• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संघीयता प्रभाव : धनुषाका स्थानीय तह 'गुलजार'

64x64
नेपाल लाइभ मंगलबार, मंसिर ११, २०७५  ०३:१८
1140x725

जनकपुरधाम- संघीयता कार्यान्वयन भएर वडावडामा अधिकार प्रत्यायोजन भएपछि स्थानीय तहका नयाँ केन्द्रहरूमा चहलपहल बढेको छ। नयाँ सहर र गाउँ गुलजार हुँदैछन्। स्थानीय तह पुनर्संरचनापछि जिल्ला सदरमुकामभन्दा पनि स्थानीय तहका केन्द्रमा आकर्षण बढ्न थालेको छ। बसोबास, पढाइ र रोजगारीका लागि सहरकेन्द्री हुने विगतको मनसाय पनि परिवर्तन हुन थालेको छ। सदरमुकामतिर सेवाग्राहीको जमघट कम हुँदै गएको छ।

_x000D_ _x000D_

क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले अहिले नगरपालिकाको केन्द्र महेन्द्रनगरमा घरजग्गा किन्नेको लर्को लागेको बताए। ‘प्रदेश २ को अस्थायी राजधानी जनकपुर तोकिएसँगै धनुषाको दोश्रो सहरको रुपमा विकसित हुँदै गएको महेन्द्रनगर आगामी दिनमा  औद्योगिक करिडोर हुनसक्ने संभावना देखिएकाले मानिसको आकर्षण बढेको छ,’ मेयर पजियारले भने, ‘हामीले गाउँगाउँमा सडक सञ्जाल पुर्याउने प्रयास अघि बढाएका छौं।’ 

_x000D_ _x000D_

सडक, खानेपानी, सिचाईंलगायतका आयोजनाको काम चलिरहेकाले बसोबासका लागि सहरभन्दा गाउँतिर आकर्षण बढेको मेयर पजियारकझ भनाइ छ। 

_x000D_ _x000D_

क्षीरेश्वरनाथ नगरपालिकाको केन्द्र महेन्द्रनगर व्यापरिक केन्द्र पनि भएकोले घरको नक्सा पास गराउनेको संख्या बढेको छ। नगरपालिकाका सब-इन्जिनियर विनय साहले भने, ‘अहिले मासिक रूपमा डेढ दुई सय घर निर्माणका लागि निवेदन आउने गरेको छ।’

_x000D_ _x000D_

_x000D_ _x000D_

यसैगरी, सदरमुकाममा घरनिर्माण गर्ने क्रम कम भएका बेला मिथिला नगरपालिकामा भने घरजग्गाको कारोबार बढेको मेयर हरिनारायण महतोले बताए। ‘हाम्रो नगरपालिकामा बसाइ सरी आउनेको संख्या बढेको छ,’ उनले भने, ‘अब हरेक सुविधाका लागि जिल्ला सदरमुकाम धाउनुपर्छ भन्ने बुझाइ कम हुँदै गएकाले जनसंख्या गाउँकेन्द्री हुँदैछ।’

_x000D_ _x000D_

ग्रामीण भेग मानिने जिल्लाको वटेश्वर गाउँपालिकामा समेत जनसंख्या बढ्न थालेको गाउँपालिकाले जानकारी दिएको छ। ‘पहिला जनकपुरतिर बसाइ सर्ने स्थानीयको सोच परिवर्तन भएको छ। यहाँबाट बसाइँ सरी अन्यत्र जाने मानिसको संख्या पनि कम भएको छ,’ गाउँपालिकाका प्रमुख गणेशबहादुर राउतले भने, ‘गाउँमा सडक निर्माण  तथा स्तरोन्नति, विद्युतीकरणलगायतका सुविधा बढ्दै गएपछि मानिस गाउँतिरै बस्ने सोचमा रहेको बुझिन्छ।’

