काठमाडौं– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो निर्वाचन क्षेत्रमा करिब ४ करोड रुपैयाँ बराबरका योजना छनोट गरेका छन्। सांसद क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गुल्मी क्षेत्र नम्बर १ का लागि ज्ञवालीले १४ वटा आयोजना छनोट गरेका हुन्। जसका लागि कुल ३ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ।
_x000D_
_x000D_
चालू आर्थिक वर्षका लागि छनोट भएका आयोजनामा आधा खानेपानीका छन्। १४ मध्ये ७ आयोजना खानेपानी, ५ सडक र २ वटा शिक्षा क्षेत्रका छन्।
_x000D_
_x000D_
खानेपानी आयोजना निर्माणका लागि मात्रै २ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। सडकमा १ करोड ८ लाख तथा बाँकी रकम दुई विद्यालयको पुर्वाधार निर्माणमा खर्च गरिने बताइएको छ।
_x000D_
_x000D_
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभाको निर्वाचित सांसदको संयोजकत्वमा प्रदेशका सांसद र स्थानीय तहका प्रमुख रहेको समितिले योजना छनोट गरी खर्च गर्ने गरी आयोजना सिफारिस गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।