काठमाडौं– सबैभन्दा बढी समयसम्म लगातार नृत्य गरेर विश्व रेकर्ड कायम गर्न धनकुटाकी वन्दना नेपाल चार दिनदेखि नृत्य गरिरहेकी छिन्। १७ वर्षीया नेपाल गत मंसिर ७ गते ९ बजेदेखि काठमाडौस्थित बिग फूडल्यान्डमा नृत्य गरिरहेकी छिन्।
_x000D_
_x000D_
बाल्यकालदेखि नै नृत्य गर्न रुचाउने वन्दनाले भारतबाट समेत नृत्य प्रशिक्षण लिई सकेकी छिन्। हाल चेल्सी इन्टरनेसनल कलेजमा प्लस टु अध्ययनरत नेपाल नेपाली कला–सँस्कृति विश्वसामु चिनाउन वन्दनाले सबैभन्दा लामो समयसम्म नृत्य गरेर विश्व रेकर्ड राख्ने चाहेको वन्दना नेपाल फाउन्डेसनका संयोजक सन्तोष लामाले बताए।
_x000D_
_x000D_
भारतस्थित केरालाकी कला मण्डलम् हेमलथाले लगातार १ सय २३ घन्टा १६ मिनेट नृत्य गरेर विश्व रेकर्ड कायम गरेकी छिन्। उनले सन् २०१६ मा उक्त रेकर्ड बनाएकी हुन्। हेमलथाको रेकर्ड तोड्न वन्दनाले १ सय २६ अर्थात् लगातार पाँच दिन नृत्य गर्नेछिन्।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।