काठमाडौं- सातौं नेपाल-अफ्रिका चलचित्र महोत्सव-२०१८ सोमबारबाट काठमाडौंको रसियन कल्चर सेन्टरमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सोमबार तीन वटा फिल्म प्रदर्शन गरिएको छ।
_x000D_
_x000D_
इजिप्टका मोहमद फाडलद्वारा निर्देशित 'नासिर ५६', चीनका ज्याङयोङ होडन ओ अब्डी र फु डोङ निर्देशित 'अफ्रिकन इन युवा', स्विजरल्यान्डका आइरन लोएबल निर्देशित 'लाइफ इन प्रोगेस' प्रदर्शन गरिएको थियो।
_x000D_
_x000D_
विभिन्न विषयवस्तुका ११ वटा फिल्म प्रदर्शन गरिने फेस्टिभलकी आयोजक तथा निर्देशक डा. मन्जु मिश्रले जानकारी दिइन्।
_x000D_
_x000D_
महोत्सवको दोस्रो ‘फुटबोल डोक्र्टन’, ‘ली लोर ओ डाइस्ट’, ‘पार्टी इन भोग’, ‘प्रेसिडेन्ट डाई’, र ‘बाबएल क्यु सिटी फिक्सन’ फिल्म प्रदर्शन गरिनेछ। यस्तै, तेस्रो दिन ‘द सेरेन्गेटी’, ‘कल मी थिफ’ फिलिपिन्सको ‘भेलभेट रेभ्युलेसन’ र नेपालका मनोज पण्डितको फिल्म ‘छाया’ प्रदर्शन गरिनेछ।
_x000D_
_x000D_
महोत्सवको अन्तिम दिन नेपाली कलाकारको उपस्थितिमा कार्यक्रम समापन गरिने आयोजकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।