काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणको काम तत्काल रोक्न सरकारसँग माग गरेको छ।
_x000D_
_x000D_
नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले ललितपुरस्थित खोकना, बुङमतीलगायतका स्थानीय जनताको मागलाई सम्बोधन नगरेसम्म सो द्रुतमार्ग निर्माणको काम अघि नबढाउन सरकारसँग माग गरेको हो।
_x000D_
_x000D_
सोमबार सो द्रुतमार्ग निर्माण सम्बन्धमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले खोकना र बुङमतीका जनताको माग तत्काल सम्बोधन नगरे सो आयोजनाले ‘भयावह’ मोड लिनेतर्फ पनि सरकारलाई सचेत गराए। मुआब्जालगायतका माग सम्बोधन नभई सो राष्ट्रिय गौरवको आयोजना निर्माण कार्य सुरु भएकोमा खोकना र बुङमतीबासीको आक्रोश छ।
_x000D_
_x000D_
नेता बडुले राष्ट्रले प्राथमिकता दिइएको सो आयोजनाका पीडितको मागलाई सम्बोधन गर्न ढिलाई नगर्न पनि सरकारको ध्यानाकर्षण गराए। उनले सो सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीलाई समितिको बैठकमा बोलाउनुपर्ने आवश्यकता पनि औंल्याए।
_x000D_
_x000D_
बैठकमा संघीय समाजवादी फोरम, नेपालका नेता राजेन्द्रप्रसाद श्रेष्ठले पनि द्रुतमार्ग निर्माणको नाममा सरकारले खोकना र बुङमतीका जनतालाई आतंकित बनाउने काम गरिरहेको आरोप लगाए। उनले विस्तृत अध्ययन प्रतिवेदन तयार पारेर मात्रै सो द्रुतमार्ग निर्माणको काम अघि बढाउन पनि सरकारको ध्यानाकर्षण गराए।
_x000D_
_x000D_
नेता श्रेष्ठले सरकारले स्थानीय जनताको माग सम्बोधन नगरी किन नेपाली सेनालाई द्रुतमार्ग निर्माणको काम अघि बढाउन निर्देशन दिएको? भनि प्रश्न पनि गरे। राज्य व्यवस्था तथा सुशासन समितिले खोकना र बुङमतीका स्थानीय जनताको पीडालाई सम्बोधन गर्न सरकारलाई दबाव दिन सो द्रुतमार्गको स्थलगत अनुगमनको काम समेत गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।