_x000D_ _x000D_

स्थानीय तहले सडक निर्माण र मर्मतलाई प्राथमिकता दिएपछि गाउँगाउँमा सडकको सुविधा पुग्न थालेको छ। विकासका पूर्वाधार पनि विस्तारै विकेन्द्रित भएकाले धेरै सुविधा गाउँमै पुग्न थालेको छ। ‘पूर्वाधार विकास भएपछि मानिसलाई सहर र गाउँमा खास अन्तर पर्दैन,’ जिल्ला समन्वय समिति प्रमुख रामदेव यादव भन्छन्, ‘गाउँमै सेवासुविधा पाउने हो भने जनसंख्या सहरतिर मात्र केन्द्रित हुँदैन, गाउँमै प्रगति गर्न रुचाउँछ।’

Ncell 2
Ncell 2
nimb
nimb
_x000D_ _x000D_

स्थानीय तहको चुनावपछि गाउँपालिका र नगरपालिकामै सेवा पाइने भएपछि सर्वसाधारणलाई सदमुकामसम्म पुग्नै पर्ने बाध्यता कम हुँदै गएको छ। सदरमुकामबाट दिइने थुप्रै सेवासुविधा स्थानीय तहबाटै दिन थालिएपछि स्थानीय निकायका सबै स्थानमा चाप बढेको क्षीरेश्वरनाथ नगरपालिका-५, महेन्द्रनगरका शशिभूषण गुप्ताले बताए।  

_x000D_ _x000D_

तत्कालीन जिल्ला विकास समितिको कार्यालय जनकपुरमा एक वर्षअघिसम्म योजना सम्झौता गर्ने र फर्स्योट गर्नेको भीड हुन्थ्यो। जिल्ला समन्वय समिति सुनसान हुन थालेको छ। विगतमा गाविस सचिव सदरमुकाममै बस्ने भएकाले सेवाग्राही सानासाना कामका लागि पनि सदरमुका मै आइपुग्थे। अहिले त्यस्तो  छैन। सदरमुकामको चहलपहल गाउँगाउँमा बाँडिएको छ।

_x000D_ _x000D_

स्थानीय तहका केन्द्रमा निक्कै चहलपहल बढेर गएको छ। विगतमा सदरमुकाममा हुने काम क्रमिक रुपमा स्थानीय तहमा पुग्न थालेको छ। अधिकार सम्पन्न मानिएको स्थानीय तहमा योजना निर्माण, सम्झौता, अनुगमन तथा भुक्तानीका काम हुन थालेपछि सदरमुकाम पुग्नु पर्ने झन्झट घट्दै गएको छ। सिफारिस, विकास निर्माण, अन्य सरकारी काम गाउँमै हुने भएपछि सदरमुकाम आउने क्रम घट्दो छ। कृषि, पशु, महिला विकास, शिक्षाजस्ता कार्यालयले बजेट तथा कार्यक्रम गाउँबाटै सञ्चालन गर्न थालेका छन्। मालपोत, बैंकलगायतका सुविधा थपिने हो भने सदरमुकामको चहलपल झन् घट्दै जाने देखिन्छ।

_x000D_ _x000D_

सदरमुकाममा रहेका सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून छ। जनकपुर उपमहानगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय बाहेकका सरकारी कार्यालय प्रायः सुनसान देखिन्छन्। स्थानीय तह तथा वडाबाट धेरै काम सम्पादन भइरहेको छ। गाउँपालिकाका केन्द्र स्थापना भएपछि सेवाग्राहीका झन्झट कम हुँदै गएको लक्ष्मीनिया गाउँपालिकाका शम्भु साह बताउँछन्। 

Xtrem

Xtrem
_x000D_ _x000D_

_x000D_ _x000D_

अहिले नगरपालिका र गाउँपालिकाका उपप्रमुखका कार्यकक्ष साताको दुई दिन भरिभराउ हुन्छ। सातामा २ दिन दिनभर इजलास चल्छ। अनि फैसला पनि हुन्छ। यसअघि प्रहरी चौकीमा लगिने मुद्दा अहिले गाउँमै मिलाउन थालिएको छ। 

