राजविराज– रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा आइतबार राति सप्तरीमा १ जनाको मृत्यु भएको छ।
_x000D_
_x000D_
पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका–८ मा रोकेर राखेको लु१ख ७०६१ नम्बरको ट्रकमा पूर्व जाँदै गरेको स१प ९०५८ नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।
_x000D_
_x000D_
दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका–७ का ३९ वर्षीय मो एजाजुल हकको मृत्यु भएको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
ट्रकमा मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिरहाको लहान अस्पताल पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको सप्तरीका डिएसपी भावेश रिमालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।