजी भाषाको रुपमा रहेको मैथिलीलाई नै प्रदेश २ मा कामकाजी भाषा बनाउनुपर्ने बताउँछन् महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका पूर्वक्याम्पस प्रमुख प्राध्यापक अमरकान्त झा। तर, पछिल्लो समय मैथिली भाषामाथि नै दमन गर्न खोजिएको उनको बुझाइ छ।

_x000D_ _x000D_

‘मल्लकालमा काठमाडौं उपत्यकाको सरकारी कामकाजको भाषा पनि मैथिली थियो,’ उनले भने, ‘मल्ल राजाहरू स्वयं पनि मैथिलीमै साहित्य सिर्जना गर्थे। त्यस्तो भाषालाई ओझेलमा पार्न खोज्नु प्रदेश मात्र होइन, मुलुककै लागि दुर्भाग्य हो।’

_x000D_ _x000D_

_x000D_ _x000D_

मैथिली महासंघका अध्यक्ष विष्णुकुमार मण्डल मधेसकेन्द्रित दलहरुद्वारा नै मैथिलीमाथि उपेक्षा भएको आरोप लगाउँछन्। पहिचानवादी शक्तिहरुले मैथिली भाषाको सम्मानजनक स्थान सुनिश्चितताका लागि आवाज उठाउनुपर्ने उनको धारणा छ। 

_x000D_ _x000D_

के भन्छन् प्रदेशका सांसद् र मन्त्री?
_x000D_ मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने विषयमा सांसदहरु पनि विभाजित छन्। तर, प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्रप्रसाद साह भने मैथिली भाषाको संरक्षण एवं सम्मानजनक स्थान सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँछन्।

_x000D_ _x000D_

देशमै नेपालीपछि दोस्रो र प्रदेशमा पहिलो सर्वाधिक बोलिने तथा आफ्नै प्राचीन इतिहास र लिपी रहेको मैथिली भाषाको सम्मानजनक स्थान सुनिश्चित हुनुपर्ने उनले बताए। साह फोरम नेपालका केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य हुन्।

_x000D_ _x000D_

प्रदेश २ की सांसद रुबीकुमारी कर्ण मिथिला र मैथिलीको पक्षमा अन्तिम क्षणसम्म अडिग रहने बताउँछिन्। नेकपाकी नेतासमेत रहेकी कर्णले भाषाको विषयमा भोटिङ गर्नुपर्ने अवस्था आए आफ्नो पार्टीका सांसदले मैथिलीको पक्षमा मतदान गर्ने बताइन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ००:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाली राजदूत अर्न्स्टको शिष्टाचार भेट बिहीबार, असोज १५, २०८३
संसद् आफूलाई मन लागेको बेला आउने मदिरालय होइन : कांग्रेस नेता आङदेम्बे बिहीबार, असोज १५, २०८३
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्