धनगढी– अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहँदा एक २८ वर्षीय सुस्तमनस्थिति भएकी युवती आफन्तबाटै बलात्कृत भएकी छिन्।
_x000D_
_x000D_
कैलालीको घोडाघोडी नगरपालिका–९ शिखरझालामा एक २८ वर्षीय सुस्तमनस्थितिकी युवती बलात्कृत भएकी छिन्। सोही ठाँउ बस्ने अन्दाजी ४० वर्षीय शेरबहादुर रावलले नाताले बहिनी पर्ने युवतीलाई बलात्कार गरी फरार रहेको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख यक्षराज जोशीले बताए।
_x000D_
_x000D_
मंसिर ०६ गते दिउँसो १२ बजे बाख्रा चराउन जंगल गएको बेला बलात्कार भएपनि आइतबार मात्रै घरमा जानकारी भएपछी घटना सार्वजनिक भएको हो। बलात्कार गर्ने रावलविरुद्ध इलाका प्रहरी कार्यालय सुखडमा मुद्दा परेसँगै खोजीकार्य जारी रहेको प्रहरी प्रमुख जोशीले बताए।
_x000D_
_x000D_
बलात्कृत युवतीका बुवा छैनन् भने घरमा आमा र २ जना भाइ छन्।पीडक रावल उनका फुपुका छोरा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।