काठमाडौं- ग्रिसको राजधानी एथेन्समा जारी विश्वका कम्युनिस्ट तथा श्रमिक पार्टीहरूको २०औँ बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले आफ्नो पार्टी विश्वकै बलिया कम्युनिष्ट पार्टीमध्ये एक भएको बताएका छन्।
_x000D_
_x000D_
कम्युनिस्ट पार्टी अफ ग्रिसले आयोजना गरेको बैठकमा नेता रिजालले नेपालका दुई ठूला कम्युनिस्ट नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकतापछि नेकपा विश्वकै बलिया कम्युनिस्ट पार्टीमा परेको बताए।
_x000D_
_x000D_
उनले तत्कालीन एमालेले अवलम्बन गर्दै आएको जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद र तत्कालीन माओवादी केन्द्रले अवलम्बन गर्दै आएको माओवाद तथा २१औँ शताब्दीको जनवादलाई थाती राखेर जनताको जनवादका रुपमा नयाँ कार्यक्रम अघि सारिएको बैठकमा जानकारी गराएका थिए।
_x000D_
_x000D_
उहाँले आफूहरु पनि माक्सवाद र लेनिनवादको सिद्धान्तको प्रयोग, विकास र अनुभवबाट सिक्दै मुलुकमा समाजवाद ल्याउने प्रयासमा लागि रहेको नेता रिजालले बताएका थिए।
_x000D_
_x000D_
युद्धका नयाँनयाँ आयामहरु देखा परिरहेका चर्चा गर्दै उनले हिजो जस्तो सिधै अर्काको मुलुकमाथि उपनिवेश कायम गर्ने अवस्था नभए पनि कमजोर, साना, गरीब र कम विकसित राष्ट्रमाथि आधिपत्य कायम गर्ने अभ्यास जारी रहेको उल्लेख गरे।
_x000D_
_x000D_
आणविक हतियारको होड, व्यापारका नाममा बजारमार्फत अर्थतन्त्रमाथि कब्जा र प्राकृतिक सम्पदाहरुको दोहन आज विश्वव्यापी समस्याका रुपमा हाम्रा अगाडि उभिएको नेता रिजालले बताएका थिए।
_x000D_
_x000D_
यही मङ्सिर ६ गतेदेखि सुरु भएको बैठकमा ७३ देशका ९१ पार्टी प्रतिनिधिको सहभागिता रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।