दाङ– दाङमा एक युवक तालमा डुबेर बेपत्ता भएका छन्। घोराही उपमहानगरपालिका १५ का १८ वर्षीय युवक लक्ष्मण डिसी तालमा डुबेर बेपत्ता भएका हुन्।
_x000D_
_x000D_
घोराही उपमहानगरपालिकाले वडा नं. १७ गुलरियामा निर्माण गरेको कृत्रिम तालमा पौडी खेल्ने क्रममा डिसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ।
_x000D_
_x000D_
क्रिकेट खेलेर नुहाउने क्रममा युवक बेपत्ता भएको प्रहरी नायव उपरिक्षक राम प्रसाद घर्तीले बताए। तालमा पानीको सतह धेरै भएकाले शव अझै फेला पर्न सकिएको छैन।
_x000D_
_x000D_
पानीको सतह कम गर्न पम्पिङसेटको प्रयोग गरिएको र शब खोजिका लागि गोताखोर प्रयोग गरिए पनि अहिलेसम्मको प्रयास सफल भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।