विराटनगर– बलात्कार आरोपमा झापाका एक युवालाई प्रहरीले पक्राउ गरेको छ।
_x000D_
_x000D_
कचनकवल गाउँपालिका २ मागुरमावीका २० वर्षीय भीम गुरुङलाई ईलाका प्रहरी कार्यालय बनियानीले पक्राउ गरेको हाे।
_x000D_
_x000D_
शनिबार राति २२ वर्षीया युवतीलाई गुरुङले बलात्कार गरेको प्रहरीले जनाएको छ।
_x000D_
_x000D_
छिमेकीको विवाहमा गएकी युवतीलाई नजिकैको चियाघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ।
_x000D_
_x000D_
पीडित युवतिकी आमाले दिएको जाहेरीका आधारमा गुरुङलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।