काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बुझ्न नयाँशक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
_x000D_
_x000D_
आज (सोमबार) नेतृ हिसिला यमीसँगै अस्पताल पुगेका भट्टराईले निर्मलाकी आमा दुर्गादेवीलाई भेट्दै यज्ञराजको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका थिए।
_x000D_
_x000D_
छोरीको हत्यारा पत्ता लगाउन सरकारलाई दबाव दिन भन्दै परिवारसहित अनसनमा बसेका यज्ञराजको गएको बिहीबारदेखि मानसिक स्थितिमा खराबी आएको थियो। यज्ञराजको अवस्थामा सुधार आउन नसकेपछि उनलाई आइतबार साँझ मात्रै सडक यातायात हुँदै काठमाडौं ल्याइएको थियो।
_x000D_
_x000D_
हवाई सेवामार्फत राजधानी ल्याउने कोशिष गरिएपनि यज्ञराजले फरक खालको व्यवहार देखाउन थालेपछि विमानस्थल कार्यालयले उनलाई काठमाडौं लान नसक्ने जानकारी दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।