राजविराज– कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीले सप्तरीमा एउटा घर भत्काउनुका साथै लाखौ रुपैयाँको क्षति गरेको छ।
_x000D_
_x000D_
अग्नीसाइर कृष्णासवरण गाउँपालिका–२ स्थित चौफालका विजय तामाङको घर हात्तीले भत्काएको हो।
_x000D_
_x000D_
मध्ये राति आएको हात्तीले घर भत्काउन थालेपछि गर्भवती पत्निसहित भागेर ज्यान बचाएको बताए।
_x000D_
_x000D_
हात्तीले पलङसहित घरबाहिर फाल्नुका साथै अन्नपात पूर्ण रुपमा क्षति गरेको उनले गुनासो गरे। ‘भाँडाकुडा पनि सगल्ति छैनन्,’ तामाङले भने, ‘छिमेकीले दिएको चामल पकाएर खाने अवस्था पनि छैन।’
_x000D_
_x000D_
भएको एउटा घर र घरमा रहेको अन्नपात तथा भाँडाकुडासमेत हात्तीले क्षति गरेपछि तामाङ परिवारको विचल्ली भएको छ। सप्तरीको उत्तरी क्षेत्रका जंगली हात्तीले वर्षेनी जनधनको क्षति गर्ने गरेको छ।
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।