_x000D_ _x000D_

गाउँपालिकामा लेनदेन, अंशबन्डा, कुटपिटजस्ता घरायसी समस्या बढी आउने गरेका छन्। क्षीरेश्वरनाथ नगरपालिकाकी उपमेयर रचना माथेमाका अनुसार जघन्य अपराध बाहेकका घटना नगरपालिकामा नै मिल्ने गरेका छन्। ‘यसले जनतालाई न्यायको अनुभूति पनि भएको छ’, माथेमा भन्छिन्, ‘स-साना मुद्दा बोकेर जिल्लासम्म पुग्ने झन्झट कम हुँदै गएको छ।’

_x000D_ _x000D_

क्षीरेश्वरनाथ नगरपालिकामा श्रोतव्यक्ति रहेका बद्रिनारायण यादव अहिले शिक्षा शाखामा दैनिक कार्य विवरण सुनाउँछन्। ‘स्थानीय तहमै अधिकार आएपछि सदरमुकाम जाने झन्झट कम भएको छ,’ यादवले भने, ‘तर स्थानीय तहमा अझै हरेक समस्याको निदान हुन सकेको छैन।’

_x000D_ _x000D_

गाउँमै शिक्षकको तलब र बजेटको समेत व्यवस्था गरिएपछि शिक्षा समन्वय तथा विकाइ इकाई (साविकको जिल्ला शिक्षा कार्यालय) सम्म पुग्नुपर्ने झन्झट हटेको उनको बुझाइ छ।

_x000D_ _x000D_

पशु कार्यालयमा समेत अहिले अनुदानका लागि जिल्लासम्म धाउने कम छन्। क्षीरेश्वरनाथ नगरपालिकामा पशु शाखाका प्रमुख रामलेख यादवका अनुसार अहिले गाउँपालिकाबाटै अनुदान र अन्य कार्यक्रम आउने गरेका छन्। उनले भने, ‘अब जनताले सबै अधिकार स्थानीय तहबाटै पाउँछन्। अनुदान, खोप सहित सबै सेवा गाउँमै उपलब्ध हुन्छन्।’

_x000D_ _x000D_

कुनै बेला सदरमुकाम बाहेक अन्य ठाउँमा एकीकृत सेवा केन्द्र, इलाका प्रशासन कार्यालयहरु राख्न खोज्दा व्यापक आन्दोलन भएको धनुषा, महोत्तरी, रौतहट, बारा, पर्सालगायतका सदरमुकाममा संघीयता लागू भएसँगै सुक्न थालेको छ। यसका साथै अहिले कायम भएको गाउँपालिका र नगरपालिकाको केन्द्रहरू तोकिएको ठाउँहरू नयाँ सहरको रुपमा चहलपहल बढ्दै गुलजार हुन थालेको छ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०७५  ०३:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो?
सम्बन्धित सामग्री
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय कथा ‘आहत उजेलीहरु’लाई असोज १८ गते साँझ ५ बजे बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा मञ्चन गर्न लागिएको हो । बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो नेपालको महावाणिज्य दूतावासले हालैको बाढीबाट प्रभावित क्षेत्रमा जडान गर्न ३० वटा बेली पुल उपलब्ध गराउन सिजाङ स्वायत्त क्षेत्रको विदेश... बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई व्यक्तिहरूसँग आफ्नो कुनै व्यक्तिगत वा पारिवारिक सम्बन्ध नरहेको बताइन् । साथै उनले कुनै प्रम... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो बिहीबार, असोज १५, २०८३
‘विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो’ : वासना थापा बिहीबार, असोज १५, २०८३
सरकारलाई आरेन राईको चुनौती: गिरिबन्धु र वाइड बडीको फाइल खोल्न केले रोक्यो? बिहीबार, असोज १५, २०८३
सरकार बनेपछि सुशासन र सेवा प्रवाहमा सुधार आएको छ : गणेश पराजुली बिहीबार, असोज १५, २०८३
नेपाली रंगमञ्चमा नयाँ प्रयोग गर्दै कथालय बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्