काठमाडौं– बुद्धनगरस्थित युएनपार्कको पुल नजिक रहेको एक फर्निचरमा आगलागी भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले गौरीशंकर फर्निचरको गोदाममा दिउँसो साढे ३ बजेदेखि आगलागी भएको बताए।
_x000D_
_x000D_
नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ। ९ वटा दमकलबाट आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। अहिलेसम्म मानवीय क्षति नभए पनि ठूलो भौतिक तथा आर्थिक क्षति भएको प्रहरीले अाँकलन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।