राजविराज– सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका ३ जना कार्यकर्तालाई सोमबार राजविराजबाट प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
रंगभेदी दिवस मनाउने नाममा राउतका कार्यकर्ताले राजविराजमा प्रदर्शन गर्ने जानकारी पाएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको बुझिएको छ। प्रहरीले पूर्व सभासद महेश यादव, राजविराज–७ का नारायण यादव, विष्णुपुर गाउँपालिका–१ का महेश यादवलाई सिडिओ कार्यालय अगाडि (शिव मन्दिर प्रांगण)बाट पक्राउ गरेको गठबन्धनका प्रचारप्रसार विभाग संयोजक ‘किसान’ले बताए।
_x000D_
_x000D_
गठबन्धनका कार्यकर्ताले दिउँसो ३ बजे प्रदर्शन गर्ने कार्यक्रम थियो। प्रदर्शनका लागि जम्मा हुँदै गर्दा तीनै जनालाई पक्राउ गरिएको हो।
_x000D_
_x000D_
यसैगरी, सिरहाबाट मिर्चैयाका निर्मल मण्डल, मनिष यादव र रामपुकार यादवलाई सखुवा ननकार कट्टिबाट पक्राउ गरिएको गठबन्धनका सिरहा संयोजक पप्पु यादवले बताए।
_x000D_
_x000D_
२०७१ साल मंसिर १० गते सरकारले काठमाडौंको सुन्धारा क्षेत्रबाट ३ सय भन्दा बढी मधेशी व्यक्तिहरुलाई पक्राउ गरेको विरोधमा गठबन्धनले हरेक वर्ष रंगभेदी दिवस मनाउँदै आएको छ। सरकारले रंगकै आधारमा मधेशीहरुलाई गिरफ्तार गरेको उनीहरुले आरोप लगाउँदै आएका छन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।