काठमाडौं– नेपालमा सफतलापूर्वक शान्ति प्रक्रिया निष्कर्षमा पुगेको विश्वलाई जानकारी गराउन ‘एसिया प्यासिफिक समिट, २०१८’ गर्न लागिएको दाबी गरिएको छ।
_x000D_
_x000D_
सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई सहयोग गर्ने सम्मेलनको जोड रहेको बताइएको छ। द्धिपक्षीय तथा बहुपक्षीय भेटघाटले कुटनीतिक अवसरहरुको अन्वषेण हुने जनाइएको छ।
_x000D_
_x000D_
शिखर सम्मेलन आमन्त्रण समितिमा रहेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विभिन्न देशका राष्ट्रप्रमुख तथा विशिष्ट व्यक्तिहरु नेपाल आउने र उनीहरुको सुरक्षा तथा बसाइको जिम्मेवारी सरकारको हुने भएकोले नेपाल सरकार सह–आयोजक भएको प्रष्ट पारे। उनले सात सेसनमा कार्यक्रम हुने बताए।
_x000D_
_x000D_
मंसिर १४ देखि १७ सम्म गरिने समिटमा १ हजार ५ सयभन्दा बढी विदेशी पाहुना उपस्थित हुने जनाइएको छ। समिटमा ७ राष्ट्रका प्रमूख तथा उपप्रमूख, १० जना प्रथम महिला, १० जना पूर्व राष्ट्रप्रमूखहरु उपस्थित हुने बताइएको छ। ४५ राष्ट्रबाट अतिथि बोलाइएको छ।
_x000D_
_x000D_
इसाई धर्मावलम्बीको संगठन युनिभर्सल पिस फेडेरेसन पनि आयोजक रहेको सम्मेलनमा अन्तर धार्मिक संगठन र नागरिक समाजको भूमिकाका विषयमा पनि अन्तरक्रिया हुनेछ।
_x000D_
_x000D_
जलावायु परिवर्तन, सञ्चार माध्यमको भूमिका शान्ति विकास, सुशासन र सांसदहरुको भूमिका लगायतका विषय सम्मेलनका एजेण्डा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।