काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक्लो प्रयासले मात्रै मुलुक बनाउन नसकिने बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले मुलुक निर्माणमा सहभागी हुन सबैलाई आह्वान गरे।
_x000D_
_x000D_
'सरकारले मुलुकमा आर्थिक उन्नतिका लागि सुशासन र आर्थिक विकासमा जोड दिएको छ। आर्थिक उन्नतिकै लागि सरकारले सबै नागरिकलाई उत्तिकै सम्मान, सुरक्षा र अवसरको प्रत्याभूति गराउने प्रयास गरिरहेको छ,' प्रधानमन्त्री अोलीले भने।
_x000D_
_x000D_
मुलुकमा रहेको खानी, फलाम, पानीलगायतका प्राकृतिक स्रोतहरुको उचित परिचालन गरेर मुलुकलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको मुलुकमा परिणत गर्न सक्ने प्रधानमन्त्री ओलीको भनाइ छ। तर त्यसका लागि हरेकले एक कदम अघि बढेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। सरकारले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्र र सहकारिताको अवधारणालाई अघि सारेको पनि प्रधानमन्त्री अोलीले स्मरण गराए।
_x000D_
_x000D_
प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नतिका लागि सरकारले सुशासनको बाटोलाई अवलम्बन गरेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।